नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • भारतीय ग्याङस्टर लरेन्स बिस्नोई हुँ भन्दै करोडौं फिरौती माग्ने व्यक्ति कोहलपुरबाट पक्राउ
भारतीय ग्याङस्टर लरेन्स बिस्नोई हुँ भन्दै करोडौं फिरौती माग्ने व्यक्ति कोहलपुरबाट पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, चैत २०, २०८१ बागेश्वरी पोस्ट
भारतीय ग्याङस्टर लरेन्स बिस्नोई हुँ भन्दै करोडौं फिरौती माग्ने व्यक्ति कोहलपुरबाट पक्राउ

बाँके । आफूलाई भारतीय गुण्डा नाइके लोरेन्स बिस्नोई र अनमोल बिस्नोई भएको भन्दै विभिन्न सामाजिक सञ्जालबाट धम्की दिँदै ५ करोड भारतीय रुपैयाँ  माग्ने व्यक्तिलाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका-७ काठेघारी घर भएर हाल बाँकेको कोहलपुर नगरपालिका-५ मा भाडामा बस्दै आएका ४१ वर्षीय राम बहादुर बुढा क्षेत्रीलाई भारतीय गुण्डा नाइकेको नाम लिएर धम्क्याउँदै करोडौं रुपैयाँ माग गरेको आरोपमा कोहलपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ परेका राम बहादुरले विभिन्न विदेशी नम्बरका व्हाटएप्सबाट धम्क्याउँदै ५ करोड भारु माग गरेको र नदिएको खण्डमा जे पनि गर्न सक्ने भन्दै धम्की दिएको पाइएको हो ।

पक्राउ परेका रामबहादुर अपराधिक पृष्ठभूमि भएका व्यक्ति हुन् । वि.सं. २०५९ सालमा नेपाली सेनामा भर्ना भएर छोटो समयसम्म मात्र सेवा गरी त्यहाँबाट भागेका थिए । सेनाबाट भागेका राम बहादुरले कहिले कुन समूह त कहिले कुन समूहसँग मिलेर देशको विभिन्न स्थानमा अपराधिक क्रियाकलाप गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार रामबहादुरले अपराधिक क्रियाकलाप गर्नकै लागि भारतीय आधारकार्ड बनाएको खुल्न आएको छ । 

यस्तो छ रामबहादुरको अपराधिक पृष्ठभूमि-

१.इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट मिति २०६१-०४-२७ मा ललाईफकाई बिबाह गर्छु भनी नेपाली युवतीलाई काँकरभिट्टा हुँदै भारततर्फ लगेर गएकोमा जिउ मास्ने बेच्ने उद्योग मुद्दा लागेको ।

२.जिल्ला प्रहरी कार्यालय झापाबाट २०६२-१२-०८ मा धाकधम्की दिँदै सर्वसाधारणबाट चन्दा असुली गर्ने गरेकोले मुद्दा लागेको ।

३.महानगरिय परिसर काठमाण्डौबाट २०६४-०५-०९ मा धाक धम्की दिई मानिसलाई नियन्त्रणमा लिई ट्याक्सीमा राखी फिरौती रकम असुल गरेकोले मुद्दा चलेको ।

४.इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट २०६४-१२-२७ गते संविधान सभा निर्वाचन २०६४ का उम्मेदवार ऋषि शर्मा प्रचार प्रसार सकेर आउँदै गर्दा सुर्खेत मेहलकुना जहरे बजार नजिक लोधे भन्ने स्थानमा निज समेतले गोली हानी मारेको कर्तव्य ज्यान मुद्दा चलेको ।

५.२०६५ साल चैत्रमा द्वन्दपीडित सेना प्रहरीको आन्दोलनमा हतियार खोसेको विषयमा काठमाण्डौमा मुद्दा चलेको ।

६.कोटेश्वरको निखिलेश्वर मन्दिरमा शक्ति बहादुर बस्नेतलाई गोली हानेको केशमा ५ वर्ष कैद र रु. ६० हजार जरिवाना फैसला भएकोमा उक्त कैद भुक्तान गरी २०७०-११-२८ गते कारागारबाट छुटेको ।

पक्राउ परेका रामबहादुरसँग थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १६:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP