नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, माघ २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • चाडवाडको नाममा जुवा खाल सञ्चालन नगर्न चेतावनी
चाडवाडको नाममा जुवा खाल सञ्चालन नगर्न चेतावनी
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक ८, २०७६ बागेश्वरी पोस्ट
चाडवाडको नाममा जुवा खाल सञ्चालन नगर्न चेतावनी
प्रहरी उपरीक्षक दीप शमशेर जबरा

कपिलवस्तु । चाडवाडको नाममा जुवा खाल सञ्चालन गर्न नपाइने प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताउनुभएको छ । लाखौँ रुपैया हारजित हुने ढंगबाट जुवा खाल सञ्चालन गर्नु पूर्ण रुपमा गैरकानुनी रहेको भन्दै त्यस प्रकारका क्रियाकलाप गर्ने जो कोहीलाई छुट नदिइने एस्पी जबराले बताउनुभयो ।

यस प्रकारका जुवा खाल सञ्चालन गर्ने र खेल्नेहरु उपर प्रहरीले तीव्र निगरानी बढाएको घटना र विचारसँग कुरा गर्दै प्रहरी उपरीक्षक जबराले भन्नु भयो, “चाडबाडका बेला घर परिवार इष्टमित्र, साथीभाइ बसेर सामान्य ढंगले तास खेल्दा खासै फरक पर्दैन तर लाखौँ रुपैयाँ हारजित हुने गरी जुवा खाल सञ्चालन गर्न पाइँदैन ।”

एकैक्षणमा लाखौं रुपैया हार्ने र जित्ने खेलले समाजमा अपराध बढाउने उहाँको तर्क छ । यसले एकातिर समाजमा अपराध बढ्न सक्छ, अर्कोतर्फ घरपरिवार आर्थिक संकटमा पर्छ । त्यसकारण पनि जूवालाई कानुनी रुपमै बन्देज लगाइएको उहाँले स्मरण गराउनुभयो ।

जिल्लाका कुनै पनि स्थानमा यस्ता जुवा खाल सञ्चालन भएको खबर पाउनासाथ प्रहरी एक्सनमा उत्रने उल्लेख गर्दै उहाँले यसरी अवैध ढंगबाट जुवातास भएको बारे सोझै आफ्नो मोबाईल नम्बर ९८५७०८५५५५ मा कल गरी सूचना दिन पनि सर्वसाधारणलाई आग्रह गर्नु भएको छ । चाडवाड भन्दैमा अवैध धन्धा सञ्चालन गर्न कसैलाई छुट नरहेको चेतावनी एस्पी जबराले दिनुभयो ।

केही दिनअघि मात्रै कपिलवस्तु नगरपालिका वडा नं. २ को वरगदवा गाउँमा सञ्चालित जुवा खालमा प्रहरीले छापा मारी ३ लाख ४५ हजार नगदसहित १४ जना जुवाडे पक्राउ गरेको थियो । जुवाडेहरु उपर मुद्धा दर्ता गरी ४ दिन थुनामा रही उनीहरु धरौटीमा छुटेका छन् । १४ जुवाडेमध्ये एक जना १ लाख ५९ हजार ५ सय र बाँकी १३ जुवाडे जनही २७ हजार रुपैयाँ धरौटीमा रिहा भएका हुन् ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक ८, २०७६  १५:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP