prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • किसान महासंघ बाँकेले गर्‍यो 'तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम'
किसान महासंघ बाँकेले गर्‍यो 'तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम'
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ ४, २०८२ बागेश्वरी पोस्ट
किसान महासंघ बाँकेले गर्‍यो 'तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम'

नेपालगञ्ज । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजलाई तडक–भडकपूर्ण नभई अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ । नेपाल किसान महासंघ बाँकेद्वारा ढकेरीमा आयोजित ‘तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम’ को अवसरमा सहभागी वक्ताहरूले सामाजिक सद्भाव कायम गर्न सदियौँ पहिलेदेखि मनाउँदै आएको तीज पर्व लगायत अन्य चाड पर्व पनि गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गरिएको हो । 

कार्यक्रमकी प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद तथा नेपाली काँग्रेस बाँकेकी सचिव सञ्जु कुमारी चौधरीले पछिल्ला दिन तीजका नाममा भड्किलोपना र बेथिति बढ्दै गएकोमा दुःखेसो पोखिन् । उनले परम्परागतरुपमा मनाइँदै आएको तीज उच्छृङ्खल हुँदै जाँदा मौलिकतामा ध्यान दिनुपर्ने बताइन् ।  तीजको नाममा विकृति फैलिरहेको हुँदा यसलाई सभ्य ढंगबाट मनाउन महिला दिदीबहिनीहरुलाई उनले आग्रह गरिन् । उनले भनिन्, 'अहिले तीज धर्म र जात विशेष नभई समाजका सबैले मनाउन थालेर अपनत्व ग्रहण गरिरहेका छन् । यो राम्रो पक्ष हो । तर, तीजको उपवास गर्ने बेलामा महिलाहरुले आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्दछ ।’

नेपाल किसान महासंघ बाँकेकी उपाध्यक्ष अस्मिता शाह महतराको अध्यक्षतामा भएको 'तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम' मा लुम्बिनी प्रदेश सांसद मिना सिद्दिकी, नेपाली कांग्रेस लुम्बिनी सदस्य अञ्जना पाण्डे, नेपाल किसान महासंघ बाँकेका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष याकुव अन्सारी, सचिव ललित कुमार रौनियार, महासंघ केन्द्रिय सदस्य तुलसी थारु र शारदा शर्मा, महासंघ केन्द्रिय प्रतिनिधि कुन्तलराज शर्मा, काँग्रेस महासमिति सदस्यहरु द्रोपती ओली, महाविर ओली, फुलाराम थारु, टेक बहादुर खड्का, लुट बहादुर खत्री, सुलोचना शर्मा, राप्तीसोनारी काँग्रेस सभापति भिम राना, महासंघ क्षेत्र नम्बर–२ सभापति सुरेन्द्र कुमार श्रेष्ठ, महासंघ नेपालगञ्ज नगर सभापति लोक बहादुर शाह, काँग्रेस जिल्ला सदस्य लगायत काँग्रेसका भ्रातृ तथा शुभेच्छुक संघसंगठनका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन तारा ओलीले गरेकी थिइन् ।


प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  २१:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसान महासंघ बाँकेले गर्‍यो 'तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम'
किसान महासंघ बाँकेले गर्‍यो 'तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम'
तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान
तिमिल्सिनालाई ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ प्रदान
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा अधिकारी
बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको अध्यक्षमा अधिकारी
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
नेपालगञ्जमा तारालाल श्रेष्ठको पाँचौं पुस्तक 'साइकल सौन्दर्य' बारे परिचर्चा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP