prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • तीज संस्कृतिको जगेर्ना गर्न मौलिक तीज गीतको भूमिका महत्वपूर्ण, प्रतियोगितामा केसी प्रथम
तीज संस्कृतिको जगेर्ना गर्न मौलिक तीज गीतको भूमिका महत्वपूर्ण, प्रतियोगितामा केसी प्रथम
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, भदौ ५, २०८२ बागेश्वरी पोस्ट
तीज संस्कृतिको जगेर्ना गर्न मौलिक तीज गीतको भूमिका महत्वपूर्ण, प्रतियोगितामा केसी प्रथम

नेपालगञ्ज । तीजको परम्परागत संस्कृतिलाई जगेर्ना गर्न मौलिक तीज गीत प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आज नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । क्रियाशिल पत्रकार महिला बाँकेको आयोजनामा आज नेपालगञ्जमा सम्पन्न तीज मिलन कार्यक्रम अन्तर्गत मौलिक तीज गीत प्रतियोगिताका सहभागी अतिथिहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले गरे । कार्यक्रमलाई सम्वोधन गर्दे प्रमुख अतिथि चौलागाईले पत्रकार महिलाहरुले तीज संस्कृतिको संरक्षण गर्न गरेको प्रयास उदाहरणीय रहेको बताए । उनले तीज पर्वमा पार्टी प्यालेसमा पुगेर दर खाने मात्र गर्नु भन्दा यसरी मौलिकता जोगाउने प्रयास गर्नु धेरै उत्तम हुने धारणा राखे । कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले तीज संस्कृतिले एक आपसमा आत्मियता बढाउनुका साथै पुनर्मिलन र पुनर्ताजगी गराउने बताए । उनले तीजको मौलिकतालाई जोगाइराख्न आवश्यक रहेकोमा जोड दिए । तीज गीत प्रतियोगिताले सामूहिक सद्भाव पनि झल्काएको उनको धारणा छ । 

कार्यक्रममा क्रियाशिल पत्रकार महिला बाँकेका संस्थापक अध्यक्ष अछरी पोखेल, अकोराबका केन्द्रिय सदस्य मोे. आरिफ अन्सारी, नेपाली कांग्रेस बाँकेका पार्टी सभापति नारायण प्रसाद गौडेल, सञ्चारिका समूह लुम्बिनी प्रदेशका उपाध्यक्ष रुपा गहतराज, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँकेका अध्यक्ष रेवती सिंह, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल लगायतले बोलेका थिए । कार्यक्रममा सञ्चारिका समूह बाँकेका अध्यक्ष पवित्रा परियार, प्रेस युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन वली, मुख्य प्रायोजक थिंक कन्सल्टेन्सीका प्रतिनिधि इन्द्रमणि चापागाई र अभिशेष रेग्मी ,जेडी कलेक्सनका ऋचा लुइटेल र श्री राजा खान विइङ ह्युम्यान संस्थाका प्रतिनिधि अरसद अलि लगायतको उपस्थिति रहेको थियो । 

पत्रकार महिला बीच गरिएको मौलिक तीज गीत प्रतियोगितामा धना केसी प्रथम भएकी छिन् । यसैगरी द्वितीय शान्ति सुनार, तृतीय अनिता विश्वकर्मा र सान्त्वना विद्युतमा रैका भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ३ हजार, २ हजार, १५ सय र १ हजार रुपैयाँ प्रदान गरिएको क्रियाशिल पत्रकार महिला बाँकेका सचिव निशु जोशीले जानकारी दिइन् । कार्यक्रममा स्वागत मन्तब्य क्रियाशिल पत्रकार महिला बाँकेका उपाध्यक्ष विमला चौधरीले दिएकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दे क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष गिरीले यस्ता मौलिकता जनाउने कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गरिने बताइन् । यसका साथै पत्रकार महिलाको क्षमता अभिबृद्धिका कार्यक्रमहरु पनि नियमित गर्ने उनले बताइन् । 

कार्यक्रमलाई थिंक एजुकेसनल कल्सल्टेन्सीले मुख्य प्रायोजन गरेको थियो भने शिखर प्लाई उद्योग र सिने रोयल नेपालगञ्जले सहप्रायोजन गरेको थियो । यस्तै बाँकेको नरैनापुर गाउँपालिकाले सहकार्य गरेको थियो । यस्तै प्रायोजनका रुपमा महिला उद्यमी संघ नेपाल बाँके, नेपालगञ्ज डिजिटल प्रिन्टर्स, जेडी कलेक्सन, नन्कुराम होलिराम कपडा थोक पसल
र राजा खान विइङ ह्युम्यान संस्था रहेको थियो । यस्तै कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरु र सहयोग प्रदान गर्ने विभिन्न संस्था तथा ब्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । 


प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  २१:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिन्दु नारीले आज तीज धूमधामसंग मनाउँदै
हिन्दु नारीले आज तीज धूमधामसंग मनाउँदै
नेपाल पत्रकार महासंघ बाँकेको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपाल पत्रकार महासंघ बाँकेको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा डा. आचार्यको दङ्गी-उर्वशी महाकाव्यको समीक्षात्मक चर्चा
नेपालगञ्जमा डा. आचार्यको दङ्गी-उर्वशी महाकाव्यको समीक्षात्मक चर्चा
प्रेस युनियनको तीज लेखनवृत्ति कार्यक्रमः लक्ष्मी विसीको लेख प्रथम  
प्रेस युनियनको तीज लेखनवृत्ति कार्यक्रमः लक्ष्मी विसीको लेख प्रथम  
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP