prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • प्रेस युनियनको तीज लेखनवृत्ति कार्यक्रमः लक्ष्मी विसीको लेख प्रथम  
प्रेस युनियनको तीज लेखनवृत्ति कार्यक्रमः लक्ष्मी विसीको लेख प्रथम  
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ ६, २०८२ बागेश्वरी पोस्ट
प्रेस युनियनको तीज लेखनवृत्ति कार्यक्रमः लक्ष्मी विसीको लेख प्रथम  

नेपालगञ्ज । पत्रकार महिलाहरुका लागि नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको तीज बिशेष लेखनवृत्ति प्रतियोगिता कार्यक्रममा लक्ष्मी बिसीले लेखेको लेख प्रथम भएको छ । बिसीले लेखेको 'बढ्दो आधुनिकीकरण र तीजको मौलिकता' शिर्षकको फिचर लेख उत्कृष्ट भएको हो । 

प्रतियोगितामा सहभागी आशा परियारले लेखेको 'ड्यूटीमै बित्छ प्रहरी महिलाको तीज' शिर्षकको लेख द्वितीय भएको छ । यस्तै शिवानी बिकले लेखेको 'त्यसपछि फेरि कहिल्यै तीज आएन शोभालाई' शिर्षकको लेख तृतीय भएको छ । प्रतियोगितामा सहभागी भएका सात जना मध्ये आरती कट्टेल, निर्मला चौधरी, अछरी पोखरेल र शान्ति सुनार सान्त्वना भएका छन् । कट्टेलले 'आमाबिनाको तीजः खजुराकी भावनाको दश वर्षको खालीपन', चौधरीले 'तीजको मौलिकता र आजको विकृति', पोखरेलले 'श्रीमतीका किरिया किन नगर्ने', र सुनारको पहिलेको 'तीज/अहिलेको तीज' शिर्षकको लेखले सान्त्वना स्थान ल्याउन सफल भएको हो । 

प्रतियोगितामा प्रथम भएको लेखले प्रमाणपत्रसहित पाँच हजार, द्वितीयले तीन हजार, तृतीयले दुई हजार र सान्त्वनाले एक/एक हजार पुरस्कार पाएका छन् । बिजेताहरुलाई नेपाली काँग्रेस बाँकेकी सचिव एवं लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरी, युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष प्रेम केसी र युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालले संयुक्तरुपमा प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौधरीले युनियनले पत्रकार महिलाको लेखन क्षमताको विकास होस् भन्ने उद्देश्यले आयोजना गरेको यो कार्यक्रम रचनात्मक रहेको बताइन् । युनियन बाँकेले नियमितरुपमा विभिन्न कार्यक्रमहरु गरेर आफूलाई सक्रिय बनाइरहेको र यो कार्यक्रमले पत्रकार महिलाहरुलाई पत्रकारितामा सक्रिय बनाउन प्रेरणा समेत दिने उनले बताइन् ।

युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष केसीले युनियनले राम्रो कार्यक्रम गरेको भन्दै आगामी दिनमा निरन्तरता दिन आग्रह गरे । युनियन बाँकेका अध्यक्ष ढकालले युनियनले बाँकेमा पत्रकार महिलाहरुको क्षमता विकास हुने र लेखन सीपको विकास गर्न यो कार्यक्रमलाई तीन वर्षदेखि निरन्तरता दिएको बताए । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए । कार्यक्रममा युनियनका लुम्बिनी प्रदेश महासचिव एवं नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँके उपाध्यक्ष करुणा शाह, संचारिका समूह लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, क्रियाशिल महिला पत्रकार समूह बाँके अध्यक्ष साबित्री गिरीले शुभकामना व्यक्त गरेका थिए । 

यस्तै प्रतियोगिताको पुरस्कार छनौट समितिका संयोजक नीरज कुमार गौतमले छनौट प्रक्रिया लगायतका बारेमा जानकारी दिएका थिए भने सदस्य किरण आचार्यले तीजको बिशेषता लगायत यससँग सम्बन्धित अध्यात्मिकताका बारेमा प्रकाश पारेको कार्यक्रममा युनियन बाँके कार्यसमिति सदस्य लक्ष्मी गौडेलले स्वागत मन्तब्य ब्यक्त गरेकी थिइन् । युनियन बाँकेले लेखनवृत्ति प्रतियोगिता आयोजना गरेको यो तेस्रो पटक हो । शुक्रबार आयोजना गरिएको प्रतियोगिताको पुरस्कार वितरणसँगै तीज मिलन कार्यक्रम गरिएको युनियन बाँके सचिव भीष्म लोधले जानकारी दिए ।

May be an image of 10 people and textMay be an image of 6 people, dais and textMay be an image of 6 people, people smiling, dais and text that says 'May be an image of 6 people, people smiling and text that says 'May be an image of 7 people, people smiling, dais and textMay be an image of 6 people, people smiling, dais and text


प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिन्दु नारीले आज तीज धूमधामसंग मनाउँदै
हिन्दु नारीले आज तीज धूमधामसंग मनाउँदै
नेपाल पत्रकार महासंघ बाँकेको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपाल पत्रकार महासंघ बाँकेको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा डा. आचार्यको दङ्गी-उर्वशी महाकाव्यको समीक्षात्मक चर्चा
नेपालगञ्जमा डा. आचार्यको दङ्गी-उर्वशी महाकाव्यको समीक्षात्मक चर्चा
प्रेस युनियनको तीज लेखनवृत्ति कार्यक्रमः लक्ष्मी विसीको लेख प्रथम  
प्रेस युनियनको तीज लेखनवृत्ति कार्यक्रमः लक्ष्मी विसीको लेख प्रथम  
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP