prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • नेपालगञ्जमा डा. आचार्यको दङ्गी-उर्वशी महाकाव्यको समीक्षात्मक चर्चा
नेपालगञ्जमा डा. आचार्यको दङ्गी-उर्वशी महाकाव्यको समीक्षात्मक चर्चा
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ ७, २०८२ बागेश्वरी पोस्ट
नेपालगञ्जमा डा. आचार्यको दङ्गी-उर्वशी महाकाव्यको समीक्षात्मक चर्चा

नेपालगञ्ज । नेपालगञ्जमा संस्कृतिविद् एवम् महाकाव्यकार डा. गोविन्द आचार्यद्वारा लिखित दङ्गी-उर्वशी महाकाव्यको समीक्षात्मक चर्चा गरिएको छ । शाश्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगञ्जको आयोजनामा आज सम्पन्न कार्यक्रममा डा. आचार्यको महाकाब्यमाथि चर्चा गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष किरण आचार्यको सभापतित्व एवम् नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा सदस्य महानन्द ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा तीन जना समीक्षकहरू चरित्रा शाह, डा. राज कुमार थारू र विश्वराज पिछल्डंग्याले समीक्षात्मक चर्चा गरेका थिए ।

त्यस अवसरमा प्रमुख अतिथि ढकाल, साहित्यकार एवम् प्रगतिशील लेखक संघ नेपालका केन्द्रीय सचिव डा. हरिप्रसाद तिमिल्सिना, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा लगायतले शुभेच्छा प्रकट गरेका थिए भने प्रतिष्ठानका अध्यक्ष एवम् सभाध्यक्ष आचार्यले एउटा ऐतिहासिक एवम् महत्त्वपूर्ण महाकाव्यको चर्चा गर्ने शुभ अवसर पाएकोमा खुशी प्रकट गर्दै उपस्थित सबैलाई हार्दिक धन्यवाद ब्यक्त गरिन् । 

साथै कार्यक्रममा बोल्ने सबैले साहित्यकार डा. आचार्य साहित्य, गीत, सङ्गीत एवम् संस्कृति क्षेत्रका एक बहुआयामिक स्रष्टा भएको भन्दै दङ्गी-उर्वशी महाकाव्यले पौराणिक मिथकलाई काव्यात्मक रूपमा प्रस्तुत गरेको बताए  । उनीहरुले कृति दंगाली आदिवासी ऐतिहासिक थारु राजा दङ्गीशरणसंग जोडिएको कथानक दस्तावेज भएको बताएका छन् । दङ्गी-उर्वशी महाकाव्य २०७८ सालमा प्रकाशित आचार्यको २०औं कृति हो ।

कार्यक्रममा पुस्तकका लेखक एवम् महाकाव्यकार डा. आचार्यले यो महाकाव्य लेख्नुको औचित्य, यसका प्रेरणाका स्रोत एवम् प्रकाशनपछिको चर्चा परिचर्चाले आफूलाई अझै उत्साहित बनाएको भन्दै कार्यक्रमका आयोजक तथा उपस्थित सबैलाई धन्यवाद दिए । 

दाङ घोराही निवासी डा. आचार्य साढे चार दशकदेखि नेपाली गीत-सङ्गीत, साहित्य एवम् संस्कृतिका क्षेत्रमा क्रियाशील साहित्य सर्जक एवम् संस्कृतिविद् हुन् । उनका गीत, सङ्गीत एवम् संस्कृति विविध विधाका अनुसन्धानमूलक एवम् विश्लेषणात्मक २६ वटा कृतिहरू प्रकाशित छन् भने केही खोजमूलक विषयवस्तुहरू प्रकाशोन्मुख अवस्थामा रहेका छन् । डा. जनार्दन आचार्यको स्वागत एवम् स्रष्टा परिचयसंगै शुरु भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव नरहरिनाथ योगीले गरेका थिए ।  

May be an image of 13 people and tableMay be an image of 11 people and text


प्रकाशित मिति: शनिबार, भदौ ७, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिन्दु नारीले आज तीज धूमधामसंग मनाउँदै
हिन्दु नारीले आज तीज धूमधामसंग मनाउँदै
नेपाल पत्रकार महासंघ बाँकेको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपाल पत्रकार महासंघ बाँकेको तीज मिलन कार्यक्रम (फोटोफिचर)
नेपालगञ्जमा डा. आचार्यको दङ्गी-उर्वशी महाकाव्यको समीक्षात्मक चर्चा
नेपालगञ्जमा डा. आचार्यको दङ्गी-उर्वशी महाकाव्यको समीक्षात्मक चर्चा
प्रेस युनियनको तीज लेखनवृत्ति कार्यक्रमः लक्ष्मी विसीको लेख प्रथम  
प्रेस युनियनको तीज लेखनवृत्ति कार्यक्रमः लक्ष्मी विसीको लेख प्रथम  
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP