prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शिक्षा
  • गृहपृष्ठ
  • शिक्षा
  • विद्यालय शिक्षा विधेयक विरुद्ध बाँकेमा खबरदारी सभा
विद्यालय शिक्षा विधेयक विरुद्ध बाँकेमा खबरदारी सभा
banijya office RSG-2
प्रियास्मृति ढकाल
बुधबार, भदौ १८, २०८२ प्रियास्मृति ढकाल
विद्यालय शिक्षा विधेयक विरुद्ध बाँकेमा खबरदारी सभा

राँझा (बाँके) । संघीय संसदमा प्रस्तुत विद्यालय शिक्षा विधेयकमा समावेश कतिपय प्रावधानहरू खारेजीको माग गर्दै आन्दोलित निजी तथा आवासीय विद्यालयका विभिन्न संगठनहरुले बुधबार देशभर खबरदारी सभा गरेका छन् । केन्द्रीय कार्यक्रम अन्तरगत सरकारलाई दबाब दिन नेपालगन्ज उपमहानगरपालिका–२० राँझामा प्याब्सनसहित नेशनल प्याब्सन, हिसान, अपेन, एनएमएको आयोजनामा खबरदारी सभा गरिएको हो ।

प्याब्सनका प्राज्ञिक सदस्य राजेश केशर खनालले निजी विद्यालयलाई हेर्ने राज्यको दृष्टिकोण नै गलत भएको बताए । उनले निजी विद्यालयलाई गैर-नाफामूलक बनाउने कुरामा कुनै पनि हालतमा सहमत हुन नसकिने प्रष्ट्याए । राज्यले आफ्ना माग सम्बोधन नगरे निजी विद्यालयहरुले सरकारलाई साँचो बुझाउनुपर्ने अवस्था आउने चेतावनी समेत खनालले दिए । उनले भने-‘राज्यले बिधेयकमा समावेश गरेका विभेदकारी बुँदाहरु नहटाए दशैं तिहारपछि विद्यालय बन्द गरेर सरकारलाई साँचो बुझाउने अवस्था आउन सक्छ ।’ यस्तै प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार ऋषिकेष जिसीले आन्दोलनलाई निर्णायक बनाउनुको विकल्प नभएको बताए । काठमाडौंमा हुने प्रदर्शनलाई निर्णायक बनाउन सबै उपस्थित हुनुपर्ने उनको भनाई छ । प्याब्सन लुम्बिनी प्रदेशका सह-सचिव राजेन्द्र आचार्यले विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत हुने अवस्था आउनुमा सांसदहरुमा भोटको राजनीति कारक बनेको टिप्पणी गरे । उनले सबैले गलत भनिरहेको अवस्थामा सांसदहरू मौन बस्नुमा भोटको राजनीति भएको बताए । उनले भने-‘भोटको मोह नभएको भए संसदमा खोई बोलेको ? हामीसँग एउटा कुरा गर्ने अनि संसदमा मौन बस्ने ?’ उनले आन्दोललन सशक्त नभए संसदबाट समेत विधेयक पारित हुने आशंका व्यक्त गरे । उनले भने–‘शिक्षा मन्त्री समेतको विरोधमा यो विधेयक संघीय संसदमा पुगेको छ । त्यसैले साथीहरुले बुझ्न आवश्यक छ यदि हामीले एक ढिक्का भएर सशक्त आन्दोलन गर्न सकेनौं भने यो पारित हुन पनि सक्छ । यो आन्दोलनलाई हामी सबैको हो भनेर सहभागी बनौं ।’

खबरदारी सभाको अध्यक्षता गरेका प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यले आन्दोलनलाई निष्कर्षमा पुर्‍याउन सबैको एकता जरुरी रहेको बताए । यो निर्णायक आन्दोलन भएकाले सबैलाई आन्दोलनमा होम्मिन उनले आग्रह गरे । आन्दोलनको बलबाट मात्रै राज्यलाई घुँडा टेकाउन सकिने अवस्था सिर्जना भएको भन्दै उनले सबै एक भएर आन्दोलनमा होम्मिनुको विकल्प नभएको बताए ।

यस्तै प्याब्सन नेपालगन्जका अध्यक्ष मानबहादुर थापाले राज्य विरुद्धको यो अस्तित्वको लडाइँ भएको बताए । उनले यो आन्दोलनलाई केबल निजी विद्यालयको आन्दोलनका रुपमा बुझिएको भन्दै असन्तुष्टि समेत जनाए । उनले भने–‘यो आन्दोलन तीन करोड नेपालीको हो । यसमा अभिभावक र बिद्यार्थीलाई समेत जोड्नुपर्छ ।’ कोहलपुरका अध्यक्ष रमेश केसीले राज्यले अप्ठ्यारो पारिरहेको परिस्थितिमा निजी विद्यालय एक हुनु पर्ने बताए । आन्दोलनलाई निचोडमा पुर्‍याउन एक हुनुको विकल्प नभएको उनले धारणा राखे । खजुराका अध्यक्ष गीता गोदार क्षेत्रीले सरकारका विभेदकारी निर्णय विरुद्धको आन्दोलनमा पूर्ण प्रतिबद्धता जनाउँदै माग सम्बोधन नभएसम्म आन्दोलन रोकिन नहुने नेतृत्वलाई सुझाव दिइन् ।

खबरदारी सभामा प्याब्सन बाँकेका प्रमुख सल्लाहकार यमबहादुर रावत, वरिष्ठ सल्लाहकार विद्याराज राजभण्डारी, सल्लाहकार शिव डाँगी लगायतले पनि बोलेका थिए । कार्यक्रमको सहजीकरण भने प्याब्सनका सचिब लक्ष्मण बहादुर सिंहले गरेका थिए । कम्पनी ऐन अनुसार दर्ता भई सञ्चालनमा रहेका विद्यालयहरूलाई ‘गैर नाफामूलक’ बनाउने प्रावधान पूर्णरूपमा हटाइनुपर्ने, ‘पूर्ण छात्रवृत्ति’ भन्ने शब्दावली हटाइनुपर्ने, विद्यालयहरूमा उत्पादन नहुने पोशाक, पाठ्यपुस्तक, शैक्षिक सामग्री, यातायात, खाना, खाजा लगायतका सेवा र गरिएको अनावश्यक प्रतिबन्ध हटाइनुपर्ने, छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने लगायतका विभेदकारी व्यवस्थाहरू तत्काल खारेज गरिनुपर्ने माग राख्दै निजी विद्यालयहरु चरणवद्ध आन्दोलनमा छन् ।


प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १८:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
'मोहम्मद डे' मा शुक्रबार नेपालगन्जका विद्यालयमा विदा
विद्यालय शिक्षा विधेयक विरुद्ध बाँकेमा खबरदारी सभा
विद्यालय शिक्षा विधेयक विरुद्ध बाँकेमा खबरदारी सभा
निजी विद्यालयको आन्दोलनः बुधबार राँझामा बृहत खबरदारी सभा
निजी विद्यालयको आन्दोलनः बुधबार राँझामा बृहत खबरदारी सभा
'शिक्षा विधेयकमा निजी विद्यालयको चासो सम्बोधन गर्न दबाब'
'शिक्षा विधेयकमा निजी विद्यालयको चासो सम्बोधन गर्न दबाब'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP