नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • पत्रकारमाझ बाँकेका सिडिओ तामाङ: तपाईंहरुको साथ-सहयोगसंगै आलोचनाको पनि अपेक्षा छ
पत्रकारमाझ बाँकेका सिडिओ तामाङ: तपाईंहरुको साथ-सहयोगसंगै आलोचनाको पनि अपेक्षा छ
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १८, २०८२ बागेश्वरी पोस्ट
पत्रकारमाझ बाँकेका सिडिओ तामाङ: तपाईंहरुको साथ-सहयोगसंगै आलोचनाको पनि अपेक्षा छ

नेपालगन्ज । जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी (सिडिओ) दिल कुमार तामाङले सोमबारदेखि कार्यभार सम्हालेका छन् । कार्यभार सम्हालेको भोलिपल्ट मंगलबार पत्रकारहरुसंग 'परिचयात्मक कार्यक्रम' गरेका तामाङले आफ्नो भूमिका निभाउन इमान्दार प्रयास गर्ने बताए ।

उनले जेनजी आन्दोलनपछि भएको आगजनी र क्षतिका कारण रोकिएको राहदानी सेवा विहीबारदेखि सुचारु गर्ने तयारीमा रहेको बताए । तामाङले नागरिकता र राष्ट्रिय परिचयपत्रको काम आंशिक रुपमा भइरहे पनि पूर्णरुपमा सुचारु हुन नसकेको जानकारी दिँदै कार्यालय मर्मत-सम्भार/पुन:निर्माण गर्दै बिस्तारै लयमा लैजाने कोसिसमा लाग्ने उल्लेख गरे ।

तामाङले शान्ति सुव्यवस्था, अपराध नियन्त्रण लगायत अन्य कुराहरुको समन्वय र सहजीकरण गर्ने कार्यमा सरोकारवाला सबैसँग समन्वय र सहकार्य गरेर कार्य सम्पादन गर्ने इमान्दार प्रयास गर्ने बताए । त्यसका लागि मिडियाको साथ सहयोग लिएर अघि बढ्ने उल्लेख गरेका प्रमुख जिल्ला अधिकारी तामाङले खबरदारी पनि आफूले अपेक्षा गर्ने बताए । "सार्वजनिक पदमा बसेका अधिकारीलाई नागरिक, सरोकारवालाले खबरदारी गर्नुपर्दछ । तपाईंहरुको खबरदारी र आलोचनाको अपेक्षा गर्दछु," उनले प्रष्ट्याए-"खाली तपाईंहरुसंग मेरो निवेदन छ कि व्यक्तिगतरुपमा लान्छित गर्ने प्रवृत्तिका कतिपय कुराहरु एकचोटी मेरो तहमा मसंग जोडिएको विषयमा भेरिफाई गरिदिनुहोला ।" उनले जिल्लाको संवेदनशिलतालाई पनि ख्याल गरेर मिडिया कर्म गरी सहयोग गर्न पत्रकारहरुलाई आग्रह पनि गरे । जिल्लामा आपसी सद्भाव, सहिष्णुता कायम गर्ने कुरामा पनि उनले मिडियाको भूमिकाको अपेक्षा गरेको बताए ।

तामाङ कपिलवस्तुबाट बाँके सरुवा भएका हुन् । पाँचथरका तामाङले प्रमुख जिल्ला अधिकारीको रुपमा बाँके आफ्नो छैटौं जिल्ला भएको बताए । कार्यक्रममा पत्रकारहरुले जिल्लाको विशिष्टता र संवेदनशिलता बुझेर काम गर्न सुझाव दिए । सिडिओसंग छिटो-छरितो सूचना प्रवाहको वातावरण र मिडियामैत्री ब्यवहारको अपेक्षा राखेको पत्रकारहरुले बताए । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी पुर्ण खत्री, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, बाँके शाखा अध्यक्ष नवीन गिरी लगायत पत्रकारहरुको उपस्थिति थियो । 

 

 

 

 


प्रकाशित मिति: मंगलबार, कात्तिक १८, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
दुई भारतीय युवा-युवती नेपालगञ्जमा खैरो हेरोइनसहित पक्राउ
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
सशस्त्र प्रहरीका आइजीपी पौडेलले पाए दर्ज्यानी चिन्ह
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP