नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • मोटरसाइकल र ट्रकले अर्को मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दार राम बेलाशको मृत्यु
मोटरसाइकल र ट्रकले अर्को मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दार राम बेलाशको मृत्यु
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक २२, २०८२ बागेश्वरी पोस्ट
मोटरसाइकल र ट्रकले अर्को मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दार राम बेलाशको मृत्यु

तौलिहवा । मोटरसाइकल दुर्घटनामा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । कपिलवस्तुको लुम्बिनी–तौलिहवा सडक खण्डको लवनीस्थित सुद्धोधन गाउँपालिका-३ को वडा कार्यालय नजिकै दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा प्रहरी सहायक हवलदार रम बेलाश यादवको मृत्यु भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका-७ टिकर घर भएर हाल कपिलवस्तुको वाणगंगा नगरपालिका-४ कोपवामा कार्यरत सहायक हवलदार राम बेलाश चढेको लु २७ प २०८५ नं.को मोटरसाइकल र तौलिहवाबाट लवनीतर्फ आउँदै गरेको लु ८३ प ७६९२ नं. को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

पछाडि सवार राम बेलाश चढेको मोटरसाइकल लवनीबाट तौलिहवातर्फ जाँदै गरेको अवस्थामा अर्को मोटरसाइकलसंग ठोक्किएर पल्टिए लगत्तै लवानीबाट तौलिया जाँदै गरेको  ना ६ ख ७७१९ नं. को ट्रकले पुनः ठक्कर दिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

सहायक हवल्दार राम बेलाशलाई मोटरसाइकल र ट्रकको ठक्करपछि तत्काल तौलिहवास्थित कपिलवस्तु अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

राम बेलाश चढेको मोटरसाइकलका चालक रोहिणीका ३१ वर्षीय निरञ्जन यादव र उनलाई ठक्कर दिने मोटरसाइकलमा सवार कालिकोटको शुभ कालिका गाउँपालिका- ५ का ३२ वर्षीय उमाकान्त अधिकारी घाइते भएका छन् ।

सहायक हवल्दार राम बेलाशलाई ठक्कर दिने मोटरसाइकल, ट्रक र कपिलवस्तुको बुद्धभूमि नगरपालिका- २ बडहराका ३२ वर्षीय चालक शम्भु थारुलाई कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

शुक्रबार दिउँसो दुर्घटनामा मृत्यु भएका सहायक हवल्दार राम बेलाशको शवलाई जिल्ला प्रहरी परिसरमा श्रद्धाञ्जली पश्चात् आज परिवारको जिम्मा लगाइएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

 

 


प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  २०:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
कोहलपुरबाट १ किलो बढी अफिमसहित दुई जना पक्राउ
कोहलपुरबाट १ किलो बढी अफिमसहित दुई जना पक्राउ
पार्किङ गरिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालक जीवन गिरीको मृत्यु, एक घाइते
पार्किङ गरिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालक जीवन गिरीको मृत्यु, एक घाइते
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झण्डै तीन वर्षपछि धनौली प्रहरीको नियन्त्रणमा
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी झण्डै तीन वर्षपछि धनौली प्रहरीको नियन्त्रणमा
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP