नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बदलिँदो सुरक्षा चुनौतीसँगै सशस्त्र प्रहरीले खटायो सीमा नाकामा एसएसपीहरु
बदलिँदो सुरक्षा चुनौतीसँगै सशस्त्र प्रहरीले खटायो सीमा नाकामा एसएसपीहरु
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक २६, २०८२ बागेश्वरी पोस्ट
बदलिँदो सुरक्षा चुनौतीसँगै सशस्त्र प्रहरीले खटायो सीमा नाकामा एसएसपीहरु

काठमाडौं । बदलिँदो सुरक्षा चुनौती र राजश्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपालले प्रमुख सीमा नाकामा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई खटाएको छ ।

प्रधान कार्यालयका अनुसार खटाइएका एसएसपीहरूले सीमा क्षेत्रमा राजश्व चुहावट, चोरी–निकासी, पैठारी तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्ने, सम्बन्धित निकायसँग समन्वय गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने र दैनिक प्रतिवेदन महानिरीक्षकको सचिवालयमा पठाउने व्यवस्था मिलाइएको छ ।

कोशी प्रदेशमा एसएसपी दिगविजय सुवेदी, मधेशमा माधव प्रसाद पौडेल, लुम्बिनीमा रविनराज कर्णजीत र सुदूरपश्चिममा गंगाराम श्रेष्ठलाई जिम्मेवारी तोकिएको सशस्त्र प्रहरीले जनाएको छ । जसमध्ये कोशी प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टा झापा र प्रस्तावित सीमा सुरक्षा गुल्म रानी मोरङ्गमा रहेर सो प्रदेशका अन्य सीमा नाकामा निगरानी गर्न एसएसपी सुवेदी (फोन नम्बर ९८५१००१९४२) तथा मधेश प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज पर्सामा रहेर सो प्रदेशका अन्य सीमा नाकाको समेत निगरानी गर्न  एसएसपी  पौडेल (फोन नम्बर ९८५१२६००२७) लाई खटाइएको हो ।

त्यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देही, प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगर कपिलवस्तु र प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाह बाँकेमा रहेर सो प्रदेशका अन्य सीमा नाकाको निगरानी गर्न एसएसपी  कर्णजीत (फोन नम्बर ९८५१२५९६१७) र सुदूरपश्चिम प्रदेश अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म त्रिनगर कैलाली र प्रस्तावित सीमा सुरक्षा गुल्म गड्डाचौकी कञ्चनपुरमा रहेर सो प्रदेशको अन्य सीमा नाकाको निगरानी गर्न एसएसपी  श्रेष्ठ (फोन नम्बर ९८५१२६७७७७) लाई खटाइएको  सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

सर्वसाधारणले उनीहरूलाई माथि उल्लेखित फोन नम्बरमार्फत प्रत्यक्ष सम्पर्क गरी सीमा क्षेत्रमा हुने अवैध गतिविधिबारे जानकारी दिन सक्ने व्यवस्था गरिएको छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
जमुनाहबाट ४८ ग्राम खैरो हेरोइनसहित दाङका दुई युवक प्रहरीको नियन्त्रणमा
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
चोरीमा आतंक मच्चाएका बाँकेका प्रेममाथि प्रहरीले चलायो गोली, ६५ तोला सुनसहित पक्राउ
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
नेपालगन्जबाट लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा
सिमलघारीबाट ब्राउन सुगरसहित एक युवक पक्राउ
सिमलघारीबाट ब्राउन सुगरसहित एक युवक पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP