नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, वैशाख २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख २४, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने

नेपालगञ्ज । बाँके कला केन्द्र नेपालगञ्जले “प्रथम मेयर सांस्कृतिक कप” आयोजना गर्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा अन्तर माध्यमिक विद्यालय स्तरीय सामूहिक लोक नृत्य प्रतियोगिताका रूपमा आयोजना गरिने कार्यक्रमबारे आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रतियोगिता आयोजना गरिने बाँके कला केन्द्रका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक विरेन्द्र यादवले जानकारी दिए । कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक तहका विद्यालयमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगितामा विभिन्न जातजातिको मौलिक संस्कृति झल्किने सामूहिक लोक नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ । प्रत्येक समूहमा न्यूनतम ६ जना र अधिकतम १२ जना कलाकार सहभागी हुन सक्ने व्यवस्था गरिएको छ ।

सामुदायिक विद्यालयका लागि २ हजार ५ सय तथा संस्थागत विद्यालयका लागि ३ हजार ५ सय रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । प्रतियोगितामा प्रथम हुने समूहलाई नगद ५१ हजार, दोस्रो हुनेलाई ३१ हजार र तेस्रोलाई २१ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । अन्य सहभागी सबै समूहलाई प्रमाणपत्र उपलब्ध गराइने जनाइएको छ ।

कार्यक्रममा नेपालगञ्जमा लामो समयदेखि कला क्षेत्रमा योगदान पुर्‍याएका एक जना वरिष्ठ तथा अग्रज कलाकारलाई “दोसल्ला अवार्ड” सहित सम्मानपत्र र नगद ५ हजार रुपैयाँद्वारा सम्मान गरिने भएको छ । कार्यक्रमको कुल बजेट ३ लाख ३० हजार रुपैयाँ रहेको जनाइएको छ । जसमा नेपालगञ्ज उपमहानगरपालिकाबाट ३ लाख सहयोग प्राप्त भएको र बाँकी ३० हजार रुपैयाँ संस्था स्वयंले व्यहोर्ने उल्लेख गरिएको छ । कार्यक्रम वीपी चोकस्थित सुनाखरी रेष्टरेन्ट एण्ड पार्टी प्यालेसमा विहान ११ बजेदेखि सुरु हुनेछ ।

पत्रकार सम्लेनलनमा बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङले कला र संस्कृतिको क्षेत्र उपेक्षामा परिरहेको महसूस भइरहेको बेला यो इभेन्टलाई संस्थागत गर्न सबैको सहयोग आवश्यक रहेकोमा जोड दिए । त्यस अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरीले पनि कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरे ।


प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो
नेपालगञ्जमा धुमधाम हनुमान जयन्ती, विहान र्‍याली निकालियो
बागेश्वरी मन्दिरमा विशाल भण्डारा 
बागेश्वरी मन्दिरमा विशाल भण्डारा 
चैते दशैँ: शक्ति उपासना र सांस्कृतिक जागरणको पर्व
चैते दशैँ: शक्ति उपासना र सांस्कृतिक जागरणको पर्व
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP