नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • चर्को गर्मी र तातो हावाले बाँकेको जनजीवन प्रभावित, तापक्रम ४० डिग्री माथि
चर्को गर्मी र तातो हावाले बाँकेको जनजीवन प्रभावित, तापक्रम ४० डिग्री माथि
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ ११, २०८३ बागेश्वरी पोस्ट
चर्को गर्मी र तातो हावाले बाँकेको जनजीवन प्रभावित, तापक्रम ४० डिग्री माथि
AI Generated

नेपालगञ्ज । बढ्दो गर्मी र तातो हावा (लु) का कारण बाँके लगायत पश्चिम तराईका जिल्लाहरूमा जनजीवन प्रभावित बनेको छ । यहाँको जनजीवन उकुसमुकुस र आक्रान्त छ । पछिल्लो दुई सातादेखि नेपालगञ्ज र आसपासका क्षेत्रमा तापक्रम निरन्तर उकालो लाग्दै गएपछि दैनिक गतिविधि प्रभावित भएका हुन् । केही दिन यता नेपालगञ्जको तापक्रम ४० डिग्री माथि पुगेको छ  । त्यसमा पनि अनियमित विद्युत र लो-भोल्टेजले दैनिकी अझ कष्टकर बनाइदिएको छ । जेठ लागेसंगै बढेको गर्मीका कारण बाँकेसहित पश्चिम नेपालको तराई क्षेत्रको जनजीवन प्रभावित भएको हो । 

बिहानदेखि नै घाम अत्याधिक चर्किने भएकाले बजार क्षेत्रमा चहलपहल पातलिएको छ भने ग्रामीण क्षेत्रहरू सुनसान जस्तै बन्न थालेका छन् । सर्वसाधारणको हिँड्डुल समेत घटेको छ । मानिसहरुलाई अहिले अत्यधिक गर्मीका कारण बिहान र साँझ बाहेक बाहिर निस्कनै कठिन भएको छ । गर्मीका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने विपन्न वर्ग सबैभन्दा बढी प्रभावित बनेका छन् । अटो-रिक्सा चालकहरू समेत गर्मीका कारण काम गर्न असहज भएको बताउँछन् । अन्य समयमा व्यस्त रहने बजारका चोकहरूमा अटो-रिक्साको उपस्थिति समेत पातलो देखिएको छ ।

चिकित्सकहरूले अत्यधिक गर्मीबाट बच्न दिउँसोको समयमा बाहिर ननिस्कन, चिसो स्थानमा बस्न र अत्यावश्यक अवस्थामा मात्र बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने तथा हल्का सुतीका कपडा प्रयोग गर्न सुझाव दिएका छन् । भेरी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डा. उमेश ढुंगानाले शरीरमा पानीको कमी हुन नदिन पटक–पटक पानी, जुस वा अन्य झोल पदार्थ सेवन गर्नु आवश्यक हुने बताउँदै असामान्य स्वास्थ्य समस्या देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने बताउनुभयो । अस्पतालहरुमा गर्मीजन्य रोगका विरामीहरु बढेका छन् ।

अत्याधिक गर्मीका कारण जनजीवन प्रभावित हुन थालेपछि बाँकेका अस्पतालहरुले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै तयारी तीव्र पारेका छन् । गर्मीका कारण ‘हिटस्ट्रोक’ हुने जोखिम बढेपछि पश्चिम नेपालको प्रेषण अस्पतालका रुपमा रहेको भेरी अस्पतालले इमरजेन्सी म्यानेजमेन्ट टिमलाई ‘हाइअलर्ट’ मा राखेको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले जानकारी दिए ।


प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  २१:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP