नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज ११, २०८३ बागेश्वरी पोस्ट
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !

नेपालगन्ज । पश्चिम नेपालको ऐतिहासिक तथा व्यापारिक केन्द्र नेपालगन्जको समृद्धिका लागि एकीकृत गुरुयोजना, सुशासन, खेलकुद तथा पर्यटन प्रवद्र्धनसँगै दूरदर्शी र साहसिक नेतृत्व अपरिहार्य रहेको सरोकारवालाले बताएका छन् ।

कालपृष्ठ दैनिकको २९औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘नेपालगन्जको समृद्धिका सम्भावनाहरू’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै वक्ताहरूले समृद्धिका योजनालाई व्यवहारमा कार्यान्वयन गर्न सक्ने नेतृत्वको अभाव रहेको बताएका हुन् ।

संघीयता कार्यान्वयनपछि नेपालगन्जले विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै वक्ताहरूले सहरलाई चलायमान बनाउन दूरदर्शी नेतृत्व आवश्यक रहेकोमा जोड दिएका छन् ।

कालपृष्ठ दैनिकका संस्थापक हेमन्त कर्माचार्यको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा राजनीतिज्ञ, पत्रकार, व्यवसायी, शिक्षाविद् तथा सामाजिक क्षेत्रका प्रतिनिधिहरूले नेपालगन्जको समृद्धिका चुनौती र सम्भावनाबारे विस्तृत छलफल गरेका थिए ।

व्यवसायी विनोद अग्रहरिले इमान्दार पत्रकारिता गर्नेहरूका लागि पछिल्लो समय आर्थिक उपार्जन चुनौतीपूर्ण बन्दै गएको बताए । सञ्चार क्षेत्रमा देखिएको कठिन परिस्थितिलाई सम्बोधन गर्न सामूहिक पत्रकारितालाई प्रोत्साहन गर्दै यस पेशाप्रति नयाँ पुस्ताको आकर्षण कायम राख्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा वक्ताहरूले सही र सत्य सूचना प्रवाहले यस क्षेत्रको पर्यटन प्रवद्र्धन तथा आर्थिक विकासमा प्रत्यक्ष सहयोग पुग्ने धारणा राखेका थिए । नेपाल जडीबुटी व्यवसायी संघका अध्यक्ष टंक शर्माले स्वदेशी उत्पादनको खरिद–बिक्री तथा प्रवद्र्धनका लागि अनुकूल वातावरण निर्माण गर्न सञ्चारमाध्यमले पुलको भूमिका निर्वाह गर्नुपर्ने बताए ।

सुशासन, सहरी विकास र समृद्धिका लागि स्पष्ट गुरुयोजना आवश्यक रहेको बताउँदै लुम्बिनी प्रदेश सरकारका पूर्व वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका बासिन्दाका लागि नेपालगन्जमै उच्च शिक्षा तथा पीएचडी अध्ययनको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

सहरी विकास तीव्र गतिमा भइरहेको भए पनि यसको दीर्घकालीन निकासको बाटो पहिल्याउन सके मात्र राप्ती तथा आसपासका क्षेत्रको समृद्धि सम्भव हुने उनको भनाइ थियो । कालपृष्ठ दैनिकले आर्थिक समृद्धिसँग जोडिएको सहकारी क्षेत्रलाई प्राथमिकता दिएर काम गरेको भन्दै उनले धन्यवाद दिए । आर्थिक विकासका लागि स्थानीय तह तथा सहरले स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

नेपालगन्ज म्याराथनका संस्थापक टी.एस. ठकुरीले ‘नेपालगन्ज म्याराथन’ सहरको पहिचान बदल्ने प्रमुख ‘गेम चेन्जर’ आयोजना बन्न सक्ने सम्भावना रहेको बताए । सुशासनको क्षेत्रमा क्रियाशील अभियन्ता नमस्कार शाहले संघीयता कार्यान्वयनपछि अधिकार र बजेटको विकेन्द्रीकरणका कारण नेपालगन्ज केही पछाडि परेको महसुस भएको बताए ।

नेपालगन्जलाई चिनाउने ऐतिहासिक तथा सांस्कृतिक धरोहरको व्यापक प्रचार–प्रसार गर्दै गुरुयोजना निर्माण, सुशासन कायम र सुरक्षित सहर निर्माण गर्न सके नेपालगन्ज पर्यटन, व्यापार, शिक्षा र स्वास्थ्यको बलियो हब बन्न सक्ने उनले बताए ।

नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले नेपालगन्जको मुख्य पहिचान शिक्षा, स्वास्थ्य र खेलकुद रहेको भन्दै विद्यमान समस्या समाधानका लागि सबै राजनीतिक दल र नागरिक समाज एकताबद्ध हुनुपर्ने बताए ।

नेपालगन्जको समृद्धिका सम्भावनाबारे निरन्तर छलफल र सहकार्यका लागि साझा चौतारी (फोरम) आवश्यक रहेको वक्ताहरूले बताएका थिए । नेपाल भलिबल संघका उपाध्यक्ष भीम ओलीले नेपालगन्जवासीमा आपसमा जुट्नु भन्दा विभाजित हुने प्रवृत्तिका कारण अपेक्षित रूपमा समृद्धि हासिल गर्न नसकिएको टिप्पणी गरे । नेपालगन्जको विकासका लागि सबै क्षेत्रलाई समेट्ने साझा चौतारी आवश्यक रहेको बताउँदै उनले सहरलाई जोगाउने र समृद्ध बनाउने जिम्मेवारी अब नयाँ पुस्ताको काँधमा आएको बताए ।

साहित्यकार तथा उद्यमी ऋचा लुइटेलले प्रत्येक नागरिक र व्यवसायीले आफ्नो कर्म इमान्दारिताका साथ पूरा गरेमा मात्र सहरको समृद्धिको सम्भावना बढ्ने बताइन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेकपाका नेता नवीन शर्मा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिव दीपक शाही, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम कँडेल, नेपालगन्ज उद्योग वाणिज्य संघका निवर्तमान महासचिव भीम रानाभाट, लुम्बिनी प्राविधिक विश्वविद्यालयका जेन्टिल गौतम, नाट्टा बाँकेका अध्यक्ष डिल्ली रेग्मी, शिक्षाविद् किरण आचार्य लगायतले आर्थिक गतिविधिलाई चलायमान बनाउन राजनीतिक नेतृत्वमा पारदर्शिता र स्पष्ट दृष्टिकोण आवश्यक रहेकोमा जोड दिए ।

सहरी ब्रान्डिङ र पर्यटकीय सम्भावना

नाट्टा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जको पर्यटकीय प्रवद्र्धनका लागि ‘सिटी ब्रान्डिङ’को रणनीति तत्काल लागू गर्नुपर्ने बताए । त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने उनको भनाइ थियो । नेपालगन्ज उद्योग वाणिज्य संघले यस विषयमा अभिभावकीय नेतृत्व लिनुपर्ने उनले सुझाव दिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले समृद्धिका लागि सर्वप्रथम नगरवासीको चेतनास्तर फराकिलो हुनुपर्ने बताए । समृद्धिका लागि नेपालगन्जका चिल्ला र चौडा सडक जस्तै नागरिकको मानसिकता पनि फराकिलो हुनुपर्नेमा उनले जोड दिए ।

नेपालगन्जका पूर्व मेयर तथा वरिष्ठ अधिवक्ता विजय गुप्ताले करोडौँका संरचना निर्माण भए पनि रंगशालाको उचित र पूर्ण प्रयोग हुन नसकेकोमा चिन्ता व्यक्त गरे । नेपालगन्जको समृद्धिसँग प्रत्यक्ष जोडिएको नेपालगन्ज विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने योजना कार्यान्वयनमा सधैँ अवरोध आउने गरेको उनले बताए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी ओलीले अर्थतन्त्र, प्रविधि र सोचमा रूपान्तरण आवश्यक रहेको बताए । पर्यटकीय व्यवसाय तथा साना–ठूला उद्योगमार्फत आर्थिक गतिविधि र उपार्जन बढाउन सकिने उल्लेख गर्दै उनले संघीयताको मर्मअनुसार आर्थिक गतिविधिलाई अघि बढाउनुपर्नेमा जोड दिए।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले समृद्धिका योजनालाई कागजमा मात्र सीमित नराखी व्यावहारिक कार्यान्वयनका लागि सबै सरोकारवाला निकायबीच बलियो सहकार्य आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले समृद्धिको सपना पूरा गर्न व्यावसायिक पत्रकारिताको विकास आवश्यक रहेको बताए ।

कालपृष्ठ दैनिकका पूर्व सम्पादक झलक गैरेले कालपृष्ठ दैनिकमा काम गर्दाको अनुभव सुनाएका थिए । संस्थापक हेमन्त कर्माचार्यले सहरलाई चलायमान बनाउँदै समाजको समृद्धिसँग जोडिएका विषयलाई कालपृष्ठ दैनिकले आगामी दिनमा पनि प्राथमिकताका साथ उठाउने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमको सहजीकरण कालपृष्ठाका प्रकाशक सम्पादक कमल खत्रीले गरेका थिए । 


प्रकाशित मिति: आइतबार, असोज ११, २०८३  ११:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
नेपालगन्जको समृद्धि बहसः समृद्धिको सपना पूरा गर्ने साहसिक नेतृत्वको अभाव !
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
लुम्बिनीमा अति भारी वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि भारी वर्षाको चेतावनी
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
डोल्पा विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पांग्रा खुस्कियो
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
‘ठूली दिदी’ मोडेलबाट आधारभूत सिकाइ सुधार्ने अभियान, बाँकेसहित चार जिल्लामा परियोजना सञ्चालन
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP