नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर १, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो
बागेश्वरी पोस्ट
शुक्रबार, असोज ९, २०८३ बागेश्वरी पोस्ट
एसियन गेम्सको क्रिकेटमा नेपालले अफगानिस्तानलाई हरायो

काठमाडौँ । जापानमा जारी २० औं  आइची-नागोया एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले शानदार शुरूआत गरेको छ । नेपालले पहिलो खेलमा अफगानिस्तानमाथि शानदार सफलता हासिल गरेको हो । 

निस्शिनको मैदानमा भएको खेलमा नेपाल ५ विकेटले विजयी भयो । १०३ रनको चुनौती नेपालले १७ ओभर २ बलमै ५ विकेटको क्षतिमा पूरा गरेको हो । सन्दीप जोराले ३५ बलमा ३४ रन बनाए भने रोहित पौडेलले ३२ बलमा अविजित रहँदै ३३ रन बनाए । कप्तान दिपेन्द्र सिंह ऐरीले १५ रन जोडे ।

कुशल भुर्तेललाई दोस्रो बलमै गुमाएको नेपालका लागि कुशल मल्लले रनआउट हुनुअघि ९ तथा आरिफ शेखले २ रन बनाए । 

यसअघि नेपालले अफगानिस्तानलाई १०२ रनमा रोकेको थियो ।अफगानिस्तानले टस जितेर ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १०२ रन बनायो ।

कमजोर ब्याटिङ गरेको अफगानिस्तानका लागि फैजल खान र नजबुल्लाह जद्रानले समान ३० रन बनाए । कसिलो बलिङ गरेको नेपालका लागि कुशल भुर्तेलले २१ रन खर्चेर ४ तथा ललित राजवंशीले १३ रन खर्चेर ३ विकेट लिए । 

दिपेन्द्र सिंह ऐरीको कप्तानीमा मैदानमा उत्रिएको नेपालले कसिलो बलिङसँगै संयमित ब्याटिङ गरेको हो । 

नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा अफगानिस्तान र आयोजक जापान रहेका छन् । पहिलो खेलमा अफगानिस्तानले जापानलाई ४८ रनले हराएको थियो । 

नेपालले समूहको दोस्रो खेलमा जापानसँग शनिबार खेल्नेछ । नेपालले अफगानिस्तानलाई १२ वर्षपछि पराजित गरेको हो ।


प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १४:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि सगरमाथा स्वीमिङ क्लबलाई
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप सुरु, ११ स्वर्ण जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता
तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप सुरु, ११ स्वर्ण जितेर सगरमाथा स्वीमिङ क्लबको अग्रता
नेपालगञ्जमा कात्तिक १४ देखि तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
नेपालगञ्जमा कात्तिक १४ देखि तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै
एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम रोयल्स भिड्दै
एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम रोयल्स भिड्दै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP