नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, साउन २१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • न्यायपालिकामाथि दबाब सिर्जना गर्ने गतिविधिप्रति बारको आपत्ति
न्यायपालिकामाथि दबाब सिर्जना गर्ने गतिविधिप्रति बारको आपत्ति
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १४, २०८३ बागेश्वरी पोस्ट
न्यायपालिकामाथि दबाब सिर्जना गर्ने गतिविधिप्रति बारको आपत्ति

नेपालगञ्ज । नेपालगञ्ज उच्च अदालत बार एशोसिएशन र बाँके जिल्ला अदालत बार एशोसिएशनले न्यायपालिकामाथि बाह्य दबाब सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बार एशोसिएशनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अदालतको निष्पक्षता र स्वतन्त्रतामाथि असर पर्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेको हो ।

विज्ञप्तिमा संवैधानिक सर्वोच्चता, विधिको शासन, शक्ति पृथकीकरण तथा स्वतन्त्र न्यायपालिकाको संरक्षणप्रति बार एशोसिएशन सधैं प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । बार एशोसिएशनका अनुसार बुधबार नेपाल सरकार विरुद्ध रेशम कुमार थापा समेत भएको मुद्दाको सुनुवाइका क्रममा अदालत परिसर बाहिर केही व्यक्ति तथा समूहले प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए। अदालतको मुख्य गेटमा अवरोध तथा तोडफोडको प्रयास समेत भएको भन्दै यस्ता गतिविधिले न्याय सम्पादन प्रक्रियामा प्रत्यक्ष दबाब सिर्जना गर्ने उद्देश्य देखिएको जनाएको छ ।

विज्ञप्तिमा अदालत परिसर तथा अदालत अगाडि प्रदर्शन, नाराबाजी र दबाबमूलक गतिविधिले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता तथा न्यायिक प्रक्रियामाथि प्रतिकूल प्रभाव पार्ने उल्लेख गरिएको छ । अदालतको काम कारबाहीलाई प्रभावित पार्ने उद्देश्यले गरिने कुनै पनि गतिविधि लोकतान्त्रिक विधि शासनको मर्म विपरीत हुने बार एशोसिएशनको भनाइ छ ।

बार एशोसिएशनले अदालतको शान्ति सुरक्षा भंग गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने तथा न्यायिक वातावरण खल्बल्याउने कार्यमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ । साथै अदालत परिसर वरपरको क्षेत्रलाई निषेधित तथा ध्वनि निषेधित क्षेत्र घोषणा गरी प्रभावकारी कार्यान्वयन गर्न समेत सम्बन्धित निकायसँग आग्रह गरिएको छ । नेपालगञ्ज उच्च अदालत बार एशोसिएशनका सचिव कुसुमा सुवेदी र बाँके जिल्ला अदालत बार एशोसिएशनका सचिव शक्ति सिंह हमालले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।

May be an image of blueprint and text


प्रकाशित मिति: बिहीबार, जेठ १४, २०८३  १७:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
रंग लगाइएको मासको दाल नष्ट, कर बीजक नराख्ने डिस्ट्रिब्युटरलाई १० हजार जरिवाना
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
'योगा डान्स' का श्रष्टा 'रेडियोप्रेमी वान' श्याम गिरीको विश्व कीर्तिमान राख्ने सपना 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP