नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा ९६ दुर्घटनामा १६ जनाको मृत्यु, ७ हजार बढी सवारीसाधन ट्राफिक कारबाहीमा
बाँकेमा ९६ दुर्घटनामा १६ जनाको मृत्यु, ७ हजार बढी सवारीसाधन ट्राफिक कारबाहीमा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ १५, २०८३ बागेश्वरी पोस्ट
बाँकेमा ९६ दुर्घटनामा १६ जनाको मृत्यु, ७ हजार बढी सवारीसाधन ट्राफिक कारबाहीमा

नेपालगञ्ज । बाँकेमा १ सय ५ दिनको अवधिमा भएका सवारी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार चालु आर्थिक वर्ष ०८२-०८३ को फागुनदेखि जेठ १४ गतेसम्म जिल्लामा ९६ वटा सवारी दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाएका हुन् ।

ती दुर्घटनामा १२ पुरुष, २ महिला र २ बालकको मृत्यु भएको छ भने ७३ जना गम्भीर र ४७ जना सामान्य घाइते भएका छन् । गत फागुन महिनामा ३३ वटा दुर्घटना हुँदा ४ जनाको मृत्यु, २२ जना गम्भीर र २४ जना सामान्य घाइते भएका थिए । चैतमा पनि ३३ वटा दुर्घटना हुँदा ६ जनाको मृत्यु, २७ जना गम्भीर र १९ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसैगरी, वैशाखमा २० वटा दुर्घटनामा ४ जनाको मृत्यु, १६ जना गम्भीर र २ जना सामान्य घाइते भएका छन् भने जेठ १४ गतेसम्म १० वटा दुर्घटनामा २ जनाको मृत्यु, ८ जना गम्भीर र २ जना सामान्य घाइते भएका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

ट्राफिक प्रहरीका अनुसार दुर्घटनामा सबैभन्दा बढी मोटरसाइकल संलग्न रहेका छन् । उक्त अवधिमा ७७ वटा मोटरसाइकल दुर्घटनामा परेका छन् । साथै जिप - कार १९ वटा, टेम्पो १४ वटा, ट्रक तथा ट्यांकर ५ वटा, टिपर ३ वटा, बस ३ वटा, माइक्रो ४ वटा, ट्र्याक्टर ४ वटा, डोजर तथा स्काभेटर १ वटा र १२ वटा अन्य सवारी साधन दुर्घटनामा संलग्न रहेका छन् ।

ट्राफिक प्रहरीले यस अवधिमा मादक पदार्थ सेवन (मापसे) गर्ने ९९ जना चालकमाथि कारबाही गर्दै ५२ हजार ५०० रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । यस्तै, लागुपदार्थ सेवन (लापसे) गर्ने १४ जनामाथि कारबाही गरी १४ हजार रुपैयाँ राजस्व उठाइएको छ ।

यसैगरी, ७ हजार ३ सय ९५ सवारी साधनलाई ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाही गर्दै ६४ लाख ६० हजार राजस्व संकलन गरिएको छ । बाँके ट्राफिक प्रहरीको कारबाहीबाट फागुनमा १ हजार ६ सय ४१ वटा सवारी साधनबाट १३ लाख ८२ हजार ५ सय रुपैयाँ, चैतमा १ हजार ७ सय ८१ वटा सवारी साधनबाट १५ लाख ५७ हजार रुपैयाँ, वैशाखमा २ हजार ७८ वटा सवारी साधनबाट १८ लाख ६२ हजार रुपैयाँ र जेठ १४ गतेसम्म १ हजार ८ सय ९५ वटा सवारी साधनबाट १६ लाख ५८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतना कार्यक्रम २१६ पटक सञ्चालन गर्दा १४ हजार १ सय ५८ जना लाभान्वित भएका छन् । ५४१ वटा सार्वजनिक तथा निजी सवारी साधनको नम्बर प्लेट सुधार गरिएको तथा ४१३ वटा सार्वजनिक सवारी साधनबाट ५२७ वटा अतिरिक्त सिट तथा मुडा हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 


प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १७:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खैरो हेरोइनसहित बाँकेबाट एक युवतीसहित तीन जना पक्राउ, २ लाख २५ हजार नगद बरामद 
खैरो हेरोइनसहित बाँकेबाट एक युवतीसहित तीन जना पक्राउ, २ लाख २५ हजार नगद बरामद 
करिब डेढ महिनादेखि कोहलपुरमा चलेको अनलाइन सट्टेबाजी, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य, ४८ पक्राउ
करिब डेढ महिनादेखि कोहलपुरमा चलेको अनलाइन सट्टेबाजी, प्रहरीले छापा मारेपछि खुल्यो रहस्य, ४८ पक्राउ
नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
नेपालगन्जमा ४ राउण्ड हवाई फायर, १०३ ग्राम बढी खैरो हेरोइनसहित भारतीय नागरिक पक्राउ
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
भदौमा बाँके प्रहरीको कारबाही: लागूऔषधतर्फ ६१ पक्राउ, १५२ मुद्दा दर्ता हुँदा १३७ प्रतिवादी नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP