नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, साउन ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • स्थानीय तहको नीति-कार्यक्रम र बजेटमा सञ्चार क्षेत्र समेट्न पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
स्थानीय तहको नीति-कार्यक्रम र बजेटमा सञ्चार क्षेत्र समेट्न पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
RSG-2
नवलपरासी पश्चिम शाखा अध्यक्ष पराजुलीको उपचार सहयोगार्थ आर्थिक सहायता प्रदान गर्ने निर्णय
बागेश्वरी पोस्ट
सोमबार, जेठ २५, २०८३ बागेश्वरी पोस्ट
स्थानीय तहको नीति-कार्यक्रम र बजेटमा सञ्चार क्षेत्र समेट्न पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण

नेपालगञ्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले आगामी आर्थिक वर्ष २०८३-०८४ को नीति, कार्यक्रम तथा बजेटमा सञ्चार क्षेत्रलाई प्राथमिकता दिन जिल्लाका सबै स्थानीय तहको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

शाखा कार्यालयमा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले स्थानीय तहहरूले सञ्चार नीति निर्माण तथा कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्ने निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेको हो । बैठकले हालसम्म सञ्चार नीति नबनाएका स्थानीय तहलाई आगामी आर्थिक वर्षभित्र नीति निर्माण गर्न तथा नीति बनाइसकेका स्थानीय तहलाई आवश्यक कानुनी व्यवस्था गरी प्रभावकारी कार्यान्वयन गर्न आग्रह गर्ने निर्णय समेत गरेको छ ।

बैठकले नेपाल पत्रकार महासंघ नवलपरासी पश्चिम शाखाका अध्यक्ष केशव पराजुलीको उपचार सहयोगार्थ आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि गरेको छ । गम्भीर प्रकृतिको रोगबाट पीडित पराजुलीको उपचारमा आर्थिक कठिनाइ उत्पन्न भएको भन्दै नवलपरासी पश्चिम शाखाले गरेको आग्रह अनुसार बाँके शाखाको तर्फबाट १० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरिएको महासंघ बाँकेका सचिव कृष्ण ओलीले बताए ।

त्यसैगरी, नेपाल पत्रकार महासंघले सरकारको गत चैत १८ गतेको सूचना तथा विज्ञापनसम्बन्धी निर्णयविरुद्ध थालेको दबाबमूलक आन्दोलन जारी रहेको सन्दर्भमा प्राप्त पछल्लो सर्कुलरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय पनि बैठकले गरेको छ । महासंघले उक्त सरकारी निर्णयलाई विभेदकारी र स्वेच्छाचारी भन्दै खारेजीको माग गर्दै आएको छ ।

साथै, प्रेसको संवैधानिक अधिकारको रक्षा, संसदबाट सर्वपक्षीय कार्यदल गठन गरी संविधान संशोधनको पहल तथा नागरिकको निर्वाध सूचना उपभोगको सुनिश्चितताका लागि केन्द्रले घोषणा गरेका थप दबाबमूलक आन्दोलनका कार्यक्रमलाई बाँके शाखाले पनि सक्रिय रूपमा कार्यान्वयन गर्ने जनाइएको छ ।

May be an image of text


प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १४:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा पुनःनिर्मित ऐतिहासिक सालिकहरूको अनावरण, संविधान पिता कोइरालाको सालिक पनि निर्माण
नेपालगञ्जमा पुनःनिर्मित ऐतिहासिक सालिकहरूको अनावरण, संविधान पिता कोइरालाको सालिक पनि निर्माण
नेपालगञ्जमा पुनर्निर्मित सालिकहरूको अनावरण शनिबार
नेपालगञ्जमा पुनर्निर्मित सालिकहरूको अनावरण शनिबार
मानव बेचबिखनको बदलिँदो स्वरूपबारे नेपालगञ्जमा अन्तरक्रिया
मानव बेचबिखनको बदलिँदो स्वरूपबारे नेपालगञ्जमा अन्तरक्रिया
सरकारले हटायो शिक्षा–स्वास्थ्यको ३% समता कर
सरकारले हटायो शिक्षा–स्वास्थ्यको ३% समता कर
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP