नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, जेठ २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बैजनाथमा सञ्चालित डिजिटल पत्रकारिता तालिम समापन
बैजनाथमा सञ्चालित डिजिटल पत्रकारिता तालिम समापन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, जेठ २७, २०८३ बागेश्वरी पोस्ट
बैजनाथमा सञ्चालित डिजिटल पत्रकारिता तालिम समापन

बैजनाथ (बाँके) । बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालित तीन दिने डिजिटल पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजना तथा बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा सोमबारदेखि सञ्चालन भएको तालिम बुधबार एक समारोहका बीच समापन गरिएको हो । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको प्रमुख आतिथ्यतामा आयोजित समापन कार्यक्रममा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाईले डिजिटल प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप परिवर्तन भइरहेको उल्लेख गर्दै पत्रकारहरूले तथ्यमा आधारित, जिम्मेवार र विश्वसनीय सामग्री उत्पादनमा ध्यान दिनुपर्ने बताए । उनले डिजिटल माध्यमको प्रभावकारी उपयोग गर्दै समाजमा सकारात्मक सूचना प्रवाह गर्न तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रमका अध्यक्ष तथा महासंघ बाँके शाखाका अध्यक्ष गिरीले पत्रकारितामा नयाँ प्रविधिको प्रयोग अपरिहार्य बन्दै गएको बताउँदै ग्रामीण क्षेत्रका युवाहरूलाई डिजिटल पत्रकारितासँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिए । उनले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै स्थानीय मुद्दा र जनचासोका विषयलाई प्रभावकारी रूपमा उठाउन सहभागीहरूलाई आग्रह गरे ।

सहभागीहरूले तालिमबाट डिजिटल समाचार लेखन, मोबाइल पत्रकारिता, सामाजिक सञ्जालको प्रभावकारी प्रयोग, फोटो तथा भिडियो सामग्री निर्माण लगायत विषयमा व्यवहारिक ज्ञान हासिल गरेको बताएका छन् । प्रशिक्षार्थीका तर्फबाट अविरल परियार र गिता महताराले तालिम उपलब्धिमूलक भएको बताए । 

नेपाल पत्रकार महासंघ बाँके शाखाका सचिव कृष्ण ओलीका अनुसार तालिममा पत्रकार शंकर प्रसाद खनाल र प्रियास्मृति ढकालले सहजीकरण गरेका थिए । तालिममा बैजनाथ गाउँपालिकाका आठ वटै वडाका युवायुवतीहरूको सहभागिता रहेको थियो । तालिमको उद्घाटन सोमबार गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले गरेका थिए ।


प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  २१:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैजनाथमा सञ्चालित डिजिटल पत्रकारिता तालिम समापन
बैजनाथमा सञ्चालित डिजिटल पत्रकारिता तालिम समापन
स्थानीय तहको नीति-कार्यक्रम र बजेटमा सञ्चार क्षेत्र समेट्न पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
स्थानीय तहको नीति-कार्यक्रम र बजेटमा सञ्चार क्षेत्र समेट्न पत्रकार महासंघ बाँकेको ध्यानाकर्षण
समर्थ कार्यक्रमको सिकाई विमर्श कार्यशाला नेपालगन्जमा
समर्थ कार्यक्रमको सिकाई विमर्श कार्यशाला नेपालगन्जमा
बाँकेमा 'हिट एक्सन डे' मनाइयो
बाँकेमा 'हिट एक्सन डे' मनाइयो
rapti 11 nairainapur 11 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP