नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार ३१, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ट्रकको ठक्करबाट बर्दियामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
ट्रकको ठक्करबाट बर्दियामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ ३१, २०८३ बागेश्वरी पोस्ट
ट्रकको ठक्करबाट बर्दियामा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु, जवान घाइते

बर्दिया । बर्दियामा ट्रककको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।  बाँसगढी नगरपालिका–५, मोतिपुरका ३५ बर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कँडेलको ट्रकको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

दुर्घटना लगत्तै उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याउँदा चिकित्सकले आज बिहान साढे ५ बजेतिर उनलाई मृत घोषणा गरेका थिए ।

बर्दिया प्रहरी प्रबक्ता डीएसपी रेशम बोहराका अनुसार दुर्घटनामा परी बाँसगढी नगरपालिका–८ ककौराका ३५ बर्षीय सशस्त्र प्रहरी जवान दीपककुमार जंग शाह घाइते छन् । उनको अवस्था मध्यम रहेको छ । जिल्लामा प्रारम्भिक उपचार पश्चात थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर बाँके रिफर गरिएको डीएसपी बोहराले बताए ।

मृतक कँडेल र घाइते शाह दुवै जना फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत थिए । घाइते ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५, समरी हेटौंडाका ४० बर्षीय निरन्जन दर्जीको जिल्ला अस्पताल बर्दिया गुलरियामा उपचार भइरहेको छ । उक्त दुर्घटनामा परी एउटा भैंसी पनि मरेको छ ।

गुलरिया नगरपालिका–११ लालपुरमा बिहान पैदल हिँडिरहेका सशस्त्र प्रहरी सहायक हवल्दार कँडेल, शाह र भैंसी समेतलाई तीब्र गतिको ट्रकले आज बिहान सवा ५ बजेतिर ठक्कर दिएको थियो । बिहानै अवैध रूपमा भारततर्फ लैजान लागिएका दु्ई वटा भैंसी र एउटा पाडोलाई सशस्त्र प्रहरी बलको टोलीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणपछि ती भैंसी र पाडोलाई भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा हुलाकी सडक खण्डको लालपुरमा नेपालगञ्जबाट गुलरियातर्फ आउँदै गरेको बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको  प्रहरीले जनाएको छ ।

ट्रकलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिएको र घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।


प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  ०९:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जन्मदिनमा केसीद्वारा मानव सेवा आश्रमलाई भोजन सेवाका लागि २५ हजार सहयोग
जन्मदिनमा केसीद्वारा मानव सेवा आश्रमलाई भोजन सेवाका लागि २५ हजार सहयोग
नेपालगञ्जमा संवेदनशील र प्रभावकारी रिपोटिङ्गका लागि पत्रकारको क्षमता अभिवृद्वि कार्यक्रम
नेपालगञ्जमा संवेदनशील र प्रभावकारी रिपोटिङ्गका लागि पत्रकारको क्षमता अभिवृद्वि कार्यक्रम
नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना
नेपालगञ्जमा दुई दशकपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP