नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार ५, २०८३ बागेश्वरी पोस्ट
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'

नेपालगञ्ज । नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास' गरिएको छ । विपद् पूर्व तयारी तथा प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम विपद् घटना अभ्यास (टेबल टप सिमुलेशन) कार्यक्रम आज नेपालगन्जमा सम्पन्न भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा सहरी विपद् तथा भूकम्पीय जोखिम पूर्व तयारी परियोजना (सुपर) को प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा विपद् विज्ञ डा. सिर्जन मल्ल र दामोदर अधिकारीले प्रशिक्षकको भूमिका निर्वाह गर्दै विपद्का समयमा समन्वय, निर्णय प्रक्रिया र प्रतिकार्य व्यवस्थापनका विषयमा सहजीकरण गरेका थिए । सशस्त्र प्रहरी बलका नायब उपरीक्षक पुरुषोत्तम भण्डारीले विपद् व्यवस्थापन कार्यविधि तथा व्यवहारिक पक्षका विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रमका क्रममा सहभागीहरूलाई तीन समूहमा विभाजन गरी भूकम्पसँग सम्बन्धित काल्पनिक घटनामा आधारित टेबल टप सिमुलेशन अभ्यास सञ्चालन गरिएको थियो । अभ्यासमार्फत विपद्को अवस्थामा विभिन्न निकायबीच हुने समन्वय, सूचना आदानप्रदान, स्रोत परिचालन तथा निर्णय प्रक्रियाको परीक्षण गरिएको थियो ।

आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र, स्थानीय विपद् व्यवस्थापन समिति तथा विषयगत समितिहरूबीचको समन्वय र कार्य सम्पादन क्षमताको मूल्याङ्कन तथा सुदृढीकरणका लागि उक्त अभ्यास गरिएको हो । कार्यक्रममा स्थानीय विपद् व्यवस्थापनसँग सम्बन्धित विभिन्न निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता अभ्यासले वास्तविक विपद्का बेला प्रभावकारी प्रतिकार्य तथा समन्वयमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

युरोपियन युनियनको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) सञ्चालनमा रहेको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ, युएन ओमन र एचआईको साझेदारी एवम् सिडिएम नेपालको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।


प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३  १७:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
लुम्बिनी प्रदेशमा ३७ अर्ब ३८ करोडको बजेट सार्वजनिक
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP