नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असार ११, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असार ११, २०८३ बागेश्वरी पोस्ट
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया

नेपालगन्ज । एक तथ्यांक अनुसार बादी समुदायका करिब ५ प्रतिशत महिला अझै यौन शोषणमा रहेको बताइएको छ । राष्ट्रिय बादी सञ्जालका अध्यक्ष केशव वादी (नेपाली) ले 'बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका लागि सरोकारवालाको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा अवधारणापत्र प्रस्तुत गर्दै पछिल्लो सर्वेक्षण अनुसार ३०० महिलामध्ये १४ जना अर्थात करिब ५ प्रतिशत बादी महिला यौन शोषणमा रहेको जानकारी दिए ।

उनले बादी समुदायमा शिक्षा, चेतना र सशक्तीकरणको अवस्था क्रमशः सुधार हुँदै गए पनि समाजको दृष्टिकोणमा अपेक्षित सकारात्मक परिवर्तन आउन नसकेको बताए । विभेद, पूर्वाग्रह र सामाजिक बहिष्करण अन्त्य गर्न राज्य, स्थानीय तह, नागरिक समाज तथा सञ्चार क्षेत्रको साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो । सामुदायिक सशक्तीकरण तथा रूपान्तरण (कमिट) नेपालद्वारा बिहीबार नेपालगन्जमा आयोजित कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले बादी समुदायको सम्मानपूर्ण जीवनयापन, शिक्षा, रोजगारी र सामाजिक सुरक्षाको सुनिश्चितताका लागि सबै तहका निकाय जिम्मेवार बन्नुपर्ने बताए ।

उनले मानव बेचविखन तथा यौन शोषण जस्ता सामाजिक अपराध नियन्त्रणका लागि समुदाय, स्थानीय सरकार र सरोकारवाला निकायबीच समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । साथै, समुदायका महिला तथा युवाको सशक्तीकरणमार्फत मात्रै दीर्घकालीन परिवर्तन सम्भव हुने उल्लेख गरे । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्ज कार्यालय प्रमुख द्वारिका अधिकारी, कोहलपुर नगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्का, वादा नम्बर १२ का वडा सदस्य पानसरा बाठा, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, गैरसरकारी संस्था महासंघ बाँकेका कार्यवाहक अध्यक्ष मन भण्डारी लगायतले बादी समुदायमाथि हुने विभेद, मानव बेचविखन तथा यौन शोषण अन्त्यका लागि सबै पक्ष संवेदनशील र उत्तरदायी बन्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

कमिट नेपालका महासचिव प्रकाश नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका रामु चिडिमार, जीवन गिरी, मोहनलाल सोनखर, रेखा नेपाली, निर्मला नेपाली लगायतले छलफलमा सहभागिता जनाएका थिए । कमिटका सचिव प्रकाश नेपालीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन कमिटका कार्यक्रम संयोजक सुरज खड्काले गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, असार ११, २०८३  २१:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP