नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार १२, २०८३ बागेश्वरी पोस्ट
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी

नेपालगञ्ज । ३९औँ लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपालगञ्जमा सचेतनामूलक प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँके तथा नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना एवम् लागुऔषधविरुद्ध क्रियाशील विभिन्न संघसंस्थाको समन्वय र सहकार्यमा शुक्रबार बिहान प्रभातफेरी आयोजना गरिएको हो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत जयसपुरदेखि जमुनाहा नाकासम्म सचेतनामूलक प्रभातफेरी गरिएको थियो ।

प्रभातफेरीपछि जमुनाहा नाकामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङको अध्यक्षता तथा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले लागुऔषधको समस्या अहिले घरघरको दशा बनेको उल्लेख गर्दै यो समस्या कुनै एक व्यक्ति वा परिवारको मात्र नभई सम्पूर्ण समाजको साझा चुनौती भएको उल्लेख गरे । यसको नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय, अभिभावक, विद्यालय तथा नागरिक समाजबीच प्रभावकारी सहकार्य आवश्यक रहेको विष्टको भनाइ छ । उनले युवालाई सकारात्मक सोच, सीप र रोजगारीसँग जोड्न सके लागुऔषधको जोखिम न्यूनीकरण गर्न सकिने बताए । 

May be an image of ‎one or more people and ‎text that says '‎TM የማዓታት 착시발의 የሚባ adn sreyn श्वविद्यालय सस्थान अघ्ययन मरामर ទ عمء ३९ आ लागू औषध दुरुपयोग विरुद्को अन्तराष्ट्रिय दिवस-२०२६ दिवस-

प्रमुख जिल्ला अधिकारी तामाङले लागुऔषध नियन्त्रणमा कानुनी कारबाहीसँगै जनचेतना अभिवृद्धि अपरिहार्य रहेको बताए । सीमावर्ती क्षेत्र भएकाले बाँकेमा लागुऔषध ओसारपसारको चुनौती उच्च रहेको उल्लेख गर्दै उनले सम्बन्धित सबै निकायबीच समन्वय र सूचनाको आदानप्रदानलाई थप प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गरे । उनले युवालाई लागुऔषधबाट टाढा राख्न परिवार, विद्यालय र समुदायको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे । लागुऔषधको आपूर्ति सञ्जाल तोड्न प्रशासन निर्ममतापूर्वक प्रस्तुत भइरहेको उनको भनाई छ । उनले बाँकेमा लागुऔषधको प्रयोग र कारोबारको ग्राफ उच्च रहेको उल्लेख गरे । 

लागुऔषधविरुद्धका अभियन्ता अभिराज क्षेत्रीले समाज लागुऔषधको दलदलमा फस्दै गएको उल्लेख गर्दै यो दुष्चक्रबाट निस्किन साझा संकल्प आवश्यक रहेकोमा जोड दिए । नयाँ नयाँ नाम र तरिकाले लागुऔषधको प्रयोग बढेको उनको भनाई छ । कार्यक्रम सञ्चालन लागूऔषध विरुद्धकी अभियन्ता इन्दिरा जिसी रावलले गरेकी थिइन् । कार्यक्रममा जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 

May be an image of text

हरेक वर्ष जुन २६ मा मनाइने लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा यस वर्ष पनि बाँकेमा सप्ताहव्यापी रूपमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिएका छन् ।

May be an image of one or more people, crowd and textMay be an image of one or more people and text


प्रकाशित मिति: शुक्रबार, असार १२, २०८३  १४:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP