नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • महिला साहित्यकारप्रति प्राज्ञिक संस्थाको भूमिकाबारे गम्भीर विमर्श
महिला साहित्यकारप्रति प्राज्ञिक संस्थाको भूमिकाबारे गम्भीर विमर्श
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन १९, २०८३ बागेश्वरी पोस्ट
महिला साहित्यकारप्रति प्राज्ञिक संस्थाको भूमिकाबारे गम्भीर विमर्श

नेपालगञ्ज । महिला साहित्यकारले साहित्य सिर्जनामा उल्लेखनीय योगदान पुर्‍याए पनि साहित्यिक तथा प्राज्ञिक संस्थाबाट अझै समान अवसर र सम्मान प्राप्त गर्न नसकेको विषयमा नेपालगञ्जमा गम्भीर विमर्श गरिएको छ । 

नेपालगञ्जस्थित महेन्द्र पुस्तकालयको सामाजिक सरोकार उपसमितिले आयोजना गरेको ‘साहित्यमा महिला हस्ताक्षरः विश्व र नेपाल’ विषयक विमर्श कार्यक्रममा साहित्यकार शिवानी सिंह थारु र निभा शाहबीच महिला साहित्यकारको वर्तमान अवस्था, संस्थागत विभेद र सशक्तीकरणका उपायबारे विस्तृत छलफल भएको हो ।

कार्यक्रममा दुवै वक्ताले साहित्यिक तथा प्राज्ञिक संस्थाहरूले महिला लेखिकाप्रति अझै विभेदपूर्ण व्यवहार गरिरहेको धारणा व्यक्त गरे। उनीहरूले साहित्यिक पुरस्कार वितरणदेखि विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमसम्म महिला स्रष्टाको उपस्थिति न्यून रहेको उल्लेख गर्दै यसमा सुधार आवश्यक रहेको बताए ।

साहित्यकार शाहले विश्वविद्यालयका पाठ्यक्रममा महिला लेखिकाका कृतिको प्रतिनिधित्व अत्यन्त न्यून रहेको बताइन्। “विश्वविद्यालयका पाठ्यक्रममा कति महिला लेखिकाका रचना समावेश छन् भन्ने तथ्यांक माग्दा पनि स्पष्ट जानकारी पाइँदैन । अध्ययन गर्दा पनि महिला लेखिकाका कृतिहरू पर्याप्त रूपमा भेटिँदैनन्,” उनले भनिन् ।

साहित्यकार थारुले साहित्यिक पुरस्कार वितरण प्रक्रियामा पारदर्शिताको अभाव रहेको भन्दै छनोट समितिको नाम सार्वजनिक नगर्दा पुरस्कार प्रक्रियामाथि प्रश्न उठ्ने गरेको बताइन् । “जबसम्म पुरस्कार छनोट समितिका सदस्यहरूको नाम पुरस्कार वितरणपछि पनि सार्वजनिक हुँदैन, तबसम्म निश्चित विचारधारा वा सीमित समूहको प्रभाव रहेको आशंका रहिरहन्छ । प्रायः पुरस्कृत हुने कृतिहरूको विषयवस्तु पनि उस्तै देखिनुले त्यो आशंकालाई थप बल पुग्छ,” उनले भनिन् ।

शाहले राज्यको शक्ति संरचना र सत्ता सम्बन्धले कुन प्रकारका साहित्यिक कृतिले प्राथमिकता पाउँछन् भन्ने निर्धारण गर्ने बताउँदै आलोचनात्मक चेत र उच्च गुणस्तर भएका कृतिहरूले समेत अपेक्षित सम्मान नपाइरहेको उल्लेख गरिन् । उनले केवल महिलाहरू नेतृत्वदायी पदमा पुग्नु मात्र पर्याप्त नभई निर्णय प्रक्रियाका सबै तहमा उनीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित हुनुपर्ने धारणा राखिन् ।

दुवै साहित्यकारले महिला लेखिकाको आर्थिक स्वायत्तता, पारिवारिक सहयोग तथा संस्थागत प्रवर्द्धनले मात्रै महिला स्रष्टाको सिर्जनशीलता र साहित्यिक स्तर अझ उकास्न सकिनेमा जोड दिए । उनीहरूले नेपाली महिला लेखकका कृतिहरू अन्तर्राष्ट्रिय तथा क्षेत्रीय साहित्यसँग प्रतिस्पर्धा गर्न सक्ने स्तरका रहेको उल्लेख गर्दै ती कृतिको विभिन्न भाषामा अनुवाद र अन्तर्राष्ट्रिय प्रवर्द्धन आवश्यक रहेको बताए ।

साहित्यकार किरण आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले महिला साहित्यकारका विविध सवालमा जिज्ञासा राखेका थिए भने वक्ताद्वयसँग अन्तरक्रिया समेत भएको थियो ।


प्रकाशित मिति: मंगलबार, साउन १९, २०८३  २१:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला साहित्यकारप्रति प्राज्ञिक संस्थाको भूमिकाबारे गम्भीर विमर्श
महिला साहित्यकारप्रति प्राज्ञिक संस्थाको भूमिकाबारे गम्भीर विमर्श
सिद्ध कुमाखी मन्दिर निर्माणका लागि सल्यानी समाज बाँकेद्वारा सहयोगको अपिल
सिद्ध कुमाखी मन्दिर निर्माणका लागि सल्यानी समाज बाँकेद्वारा सहयोगको अपिल
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP