नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ ७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रेस युनियन बाँकेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित
प्रेस युनियन बाँकेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ ७, २०८३ बागेश्वरी पोस्ट
प्रेस युनियन बाँकेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित

नेपालगन्ज । नेपाल प्रेस युनियन बाँके शाखाले स्थापना गरेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच जना पत्रकार सम्मानित तथा पुरस्कृत भएका छन् । शाखाको १३औं जिल्ला अधिवेशन तथा साधारणसभामा पाँच जना पत्रकारलाई शनिबार सम्मानित तथा पुरस्कृत गरिएको हो ।

युनियनले प्रदान गर्दै आएको ‘सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष समीरजंग शाह, ‘पन्नालाल गुप्ता राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरही सम्मानित भएका छन् ।

त्यसैगरी, ‘जगन्नाथ गौडेल स्मृति पत्रकारिता पुरस्कार’ बाट नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव एवं नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, ‘प्रेस युनियन क्रियाशील पत्रकारिता पुरस्कार’ बाट दलित पत्रकार संघ लुम्बिनी प्रदेशका अध्यक्ष टेकेन्द्र बस्याल तथा ‘प्रेस युनियन उदीयमान पत्रकारिता पुरस्कार’ बाट नेपाल टेलिभिजन कोहलपुरमा कार्यरत पत्रकार लीला चौधरी पुरस्कृत भएका छन् ।

युनियनले पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदान, सक्रियता, खोज तथा जनउत्तरदायी पत्रकारिताको मूल्यांकन गर्दै उनीहरूलाई विभिन्न पुरस्कारबाट सम्मान गरेको हो । यसै अवसरमा शतक रक्तदाता पवन जायसवाललाई समेत विशेष सम्मान गरिएको छ ।

शाखा अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्र नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल र प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।

त्यस अवसरमा सभापति गौडेल, वरिष्ठ उपाध्यक्ष केसी, सम्मानित व्यक्तित्वद्वय विरही र शाह, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवम् अधिवेशन प्रतिनिधि मुक्तिबाबु रेग्मी, प्रेस युनियन लुम्बिनी प्रदेश महासचिव गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय कोषाध्यक्ष तुला अधिकारी, युनियन बाँकेका निवर्तमान अध्यक्ष अर्जुन ओली, पूर्व अध्यक्ष जयनारायण शाह, समाजवादी प्रेस संगठनका अध्यक्ष लोकनाथ शर्मा, क्रियाशील पत्रकार महिला बाँकेकी अध्यक्ष सावित्री गिरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

 


प्रकाशित मिति: आइतबार, भदौ ७, २०८३  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस युनियन बाँकेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित
प्रेस युनियन बाँकेका विभिन्न पत्रकारिता पुरस्कारबाट पाँच पत्रकार सम्मानित
प्रेस युनियन बाँकेमा खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
प्रेस युनियन बाँकेमा खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन
पशु सेवा तालिम केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक
पशु सेवा तालिम केन्द्रको वार्षिक कार्यक्रम सार्वजनिक
बाँके राष्ट्रिय निकुञ्ज खण्डमा यात्रा समय ७ मिनेट घटाइयो
बाँके राष्ट्रिय निकुञ्ज खण्डमा यात्रा समय ७ मिनेट घटाइयो
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP