नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • अस्टिम्की चित्रकलाको मौलिकतामा विचलन, मौलिकता जोगाउँदै 'ब्रान्डिङ' गर्न आवश्यक !
अस्टिम्की चित्रकलाको मौलिकतामा विचलन, मौलिकता जोगाउँदै 'ब्रान्डिङ' गर्न आवश्यक !
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, भदौ १५, २०८३ बागेश्वरी पोस्ट
अस्टिम्की चित्रकलाको मौलिकतामा विचलन, मौलिकता जोगाउँदै 'ब्रान्डिङ' गर्न आवश्यक !

नेपालगञ्ज । थारु समुदायको मौलिक लोककला, संस्कृति र पहिचानसँग जोडिएको अस्टिम्की चित्रकलाको संरक्षण, संवर्द्धन र ब्रान्डिङ गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । नेपालगञ्जमा सोमबार आयोजित पत्रकार सम्मेलनमा थारु अनुसन्धाता तथा साहित्यकार शेखर दहितले अस्टिम्की चित्रकलाको मौलिकता र महत्वमाथि चर्चा गर्दै पछिल्लो समय यसको स्वरूप र चित्रणमा विचलन आउन थालेको बताएका छन् ।

थारु समुदायको मौलिक कला र सांस्कृतिक पहिचान बोकेको अस्टिम्की चित्रकलालाई आधुनिकताका नाममा परिवर्तन गर्ने क्रम बढेको भन्दै दहितले यसप्रति नयाँ पुस्ता र सम्बन्धित समुदाय सचेत हुनुपर्ने बताए । उनका अनुसार अस्टिम्की चित्रमा परम्परादेखि समेटिँदै आएका सांस्कृतिक, धार्मिक तथा सामाजिक प्रतीकहरूको आफ्नै अर्थ र महत्व छ । ती प्रतीक र संरचनालाई बेवास्ता गर्दै नयाँ शैलीमा चित्रण गर्दा अस्टिम्कीको मौलिक पहिचान नै कमजोर बन्न सक्ने खतरा रहेको उनले औंल्याए ।

दहितले अस्टिम्की चित्रकलालाई थारु समुदायको विशिष्ट सांस्कृतिक सम्पदाका रूपमा स्थापित गर्न ब्रान्डिङ गर्न आवश्यक रहेको बताए । उनका अनुसार अस्टिम्कीलाई केवल पर्वका अवसरमा बनाइने चित्रका रूपमा सीमित नराखी थारु कला र पहिचानको प्रतिनिधित्व गर्ने मौलिक सांस्कृतिक सम्पदाका रूपमा विकास गर्नुपर्छ ।

पछिल्लो समय अस्टिम्की चित्रमा हुबहु थ्रिडी चित्र राख्ने प्रवृत्ति बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरे । आधुनिक प्रविधि र नयाँ शैलीले परम्परागत चित्रको मौलिक स्वरूप हराउन नहुने उनको भनाइ थियो ।

उनले अस्टिम्कीमा अनावश्यक चित्र तथा आकृति थपिने र परम्परागत रूपमा राखिनुपर्ने महत्वपूर्ण चित्र छुट्ने क्रम समेत देखिएको बताए । यसले अस्टिम्कीको मौलिक संरचना र सांस्कृतिक अर्थमा विचलन ल्याउने भएकाले चित्र बनाउने पुस्ताले यसको परम्परागत ज्ञान बुझ्न आवश्यक रहेको उनको भनाइ थियो ।

अस्टिम्की चित्र बनाउने परम्परा पुस्तान्तरण हुँदै आएको भए पनि नयाँ पुस्तामा यसको सांस्कृतिक पक्ष र चित्रका प्रतीकबारे पर्याप्त जानकारी नरहेको दहितले बताए । ‘अस्टिम्की लेख्ने’ नयाँ पुस्ता नै यसको मौलिकता र संरचनाबारे सचेत हुनुपर्नेमा उनले जोड दिए।

अस्टिम्कीमा समेटिएका हरेक आकृति, रेखा र प्रतीकको सांस्कृतिक अर्थ हुने भएकाले त्यसलाई जथाभावी परिवर्तन गर्न नहुने उनको धारणा थियो । मौलिक चित्रकलाको अध्ययन, अभिलेखीकरण र प्रशिक्षणमार्फत नयाँ पुस्तालाई यसको ज्ञान हस्तान्तरण गर्नुपर्ने उनले बताए ।

थारु समुदायको मौलिक पर्वका रूपमा रहेको अस्टिम्कीमाथि पछिल्लो समय कृष्ण जन्माष्टमीको प्रभाव बढ्दै गएको विषयमा समेत दहितले चिन्ता व्यक्त गरे । कृष्ण जन्माष्टमीसँग जोडिएका धार्मिक तथा सांस्कृतिक अभ्यासहरू विस्तार हुँदै जाँदा थारु समुदायको आफ्नै मौलिक पर्व र परम्परा ओझेलमा पर्न थालेको उनले बताए ।

उनले थारु समुदायले आफ्नो मौलिक पर्व, कला र संस्कृतिको संरक्षण आफैंबाट सुरु गर्नुपर्ने धारणा राखे । मौलिक पर्वको महत्व नयाँ पुस्तालाई बुझाउन सके मात्र पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको सांस्कृतिक सम्पदा भविष्यसम्म सुरक्षित रहने उनको भनाइ थियो ।

थारु समुदायले आफ्नो मौलिक पर्वका रूपमा मनाउँदै आएको अस्टिम्की दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा धूमधामका साथ मनाइन्छ । पर्वका अवसरमा थारु समुदायमा विशेष सांस्कृतिक गतिविधिसँगै अस्टिम्की चित्र बनाउने परम्परा रहँदै आएको छ ।

अस्टिम्की चित्रमा थारु समुदायको धार्मिक विश्वास, सामाजिक जीवन, प्रकृति, जीवजन्तु तथा सांस्कृतिक अभ्याससँग सम्बन्धित विभिन्न आकृति र प्रतीकहरू समेटिन्छन् । त्यसैले यो चित्रकला केवल सजावटको माध्यम नभई थारु समुदायको इतिहास, विश्वास, जीवनशैली र सामूहिक पहिचानको दृश्य अभिलेख समेत भएको बताइन्छ ।

कार्यक्रममा जंग्रार साहित्यिक बखेरी नेपालका केन्द्रीय अध्यक्ष सोम डेमनडौराले थारु भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणका लागि यस्ता सांस्कृतिक सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । थारु समुदायका मौलिक कला र परम्पराको दस्तावेजीकरण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउन साहित्यिक तथा सांस्कृतिक संस्थाहरूले निरन्तर भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

अस्टिम्कीको मौलिकता जोगाउन कलाकार, समुदाय, साहित्यकार, अनुसन्धाता र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो । थारु समुदायको पहिचान र अस्तित्वसँग जोडिएको अस्टिम्की चित्रकलालाई व्यवस्थित रूपमा संरक्षण, अभिलेखीकरण र ब्रान्डिङ गर्न सके यसले थारु कला–संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  १८:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अस्टिम्की चित्रकलाको मौलिकतामा विचलन, मौलिकता जोगाउँदै 'ब्रान्डिङ' गर्न आवश्यक !
अस्टिम्की चित्रकलाको मौलिकतामा विचलन, मौलिकता जोगाउँदै 'ब्रान्डिङ' गर्न आवश्यक !
महिला साहित्यकारप्रति प्राज्ञिक संस्थाको भूमिकाबारे गम्भीर विमर्श
महिला साहित्यकारप्रति प्राज्ञिक संस्थाको भूमिकाबारे गम्भीर विमर्श
सिद्ध कुमाखी मन्दिर निर्माणका लागि सल्यानी समाज बाँकेद्वारा सहयोगको अपिल
सिद्ध कुमाखी मन्दिर निर्माणका लागि सल्यानी समाज बाँकेद्वारा सहयोगको अपिल
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP