Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • आज 'कृष्णजन्माष्टमी’ पर्व
आज 'कृष्णजन्माष्टमी’ पर्व
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ १९, २०८३ बागेश्वरी पोस्ट
आज 'कृष्णजन्माष्टमी’ पर्व

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीहरूले ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको पूजाआराधना गरी आज देशभर ‘श्रीकृष्णजन्माष्टमी’ पर्व श्रद्धा र भक्तिपूर्वक मनाउँदै छन् ।

द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको हुँदा आजको दिनलाई श्रीकृष्णजन्माष्टमी र आजको रातलाई ‘मोहरात्रि’ का रूपमा मनाउने गरिन्छ। यस अवसरमा आज देशभरिका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन र भजनकीर्तन भइरहेको छ भने विशेषगरी महिला तथा पुरुषहरू व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन रहेको छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानव समुदायको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा धर्तीमा अवतरित भएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि प्रेरणा दिएका थिए । कुरुक्षेत्रमा कौरवहरूसँगको युद्धका क्रममा पाण्डव अर्जुनलाई दिइएको उपदेश समेटिएको ‘श्रीमद्भागवतगीता’ लाई हिन्दु धर्ममा एक पवित्र ग्रन्थका रूपमा लिइन्छ । छोटकरीमा गीता भनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषाहरूमा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विविध लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ । आजको यस पवित्र दिनमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहराको नवतनधामलगायत देशभरका विभिन्न साना तथा ठूला कृष्ण मन्दिरहरूमा भक्तजनहरूको भारी घुइँचो लागेको छ ।

साथै, यसै उपलक्ष्यमा राजधानीलगायत देशका विभिन्न स्थानमा धार्मिक संघसंस्थाहरूद्वारा श्रीकृष्णको झाँकीसहित भव्य शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन पनि रहेको छ । श्रीकृष्णजन्माष्टमी पर्वका अवसरमा नेपाल सरकारले आज एक दिन सार्वजनिक बिदा दिएको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  ०८:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज 'कृष्णजन्माष्टमी’ पर्व
आज 'कृष्णजन्माष्टमी’ पर्व
अस्टिम्की चित्रकलाको मौलिकतामा विचलन, मौलिकता जोगाउँदै 'ब्रान्डिङ' गर्न आवश्यक !
अस्टिम्की चित्रकलाको मौलिकतामा विचलन, मौलिकता जोगाउँदै 'ब्रान्डिङ' गर्न आवश्यक !
महिला साहित्यकारप्रति प्राज्ञिक संस्थाको भूमिकाबारे गम्भीर विमर्श
महिला साहित्यकारप्रति प्राज्ञिक संस्थाको भूमिकाबारे गम्भीर विमर्श
सिद्ध कुमाखी मन्दिर निर्माणका लागि सल्यानी समाज बाँकेद्वारा सहयोगको अपिल
सिद्ध कुमाखी मन्दिर निर्माणका लागि सल्यानी समाज बाँकेद्वारा सहयोगको अपिल
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP