Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज ६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • ‘दहाड’ का लागि नवीन अभिलाषीलाई ‘सनत रचना कथा सम्मान-२०८२’
‘दहाड’ का लागि नवीन अभिलाषीलाई ‘सनत रचना कथा सम्मान-२०८२’
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज ६, २०८३ बागेश्वरी पोस्ट
‘दहाड’ का लागि नवीन अभिलाषीलाई ‘सनत रचना कथा सम्मान-२०८२’

नेपालगन्ज । कविता हुँदै कथा लेखनमार्फत नेपाली साहित्यमा हस्तक्षेपकारी उपस्थिति बनाएका कथाकार नवीन अभिलाषी ‘सनत रचना कथा सम्मान २०८२’ बाट सम्मानित भएका छन् । मध्यपश्चिम स्रष्टा समाजले २०८२ सालमा प्रकाशित उनको कथा संग्रह ‘दहाड’ का लागि अभिलाषीलाई उक्त सम्मान प्रदान गरेको हो ।

नेपालगन्जमा आयोजित समारोहमा वरिष्ठ सहित्यकार तथा सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ र सम्मानका संस्थापक तथा वरिष्ठ कथाकार सनत रेग्मीले अभिलाषीलाई नगद ११ हजार १११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरे ।

गत वर्ष प्रकाशित तथा आह्वान बमोजिम प्राप्त कथा संग्रहहरूमध्ये वरिष्ठ साहित्यकार तथा सम्पादक गोपाल अश्कको संयोजकत्वमा गठित तीन सदस्यीय छनोट समितिले ‘दहाड’लाई उत्कृष्ट कृतिका रूपमा छनोट गरेपछि अभिलाषीलाई सम्मान गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।

मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बीपी अस्तुका अनुसार ‘दहाड’मार्फत अभिलाषीले नेपाली समाजको इतिहास र वर्तमानका कटु यथार्थ, बहुआयामिक असमानताबाट सिर्जित विडम्बना तथा सामाजिक संरचनाको पिँधमा रहेका समुदायका अलिखित संघर्षलाई कथामार्फत अभिव्यक्त गरेका छन् । यही योगदानका लागि उनलाई सम्मान गरिएको उनले बताए ।

कथा संग्रह ‘दहाड’माथि समीक्षकीय टिप्पणी राख्दै समीक्षक भागवत पौडेलले संग्रहका कथामा न्यायको मुद्दा केन्द्रमा रहेको र न्याय कसले दिने भन्ने प्रश्न उठाइएको बताए । विभिन्न तहका विभेद र असमानताबाट अन्यायमा परेका मानिसका कथामार्फत कथाकारले समाजसामु महत्वपूर्ण प्रश्नहरू छाडेको उनको भनाइ थियो । ती प्रश्नहरू जीवित रहुञ्जेल ‘दहाड’ सान्दर्भिक रहिरहने उनले बताए ।

सम्मान ग्रहणपछि कथाकार अभिलाषीले समाजमा विभेदका अनेक तह रहेको अनुभूति भएपछि आफू साहित्य अध्ययन र लेखनतर्फ आकर्षित भएको बताए । ‘दहाड’मा आफ्नै समुदायको इतिहासलाई भुइँतहबाट हेर्ने प्रयास गरिएको उनले उल्लेख गरे ।

‘सनत रचना कथा सम्मान’ वरिष्ठ कथाकार रेग्मीले आफू र आफ्नी जीवनसंगिनी रचना रेग्मीको नाममा स्थापना गरेका हुन् । सम्मान हस्तान्तरणको व्यवस्थापन भने मध्यपश्चिम स्रष्टा समाजले गर्दै आएको छ ।

यस सम्मान अन्तर्गत पहिलो वर्ष २०७९ मा कथा संग्रह ‘अँध्यारो बस्तीकी नायिका’ का लागि कथाकार दिला शाह, २०८० सालमा ‘कालो गुलाब’ का लागि कथाकार गोपाल अश्क र २०८१ सालमा ‘बहुरूपी’ का लागि कथाकार श्रेयज सुवेदी सम्मानित भइसकेका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य समेत रहेका अभिलाषी कविता विधामा पनि परिचित स्रष्टा हुन् ।

यसैबीच, सोही समारोहमा कथाकार सनत रेग्मीको ८०औँ जन्मदिवस मनाइनुका साथै उनका दुई कृति विमोचन गरिएका थिए । रेग्मीका निबन्धहरूको संग्रह ‘टुक्रा टुक्रा जिन्दगी’ तथा उहाँको साहित्यिक व्यक्तित्वमाथि विभिन्न व्यक्तिले लेखेका लेखहरूको संग्रह ‘सनत रेग्मी शब्दाभिनन्दन’ विमोचन गरिएको हो ।

विमोचित कृति ‘टुक्रा टुक्रा जिन्दगी’बारे डा. हरि तिमिल्सेनाले तथा ‘सनत रेग्मी शब्दाभिनन्दन’बारे साहित्यकार ऋचा लुइँटेलले परिचयात्मक टिप्पणी राखेका थिए ।

मध्यपश्चिम स्रष्टा समाजका अध्यक्ष बीपी अस्तुको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’, कथाकार नवीन अभिलाषी, उपन्यास समाजका अध्यक्ष शंकर भारती, नेपाली भाषाविद् प्रा.डा. कृष्णप्रसाद घिमिरे, भारतको महाराष्ट्रबाट आएका साहित्यकार मनिषा खटाटे र प्रदीप सारंग, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य किरण आचार्य, लेखक नरेन्द्रजंग पिटर लगायत एक सय भन्दा बढी साहित्यप्रेमीको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १९:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘दहाड’ का लागि नवीन अभिलाषीलाई ‘सनत रचना कथा सम्मान-२०८२’
‘दहाड’ का लागि नवीन अभिलाषीलाई ‘सनत रचना कथा सम्मान-२०८२’
निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को नेपालगन्जमा गृह विमोचन
निर्मल थापाको कविता संग्रह ‘जेन्जी काल’ को नेपालगन्जमा गृह विमोचन
यसपालि नेपालगन्जमा रामलीला हुँदै
यसपालि नेपालगन्जमा रामलीला हुँदै
आज 'कृष्णजन्माष्टमी’ पर्व
आज 'कृष्णजन्माष्टमी’ पर्व
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP