prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सन्दिप शाहको थप ७ दिनको म्याद थप,तरुण दलद्वारा कोहलपुरमा बिरोध प्रदर्शन
सन्दिप शाहको थप ७ दिनको म्याद थप,तरुण दलद्वारा कोहलपुरमा बिरोध प्रदर्शन
RSG-2
अनुसन्धान हुँदैछ: डिएसपी शाही
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १६, २०७६ बागेश्वरी पोस्ट
सन्दिप शाहको थप ७ दिनको म्याद थप,तरुण दलद्वारा कोहलपुरमा बिरोध प्रदर्शन
दायाँ : सन्दिप शाह, बायाँँ डिएसपी हेम शाही

नेपालगन्ज । पेस्तोलसहित पक्राउ परिएका नेपालगन्ज तरुण दल नगर सभापति सन्दिप जङ्ग शाह लगायत पक्राउ परेका अन्य ५ जनाको पक्राउको बिरोधमा आज कोहलपुरमा बिरोध प्रदर्शन गरिएको छ।

कोहलपुरमा तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहको नेतृत्वमा पक्राउको बिरोधमा प्रदर्शन गर्दै कोण सभामा परिणत भएको थियो। कोण सभामा बोल्दै शाहले सन्दिप शाह निर्दोश भएकाले तत्काल रिहा गर्न बताउनु भएको छ। यदि रिहाई नगरिए कडा आन्दोलन गरिने उहाँले बताउनु भयो।

यता प्रहरीले पक्राउ परेका सभापति सन्दिपजंग शाह बिरूद्ध सात दिनको म्याद तोकि अनुसन्धान अघि बढाएको छ । नेपालगन्जको नमस्ते रिर्सोटबाट गएको बिहीबार अमेरिकन पेस्तोलसहित पक्राउ परेका नगर सभापति शाही बिरूद्ध कोहलपुर प्रहरीले हातहतियार तथा खरखजाना ऐनअनुसार अदालतमा मुद्दा दायर गरिसकेको कोहलपुरका डिएसपी हेमबहादुर शाहीले बताए ।

उनकाअनुसार सात दिन म्याद थप गरेर शनिबारदेखि सभापति शाहसँग अनुसन्धान भइरहेको छ । उनले हतियार बरामद पनि रितपूर्वक गरिएको बताए । ‘हतियार आफ्नो होईन भन्नेमा त्यति धेरै विश्वास हो भने त्यसको पनि परीक्षण गरौंला’, उनले शनिबार भने, ‘गाडीबाट हतियार बरामद भएका बेलाका फोटो, भिडियो जस्ता प्रमाण पनि प्रहरीसँग सुरक्षित छन्।’ आपराधिक मानसिकता बोकेका नगर सभापति पक्राउ परेपछि अहिले बजारमा फैलाइएको हल्ला र अडिओ तथा भिडिओ निराधार भएको र आफूले नाजायज किसिमले कुनै डिल नगरेको दाबी गरेका छन्।

तरूण दलका कोषाध्यक्ष भनिने केशर खड्काले नगर सभापति पक्राउ पछि आफना बिरूद्ध गरेको प्रचारबाजी निराधार भएको डिएसपी शाही बताउँछन् । उनका अनुसार खड्कापनि कोहलपुर क्षेत्रमा विगत लामो समयदेखि आपराधिक गतिविधीमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट पुष्टि भएकोले उसमाथि पनि प्रहरीले निगरानी बढाएको छ । आफूमाथिका आरोप निराधार भएको भन्दै उनले भने, ‘भोलि ल्याब टेस्ट होला । अन्य कुरा होला । म हो÷होइन, सनाखत होला । मेरो बारेमा चरित्र हत्या गर्ने किसिमले आएको छ भने साइबर क्राइम अन्तर्गत मुद्दा दर्ता पनि होला।’ बाँकेको कोहलपुर प्रहरीले पछिल्लो समय आपराधिक गतिविधी न्यूनिकरणका लागि सक्रियता बढाएको छ ।

कोहलपुरमा रहेको इलाका प्री कार्यालयमा हेमबहादुर शाही डिएसपीका रूपमा आएपछि यस क्षेत्रको शान्ति सुरक्षा मजबुद हुनुका साथै आपराधिक गतिविधीमा कमी आएको छ । आपराधिक गतिविधीमा सक्रिय भएका कोहलपुर क्षेत्रका मात्रै नभई नेपालगन्ज र आसपासका केही आपराधिक व्यक्ति लाई पक्राउ गर्दै कारवाहीका लागि कोहलपुर प्रहरीले खोरमा कोचेको छ । कतिपयका नाममा अदालतमा मुद्दा समेत दर्ता भइसकेको कोहलपुर प्रहरी प्रमुख डिएसपी शाही बताउँछन् ।

चालु आर्थिक वर्षको अहिलेसम्म कोहलपुर प्रहरीले कोहलपुर क्षेत्रबाट लाखौं मूल्य बरामदको लागु औषध ब्राउन सुगरसहित दर्जनबढी सेवनकर्ताहरूलाई पक्राउ गरेको छ । सामान्यदेखि ठूला चोरीका घटनामा संलग्न व्यक्तिहरू पनि पक्राउ परेका छन् । यस क्षेत्रमा अहिले जुवातास तथा अबैद्य कारोकारमा कमी आएको डिएसपी शाही बताउँछन् । यसक्षेत्रमा यसअघि बलात्कारका घटना बढेको देखिएपनि डिएसपी शाही कोहलपुर आएदेखि यस्ता घटनामा रोकिएको र कथमकदाचिद् कतै यस्ता घटना भए तत्कालै दोषीमाथि कानूनी कारवाही अघि बढाउने गरिएको छ ।

कोहलपुर प्रहरीमा अउाने कतिपय घटना तथा उजुरी प्रहरीले नै मिलाएर पठाउने गरेको छ । यद्यपी प्रहरीमा मिल्न असम्भव भएका अउजुरी प्रहरीले अदालतमा पठाई दोषीमाथि कारवाही र निर्दोषलाई न्याय प्रदानको अभियानमा सहयोग पु¥याएको कोहलपुरका डिएसपी शाही बताउँछन् । राजनीतिक आडमा तरूण दलका सभापति र उनका केही आसेपासेले कोहलपुर क्षेत्रलाई आफनो कब्जामा लिन खोजेको भन्दै डिएसपी शाहीले यस्ता गतिविधी नियन्त्रणका लागि सक्रियता बढाएको बताएका छन् ।

यद्यपी ईलाका प्रहरी कार्यालय, कोहलपुरका डिएसपी शाही विवादमा तानिएका छन् । तरूण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई खसी मागेको अडियो सार्वजनिक भएपछि डीएसपी शाही आफैं छानबिनको दायरामा तानिएका हुन् । प्रहरी प्रधान कार्यालय, नक्सालका एक उच्च अधिकृतका अनुसार शाहीमाथि पनि अनुसन्धान थालिएको छ ।सेतोखरीडटकमबाट साभार।


प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  २०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP