नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, साउन २७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरको शैक्षिक सुधारका लागि सम्वाद
नरैनापुरको शैक्षिक सुधारका लागि सम्वाद
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, कात्तिक १८, २०७६ बागेश्वरी पोस्ट
नरैनापुरको शैक्षिक सुधारका लागि सम्वाद

नेपालगन्ज। बाँके नरैनापुर गाउँपालिकाको शैक्षिक सुधारका लागि सम्वाद समूह बाँकेले सम्वाद तथा सहजीकरणको प्रक्रिया शुभारम्भ गरेको छ ।
नरैनापुरमा सुशासन र शिक्षाको अवस्था अध्यन पश्चात सम्वादको आवश्यक्ता ठहर गरेको सम्वाद समूह बाँकेले आइतबार नरैनापुरमा शिक्षा सम्वद्ध सरोकारवालासँग समन्वयात्मक वैठक गरि आवश्यक सहजीकरणको तयारी गरेको हो । यस अघि केही विद्यालयमा सम्वाद कार्यक्रम गरिसकेको सम्वादले सरोकारबीच समन्वय र सम्वाद बढाएर शैक्षिक विकासमा पहल गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत, शिक्षा प्रमुख, जनप्रतिनिधि, प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समितीका पदाधिकारी, मौलना समेतको उपस्थितीमा भएको छलफलमा आपसी समन्वय, सम्वाद र सहकार्यमा जोड दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत दल बहादुर बस्नेतले शैक्षिक सुधारका लागि समाज सुहाउँदो योजना र वजेट ल्याएर सार्थक कार्यान्वयन गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो । शिक्षामा गाउँपालिकाले लगानी बढाएपनि सो को सही कार्यान्वयन गर्ने दायित्व सरोकार पक्षको पनि हो –उहाँको सुझावयुक्त तर्क थियो ।
चालू आर्थिक वर्ष ०७५/०७६ का लागि शिक्षामा १ करोड १५ लाख वजेट विनियोजन गरेको गाउँपालिकाले यसपाली ३ करोड ६९ लाख बजेट ल्याएर शिक्षालाई प्राथमिकतामा राखेको छ ।
गाउँपालिकाका शिक्षा इकाई शाखा प्रमुख लक्ष्मीकान्त मिश्राले गाउँपालिकाको शिक्षा निती निर्माणमा जोड दिदै वजेट कार्यान्वयनमा पनि समस्या रहेको यथार्थता पोख्नु भयो । शैक्षिक विकासको प्रमुख दायित्व स्थानीय सरकारको भएपनि सरोकार पक्ष पनि जिम्मेवार बन्नु पर्ने कुरामा जोड दिदै शिक्षक महासंघ नरैनापुरका अध्यक्ष शशीराम बुढाथोकीले सम्वाद प्रक्रियामार्फत पनि सार्थक उपलव्धी प्राप्ती हुने विश्वास व्यक्त गर्नु भयो । मदरसा जमुनाहाका प्रधानाध्यापक अव्दुल खालिक खाँले सरकारले नीतिगत सुधारका साथै सेवा सुविधा बढाउनु पर्ने माग गर्नु भयो ।
सम्वाद समूह नरैनापुरका सह सहजकर्ता मकबुल मुकेरीद्धारा सहजीरण गरिएको कार्यक्रममा आदर्शमाविका प्रधानाध्यापक अमीरका प्रसाद यादव, जय किसान माविका शिक्षक तिरथराम मौर्य, महेन्द्र माविका प्रधानाध्यापक सन्तोष कुमार तिवारी, पुर्व प्रधानाध्यापक पेशकार सिंह, नेपाल राष्ट्रिय आधारभुत विद्यालय जमुनीका शिक्षक राजीतराम यादव, लगायतले शैक्षिक सधारमा गर्न सकिने पहलका विषयमा आवश्यक सुझाव दिनु भयो । शिक्षाको आगामी रणनीती तय गर्न, सरोकार पक्षलाई थप मद्यत पु¥याउन, शैक्षिक सुधारमा साझा प्रतिवद्धता र कार्यान्वयन गर्न गराउन सम्वाद प्रक्रिया शुरु गरिएको सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलगाईले जानकारी दिनु भयो ।
नरैनापुर गाउँपालिकामा हाल २१ वटा सरकारी विद्यालय रहेका छन् । ३ मावि, १ निमावि, १४ प्रावि र एकदेखि ३ सम्मका ३ प्रावि रहेका छन् । यस्तै २२ वटा मदरसा छन् । २०६८ को जनगणना अनुसार गाउँपालिकाको साक्षरता दर ३२ प्रतिशत रहेको छ । नरैनापुर गाउँपालिकाका अनुसार– नरैनापुरमा अझैं झण्डै सात हजार ६ सय नागरिकले राम्रोसँग पढ्न र लेख्न जान्दैनन् । विद्यालय जाने उमेरका दुई हजार बालबालिका अहिले पनि विद्यालय बाहिर रहेको नरैनापुर गाउँपालिकाले जनाएको छ ।


प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
ममता थापा नाइस अवार्ड २०२६ बाट पुरस्कृत
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
रेडक्रसकर्मीलाई सेफगार्डिङ्गसम्बन्धी अभिमुखीकरण 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP