Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
संस्कृति-साहित्य
  • गृहपृष्ठ
  • संस्कृति-साहित्य
  • आज जनैपूर्णिमा (रक्षाबन्धन) र यसको महत्व
आज जनैपूर्णिमा (रक्षाबन्धन) र यसको महत्व
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन १९, २०७७ बागेश्वरी पोस्ट
आज जनैपूर्णिमा (रक्षाबन्धन) र यसको महत्व

नेपालगन्ज । साउन शुक्ल पूर्णिमाका दिन आज चुडाकर्म गरेका आम तागाधारीले नूतन यज्ञोपवित अर्थात् जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै छन् । 

कोरोना भाइरसका कारण सुरक्षित भएर मात्र यज्ञोपवित धारण गर्नुुपर्ने चुनौती देखिएको छ । जनै फेर्नका लागि अघिल्लो दिन नै केश मुन्डन गरेर एकछाक भोजन गर्ने चलन छ । गोबर र तुलसी रोपिएको माटो लगाई नदी वा तलाउ कुण्डमा स्नान गरेर जनै फेर्ने र रक्षाबन्धन लगाउने प्रचलन छ । 

चुडाकर्म गरेका वा नगरेका सबैले यो दिन पुरोहितद्वारा नाडीमा डोरो बाँध्ने प्रचलन छ । हिन्दुशास्त्र अनुसार जनैलाई ब्रह्मासूूत्र वा ज्ञानको धागोका रूपमा श्रद्धा गरिएको छ । जनैको छ शिखामध्ये तीनलाई ब्रह्मा, विष्णु, महेश्वर र अर्को तीनवटालाई ज्ञान, कर्म, योगका रूपमा मानिएको छ । 

राक्षसद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरेर जोगाएको पाइन्छ । त्यसैगरी वामन अवतार विष्णुले राजा वलीलाई मन्त्र साँधिएको डोरी बाँधेर वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किंवदन्ती योसँग पनि जोडिएको छ । 

यो दिन जल, कुश तिलद्वारा सप्तऋषि काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्रलाई तर्पण दिइन्छ । त्यसैले यो दिन ऋषितर्पणी नामले पनि चिनिन्छ । यो दिन पशुपतिनाथ गोसाइँकुण्ड स्नान गर्न जानुहुने भएकाले पशुपतिनाथलाई आइतबार नै जनै फेराइएको छ । 

बाग्मती अञ्चल आयुर्वेद औषधालयका चिकित्सक डा. अञ्जु कार्कीले स्नानका लागि नदी, तलाउ, कुण्ड, घाट, त्रिवेणीमा स्नान गर्दा कोरोना सङ्क्रमण सर्न सक्ने भएकाले यस्ता जमघटबाट बच्नुपर्ने सुझाव दिए। यज्ञोपवित्रसँगै दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने चलन पनि देशको मधेस संस्कृतिमा रहेको छ ।

क्वाँटी खाने प्रचलन

जनै पूर्णिमाको दिन घरघरमा क्वाँटी खाने प्रचलन छ । नेवार समुदायमा रहेको यो प्रचलन अहिले सबैतिर लोकप्रिय बनेको छ । खेती किसानी गर्नेलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहने संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी दिए। 

हामी कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छौं, जोशीले थपे, खेतीपातीले थकित शरीरमा ऊर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिन्छ । गेडागुडी अर्थात् प्रोटिन हुने भएका कारण यो मौसममा क्वाँटी खाने चलन गरिएको उनको भनाइ छ । मास, भटमास, मस्याम, हरियो, सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना, सिमी, बोडी, बकुल्ला, मुङलगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो । क्वाँटी विशेष गरेर नेवारी परिकार हो । क्वाँटीबाट पूर्ण प्रोटिन पाइने पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन्। फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई शक्तिबद्र्धक पौष्टिक आहारका रूपमा लिइन्छ । 

आयुर्वेदविज्ञ डा. हेमकुमारी अधिकारी कोरोना सङ्क्रमणको महामारी बढ्दो क्रममा रहेकाले सबैलाई रोग प्रतिरोधात्मक खाने कुरा चाहिने र त्यसको काम क्वाँटीले पूरा गर्ने बताउँछन् । 


प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  ०६:३१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला साहित्यकारप्रति प्राज्ञिक संस्थाको भूमिकाबारे गम्भीर विमर्श
महिला साहित्यकारप्रति प्राज्ञिक संस्थाको भूमिकाबारे गम्भीर विमर्श
सिद्ध कुमाखी मन्दिर निर्माणका लागि सल्यानी समाज बाँकेद्वारा सहयोगको अपिल
सिद्ध कुमाखी मन्दिर निर्माणका लागि सल्यानी समाज बाँकेद्वारा सहयोगको अपिल
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
आचार्यको ‘आरोह अवरोह’ विमोचन 
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
नेपालगञ्जमा जेठ १५ गते “प्रथम मेयर सांस्कृतिक कप” हुने
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP