नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, वैशाख २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • हराउँदै ‘डेंहरी’
हराउँदै ‘डेंहरी’
बागेश्वरी पोस्ट
शनिबार, मंसिर २७, २०७७ बागेश्वरी पोस्ट
हराउँदै ‘डेंहरी’

कञ्चनपुर । खेतवाट भित्रयाएको अन्नबाली राख्नका लागि परम्परागत रुपमा प्रयोग हुँदै आएका कञ्चनपुरका थारु समुदायका डेंहरी(माटोका भकारी) हराउन्दै जान थालेका छन ।

एक पटक बनाए पछि वर्षौंसम्म प्रयोगमा ल्याउन सकिने भकारी थारु समुदायको पछिल्लो पुस्ताले आधुनिकतालाई आत्मसात् गर्न थालेपछि हराउँदै जान थालेका हुन् । पुरानो पुस्ताले सिकाउनका लागि रुचि नराख्ने र नयाँ पुस्ताले सिक्ने चाहना नराख्दा परम्परागतकालदेखि प्रयोग हुँदै आएका भकारी बनाउने कार्य ओझेलमा पर्न थालेको हो । 

डेंहरी बनाउनलाई प्रयोग हुने चिम्टाइलो माटो तालतलैया र वन क्षेत्रबाट ल्याउँदै आएकोमा वन संरक्षणका कारण माटो ल्याउन नदिने गरेकाले समेत बनाउने काममा अवरोधसमेत हुँदै आएको थारु समुदायको भनाइ रहेको छ ।

“परम्परागत घरमा डेंहरीले नै कोठा छुट्टयाउने गरी राखिने गरेको थियो”, बेलडाँडीका कालीप्रसाद चौधरीले भने, “परम्परागत घरको सट्टा आधुनिक पक्की घर बनाइन थालेपछि राख्ने ठाउँको अभावमा थारु समुदायको रहनसहनको अभिन्न अङ्गका रुपमा रहेका डेंहरी बनाउन छाड्दै गएका छन् ।”

चिम्टाइलो माटो, धानको पराल र गहुँको भुसको प्रयोग गरी बनाइने परम्परागत भकारी हराउँदै जान थालेकोमा चिन्ता व्यक्त गर्दै उनले यसलाई जोगाउनका लागि युवा पुस्तालाई यसबारे पुरानो पुस्ताले सीप हस्तान्तरण गर्नुपर्ने बताए ।

“टिन, बाँस, निगालो र प्लाष्टिकका भकारी सहजै बजारमा किन्न पाउन थालेपछि समेत डेंहरी बनाउने काममा यसको प्रभाव परेको छ”, उनले भने, “सहजरुपमा बजारमा भकारी खरिद गर्न पाइन थालेपछि माटोको जोहो किन गर्ने भन्ने भावनाले समेत थारु संस्कृतिसँग जोडिएको डेंहरीलाई बिर्सदै जान थालेका छन् ।” 

डेंहरी थारु समुदायको संस्कृतिसँग मात्रै नभएर धार्मिक भावनासमेत जोडिएको उनको भनाइ रहेको छ । “यसको आफ्नै धार्मिक महत्व छ यो कुरा नयाँ पिँढीलाई बुझाउन आवश्यक छ”, उनले भने । डेंहरी खासगरी महिलाले बनाउने गर्दछन् । परम्परागत यस्ता भकारीमा गहुँ, धान, मकै, तोरी, केराउलगायतका अन्न राख्ने गरिन्छ ।

“यसमा राखिने अन्न वर्षौंसम्म राख्दासमेत रोग किरा लाग्ने र बिग्रने डर हुँदैन”, धनबहादुर कुश्मिीले भने, “ढिकीमा कुटेको चामल  धेरै वर्षसम्म यसमा राख्दासमेत बिग्रँदैन ।” उनका अनुसार  हाल ग्रामीण क्षेत्रका अधिकांश घरमा बूढापाका महिलाले बनाएर राखेका  माटाका भकारी केही घरमा लस्करै राखेको अझै पनि हेर्न सकिन्छ । धेरै थारु समुदायका घरमा त्यस्ता भकारी राख्ने क्रम हराउँदैसमेत गएको छ । डेंहरी धेरै प्रकारको हुने गरेको छ । जसमा डेंहरी, पटाहा डेंहरी, जवरा, चारकुने, गोल र कुठली रहेका छन् । 

पटाहा डेंहरी देवता रहने कोठाको पश्चिममा राखिने गरिएको छ । यसले भान्छा र डिहुरार (देउथान) छुट्टयाउने गर्दछ । अन्य डेंहरीको तुलनामा यो ठूलो हुने गर्दछ । यस डेंहरीलाई कहिल्यै पनि खाली राख्नु नपर्ने र राखेमा अशुभ हुने विश्वास थारु समुदायमा रहेको छ । 

पटाहा डेंहरी फुटेमा, भत्किएमा यसमा राखिएको अन्न चेलीबेटीलाई दिने चलन छ । पटाहा डेंहरीमा पाँच वटा हातको छाप र एउटा फलामको किला गाडेको हुन्छ । त्यो किलामा झोरर्या(झोली) राखी त्यसमा गुरुवाले मन्त्रसहित दिएको अक्षता र धुप राखिएको हुन्छ । डेंहरी विशेष गरी लाम्चो चार कुने विभिन्न आकार र उचाइको बनाइने गरिन्छ । कुठली अरु डेंहरीको तुलनामा सानो हुन्छ । यसलाई पटाहा डेंहरीकै नजिक राखिन्छ ।

अन्यलाई आवश्यकताअनुसार घरका विभिन्न ठाउँमा राख्ने गरिन्छ । यसमा विशेष गरी दैनिक आवश्यक पर्ने नुन, दाल, चामलसँगै अन्नको बीउलगायत राख्ने गरिन्छ । डेंहरी अन्न भण्डारको थारु समुदायको प्रमुख वस्तुमध्येकै मानिन्छ । जवरामा धानको भुस राख्ने गरिन्छ । “डेंहरी राखिएको छ भने टाढैबाट थारु समुदायको घर हो भन्ने ठम्याउन सकिन्छ”, लहानु चौधरीले भने, “बनाउन जान्ने थोरै भएकाले थोरैका घरमा मात्रै अब डेंहरी रहेको छ ।”


प्रकाशित मिति: शनिबार, मंसिर २७, २०७७  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
वाटरपार्कमा जेनजी सहिदको अर्धकदको शालिक निर्माण, स्मृतिमा बनाइयो योग भवन तथा जिम पार्क
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
मर्यादित पत्रकारिताको लागि सामूहिक सहकार्य   
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
पत्रकारितामा अराजकता अस्वीकार्य : नेपाल पत्रकार महासंघ बाँके
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
गैसस महासंघ बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP