prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, कात्तिक १२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक ११, २०८२ बागेश्वरी पोस्ट
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !

नेपालगञ्ज । गत भदौ २३ र २४ गते भएको ‘जेन-जी’ आन्दोलनका क्रममा भदौ २४ गते गरिएको आगजनी र तोडफोडका कारण जिल्ला अदालत बाँके र उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाश भवन क्षतिग्रस्त भए । सो आगजनीमा अदालतसँगै बाँके जिल्ला अदालत परिसरमै रहेको उच्च अदालत बार एशोसिएसन नेपालगञ्ज र बाँके जिल्ला अदालत बार एशोसिएसनको संयुक्त भवन पनि क्षतिग्रस्त भएको थियो । 

विपद्को बेला सरकारी संरचना नष्ट भएका कारण न्याय सम्पादनमा समस्या उत्पन्न भए पनि वकिलहरुको पेशागत साझा संगठन बार एशोसियसनले आफ्नै पहल र स्रोतसाधन प्रयोग गरी भवन मर्मतसम्भार गर्न सफल भयो । वकिलहरुले नै आफैं पैसा उठाएर भवन मर्मतसम्भार र रंगरोगन समेत गरे । उच्च अदालत बार एशोसिएसन नेपालगञ्जका अध्यक्ष चित्र बहादुर शाहीका अनुसार जिल्ला अदालत बाँकेको अनुरोधमा बारको मर्मतसम्भार गरिएको भवनबाट सेवा प्रबाह गर्ने गरी भुइँ तला आजदेखि जिल्ला अदालतलाई हस्तान्तरण गरिएको छ । यससँगै जिल्ला अदालतले बारको भुइँ तलाबाट नियमित सेवा सुरु गर्ने गरी सेटअपको काम अघि बढाएको छ । 

No photo description available.(आगजनीपछि मर्मतसम्भार गरिएको बार भवन)

अध्यक्ष शाहीले भने, “सरकारी संरचना ध्वस्त भएको कठिन अवस्थामा पनि बारले आफ्नो स्रोत साधन र श्रमबाट मर्मतसम्भार गरी न्यायिक सेवा निरन्तरता दिन सहयोग गरेको हो ।” उनका अनुसार यो कार्य वकिलहरुको ऐक्यबद्धता र न्यायप्रति प्रतिबद्धताको उदाहरण पनि हो । आगजनीबाट करीब १५ लाख बराबरको क्षति भएको बारले जनाएको छ । तर, पहिलो चरणमा कानुन व्यवसायीहरुबाटै २ लाख ४ हजार रुपैयाँ संकलन गरेर मर्मत र रंगरोगनको काम सम्पन्न गरिएको बाँक जिल्ला अदालत बार एशोसिएसनका अध्यक्ष मेहर सिंह खत्रीले बताए । आगजनीले परेको गम्भीर क्षतिपछि बारको यो पहलले पुनः न्यायिक सेवा सहज बनाउन सहयोग पुर्‍याएको वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले बताए । 

भदौ २४ गते भएको आगजनीमा अदालत परिसरका महत्वपूर्ण कागजात, संरचना र उपकरण जलेका थिए । आगलागी र तोडफोडका कारण अदालतको भुइँ तला बढी क्षतीग्रस्त भएको छ । अदालतले अर्को व्यवस्था नभएसम्मका लागि बारको भवन प्रयोग गर्नेछ । इजलाश अदालतकै क्षतिग्रस्त भवनबाट सुचारु गरे पनि बाँकी सम्पूर्ण सेवा बार भवनबाट प्रदान गरिनेछ । नेपाल कानुन ब्यवसायी परिषद् लुम्बिनी सदस्य अधिवक्ता ईश्वरी प्रसाद ज्ञवालीले बारले अदालतलाई न्यायिक कार्य सम्पादनका लागि भुइँ तला उपलब्ध गराउनु अनुकरणीय र प्रशंसनीय काम भएको बताए । ज्ञवालीले अब अबरुद्ध न्याय सेवाले गति लिने विश्वास ब्यक्त गरे । 

No photo description available.(आगजनीपछि क्षतिग्रस्त बार भवन)


प्रकाशित मिति: मंगलबार, कात्तिक ११, २०८२  १९:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
बाँकेमा अब तामाङ सिडिओ, उदयपुर पुगे विवादित छविका जोशी
बाँकेमा अब तामाङ सिडिओ, उदयपुर पुगे विवादित छविका जोशी
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP