नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • छुई गोठमुक्त अभियानमा जुटे जनप्रतिनिधि
छुई गोठमुक्त अभियानमा जुटे जनप्रतिनिधि
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २४, २०७७ बागेश्वरी पोस्ट
छुई गोठमुक्त अभियानमा जुटे जनप्रतिनिधि

जुम्ला । जुम्लाका आठवटै स्थानीय तहका जनप्रतिनिधि छुई गोठमुक्त अभियानमा जुटेका छन् । सो प्रथालाई समाजबाट अन्त्य गर्ने अभियानमा जुटेको जनप्रतिनिधि बताउँछन् ।

स्थानीय सरकार गठन भएदेखि ती सरकार र यहाँका सामाजिक सङ्घसंस्था मिलेर महिला तथा धामीझाँक्रीलाई चेतना फैलाउँदै गाउँलाई छुई गोठमुक्त गर्न थालिएको अभियान निकै प्रभावकारी देखिएको छ ।

जिल्लामा पछिल्लो समयमा महिला तथा सरोकारवाला निकायहरूले तातोपानी गाउँपालिका–४ हाँकु गाउँलाई छुई गोठमुक्त गरेको छ । सो गाउँपालिकाको आयोजना तथा सर्वोदय नेपाल जुम्लाको समन्वयमा महिनावारी भएको अवस्थामा छुई गोठमा नबस्ने भन्दै सामूहिकरूपमा प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई छुई गोठमुक्त गाउँ घोषणा गरिएको वडाध्यक्ष धिरज जैसीले बताएका छन् । उनले भने, “महिला र धामीझाँक्रीलाई सचेत गराउँदै सामाजिक कुसंस्कारका रूपमा रहेको छुई प्रथालाई आजकै दिनबाट गाउँबस्तीबाट हटाउने अभियानमा स्थानीय सरकार लागेको” वडाध्यक्ष जैसीले बताए ।

यो अभियान कुनै धामीझाँक्रीका विरुद्ध नभई महिलालाई स्वास्थ्य र पोषणयुक्त खानासहित सामाजिक तथा मानसिक हिंसाबाट बचाउने अभियान भएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । सो गाउँपालिकाले लाम्रा, हियाखोला, जैतपुर र बाइराका गाउँलाई छुई गोठमुक्त गरिसकेको गाउँपालिकाले जनाएको छ ।

जिल्लामा सामाजिक विकृतिका रूपमा रहेको छुई प्रथा न्यूनीकरण गर्ने अभियानमा लागिपरेका सामाजिक सङ्घसंस्था र यहाँका स्थानीय सरकारको पहलमा २१८ गाउँबस्तीमध्ये २७ गाउँबस्ती छुई गोठमुक्त भएको सर्वोदय नेपालका छाउगोठमुक्त अभियन्ता कमलराज खत्रीले बताए । विगतका वर्षभन्दा अहिले महिनावारीको समयमा गोठमा बस्ने चलन धमाधम मानसिकरूपमै भत्किन थालेको स्थानीयवासी ममीता शाहीले बताए ।

धामीझाँक्रीकै घरबाट छुईगोठमुक्त यहाँको तातापानी गाउँपालिका–४ स्थित हाँकु गाउँकी गौरीकला विक छुई भएका बेला घरमा बस्न खोज्दा छिमेकीले घृणा गर्न थाले । शुरुशुरुमा उनी गाउँका धामीझाँक्री र धार्मिक आस्थावान् व्यक्तिहरुको तारो बनिन् । छाउ हुँदा घरभित्र बसे देवीदेवता लागेर अनिष्ट हुन्छ भन्ने डरका कारण सो गाउँका अरू महिलाले पनि घरमा बस्ने आँट गर्न सकेनन् । अहिले भने सो गाउँ छाउगोठमुक्त भएको छ । पहिले छुई भएका बेला घरमा कोही नबस्ने चलनले अहिले गोठमा कोही बस्दैनन् गौरीकलाले भनिन्, “छुईगोठमुक्त गर्न बाधक बन्ने धामीझाँक्रीलाई सम्झाइबुझाइ गरी उनीहरुकै घरबाट छुई भएका महिलालाई घरमै बसाल्न थालेपछि अहिले सिङ्गो गाउँ नै छुईगोठमुक्त भएको ” स्थानीयवासी माया कामीले बताइन् ।

चिसो याममा गाईवस्तुसँगै गोठमा बस्दा निकै पीडा हुन्थ्यो अहिले घरमा बस्दा सहज भएको स्थानीयवासी हरिदेवी केसीले बताइन् । उनले भनिन्, “गाउँका सबै दिदीबहिनी एकजुट भएर छुईगोठमुक्त गर्न सफल भएका छौँ । पशुसँगै गोबर र फोहोरमा बस्दा महिलाको स्वास्थ्यमा गम्भीर असरसमेत पर्ने गरेको थियो ।

छुई हुने नियमित प्रक्रिया भए पनि अमानवीय व्यवहार गरेर घरमा पस्न वञ्चित गर्नु अपराध सरह भएको स्थानीयवासी केसीले बताइन् । “छाउगोठमा बसेकै कारण महिलाहरू बलात्कारदेखि हत्याको सिकार हुनु परेको छ, जीवजन्तुको डर उत्तिकै छ”, तातोपानी–७ सर्मीकी स्थानीयवासी दर्शना कुँवरले भनिन्, “आफ्ना छोरीचेली घरमै सुरक्षित नभए अन्त कहाँ होलान् सबै मिलेर समाजका यस्ता कुसंस्कृतिको अन्त्य हुुनुपर्ने” बताइन् ।


प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७  २०:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'लोकतन्त्रमा मानव अधिकारमैत्री निर्वाचन अपरिहार्य'
'लोकतन्त्रमा मानव अधिकारमैत्री निर्वाचन अपरिहार्य'
'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'
'मेलमिलापका माध्यमबाट विवाद समाधान गरिँदा दीर्घकालीन'
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
पर्यटन प्रबद्र्धनका लागि ५ बुँदे 'नरैनापुर घोषणापत्र' !
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP