नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बरिष्ठ कलाकार निर्माेहीको सहयोगार्थ नेपालगञ्जमा साँस्कृतिक कार्यक्रम
बरिष्ठ कलाकार निर्माेहीको सहयोगार्थ नेपालगञ्जमा साँस्कृतिक कार्यक्रम
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक ५, २०८२ बागेश्वरी पोस्ट
बरिष्ठ कलाकार निर्माेहीको सहयोगार्थ नेपालगञ्जमा साँस्कृतिक कार्यक्रम

नेपालगञ्ज । बरिष्ठ कलाकार कमल बिके निर्माेहीको सहयोगार्थ नेपालगञ्जमा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मृगौला रोगबाट पीडित निर्माेहीको उपचार सहयोगका लागि बास नेपालले साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।उज्यालो, प्रेम र एकताका माध्यमबाट सुशासन र समृद्धिको सन्देश प्रबाह गर्ने उद्देश्यले तिहारका मौलिक सँस्कृति र मान्यताहरुलाई प्रबद्र्धन गर्नका लागि तिहारका रंगहरु कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा सामूहिक देउसी, भैलो, साँस्कृतिक प्रस्तुति, नृत्य, नाटक लगायतका प्रस्तुतिहरु गरिए । स्थानीय फरक-फरक कला र संस्कृतिलाई एकै मञ्चबाट प्रस्तुत गरिएको उक्त कार्यक्रममा अस्वस्थ अवस्थामै पुगेका बरिष्ठ कलाकार निर्माेहीले आफूलाई सहयोग गर्न सहयोगी हातहरु अघि बढेको देख्दा खुशी लागेको बताए । उनी ह्विल चियरमै मञ्च चढ्दा सहभागीहरु भावुक बनेका थिए । निर्माेही मृगौला रोगबाट पीडित भई उपचारको क्रममा छन् ।

May be an image of one or more people and temple

कार्यक्रममा गायक सुनिल सिंह ठकुरी, पूर्ण थापा, महेन्द्र सेढाई, बरिष्ठ कलाकार श्यामानन्द सिंह, जित बहादुर थापा, सन्तोष सोती मगर, सुजन डिसी, मेरो डान्स युनिभर्सका थर्ड रनर अप सुरज सिंजाली मगर, डान्सर रुबिना अधिकारी, मौसमी राना मगर, आरुसी मगर, एक्टिंग स्टार नबिना रानाभाट लगायतको प्रस्तुति रहेको थियो । उद्घोषक शकुन्तला शाहले सञ्चालन गरेको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा उद्देश्यमाथि प्रकाश पारेका थिए । 

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा भएको कार्यक्रममा १५० बढी सहभागी थिए । बबईमा उर्लदै मिल्न आयो खोली गुहार-झन हेर्यो झन माया लाग्छ कान्छीको मुहार, लाग्यो माया मोहनी, सुर्खेतकी नानी, आउँ त भने बाटो छ खोलाको-नआउँ भने त्यो तिम्रो झझल्को लगायतका सयौं गीतका गायक निर्माेही अहिले अस्वस्थ छन् । तीन दशक भन्दा बढी समय नेपाली लोक संगीत र सञ्चार क्षेत्रमा सक्रिय रहेका उनी बिगत डेढ बर्षदेखि अस्वस्थ भएका हुन् ।
दुवै मिर्गौला फेल भएपछि उनी केही समय यता नेपालगञ्जस्थित आफ्नै घरको ओछ्यानमा सीमित बनेका छन् ।

सञ्चार र संगीत कर्मका माध्यमबाट दर्शक र श्रोतालाई मनोरञ्जन दिने वरिष्ठ रेडियोकर्मी तथा लोक गायक निर्मोही अहिले जीवनकै कठिन अवस्थासँग मुकाबिला गरिरहेका छन् । लामो समय रेडियो नेपालमा काम गरेका निर्माेही कुनै बेला यस क्षेत्रका साँस्कृतिक मेला, महोत्सवमा कुनै बेला पर्याय जस्तै थिए । निर्माेही बिनाका साँगितिक कार्यक्रम बिरलै हुन्थे । उनी बिनाको स्टेज आयोजकले कल्पना समेत गर्दैन थिए ।

कुनै बेला यस्तो थियो, निर्माेहीको आवाज रेडियोमा सुन्न, उनलाई भेट्न मान्छेहरु मरिहत्ते गर्थे, बेला अहिले यस्तो आयो कि बिरामी भएर थला परेका निर्माेही आफूलाई कोही भेट्न आइदिए हुन्थ्यो भन्ने अवस्थामा छन् । रेडियो र स्टेज कार्यक्रममा स्वरको जादु चलाउने उनको आवाज यति बेला लर्बरिरहेको छ । रोगले गर्दा एउटा खुट्टा र हात चलाउन असहज भइरहेको छ । आफैं उठ्न, बस्न सक्ने अवस्थामा उनी छैनन् । लोकप्रिय गीतहरु गाएर दुनियाँलाई मनोरञ्जन दिने उनी आफू रोगले थला पर्दा गुमनाम हुनुको पीडामा छन्, पीडाले बेला, बेला भक्कानिन्छन् ।

प्रेसर र सुगर रोगबाट पीडित उनको मिर्गौला फेल भएपछि उनी पूर्णरुपमा अस्वस्थ बने । अहिले उनको भेरी अस्पतालमा उपचार भइरहेको छ । हालसम्म उनको उपचार परिवारले गरिरहेको छ । निरन्तर उपचारका लागि आर्थिक अभाव हुन थालेको उनको भनाई छ । डायलाइसिस निःशुल्क भए पनि औषधि लगायतको खर्चका लागि सहयोग आवश्यक रहेको उनले बताए । हप्तामा दुई पटक डायलाइसिस गरिरहेका निर्माेहीको दुबै मृर्गाैला फेल भएका कारण नयाँ मिर्गौला प्रत्यारोपण गर्न आवश्यक छ । जसका लागि मिर्गाैला दान गर्ने दाता र आर्थिक सहयोग गर्ने दाताहरुको आवश्यकता उनलाई छ ।

प्युठान पुख्र्यौली घर भई दाङ हुँदै २०३५ सालदेखि नेपालगञ्जमा बसोबास गर्दै आएका उनले लामो समय रेडियो नेपाल सुर्खेतमा काम गरे भने नेपालगञ्जका बागेश्वरी, हिमाल, जनआवाज लगायतका एफएम, भिजन, जी-नेपाल एचडी टेलिभिजनहरुमा काम गरे । दाङमा जन्मिएका निर्माेहीले कोमल ओली लगायतका बरिष्ठ कलाकारहरुसँग बिभिन्न गीतहरुमा स्वर दिएका छन् । मोफसलमा रेकर्डिंग स्टुडियो नभएको बेला नेपालगञ्जमा वेभ डिजिटल रेकर्डिंग स्टुडियो स्थापना गरी यस क्षेत्रका कलाकारहरुलाई सहज बनाएका उनले नेपाल टेलिभिजन कोहलपुरबाट सप्तरंगी संगीत लहर साँगितिक कार्यक्रम लामो समयसम्म सञ्चालन गरेका थिए । समधुर आवाजका धनी, राष्ट्रका धरोहर निर्माेहीको उपचारका लागि सबैको तर्फबाट सहयोग गर्न जरुरी छ ।


प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP