prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • शव व्यवस्थापनमा खटिएको सेना भन्छ, महामारीमा सघाउनु हाम्रो कर्तव्य हो !
शव व्यवस्थापनमा खटिएको सेना भन्छ, महामारीमा सघाउनु हाम्रो कर्तव्य हो !
banijya office
रासस
बिहीबार, जेठ ६, २०७८ रासस
शव व्यवस्थापनमा खटिएको सेना भन्छ, महामारीमा सघाउनु हाम्रो कर्तव्य हो !

महेन्द्रनगर । प्राय ब्यारेकमा हुँदा आन्तरिक ड्युटी खटनपटन र सङ्गठनभित्र तोकिएको जिम्मेवारी पूरा गर्दै आएका नेपाली सेनाका हवल्दार भीमबहादुर नेपाली विगत दुई सातादेखि महाकाली अस्पतालमा खटिएका छन् ।

nepalgunj 081-082

कोरोना सङ्क्रमणले नागरिकले दिनहुँजसो ज्यान गुमाउनु परेपछि सरकारले सङ्क्रमितको शव व्यवस्थापन सुरक्षित तवरले गर्न नेपाली सेनालाई दिइएको जिम्मेवारी दिएअनुसार उहाँ यहाँको श्रीदल गुल्म भगतपुर ब्यारेकले दिएको निर्देशनअनुरुप अस्पतालमा खटिएका छन् ।

सैनिक हवल्दार नेपालीको दैनिक अचेल मृतकका आफन्तलाई शव व्यवस्थापनका लागि चाहिने आवश्यक सामग्रीबारे जानकारी गराउनदेखि मृतकको विवरण भर्ने, अस्पतालबाट महाकाली नदीका घाटसम्म शव पुर्‍याउन व्यवस्थापन गर्ने रहेको छ । “शुरुमा त कोरोना महामारीका रूपमा फैलिँदै गर्दा अस्पतालजस्तो संवेदनशील ठाउँमा हुलहालमा घुलमिल भएर काम गर्न डर पनि थियो”, उनले भने, “पछि बानी पर्दै गयो र स्वास्थ्य सुरक्षालाई पनि ख्याल गर्दै दिइएको जिम्मेवारी निडर भएर पूरा गर्दैछौँ ।”

सेनातर्फ यहाँ कञ्चनपुर जिल्लाको श्रीदल गुल्मको जिम्मेवारी क्षेत्रमा पर्छ । सोहीअनुसार गुल्मले कोरोना कहरमा दिइएको जिम्मेवारीअनुसार यहाँको गड्डाचौकी नाकामा होल्डिङ सेन्टर निर्माणदेखि अन्य रणनीति बनाएर काम गरिरहेको छ । “कोरोना कहरमा सङ्क्रमणको सम्भावना त रहन्छ नै”, नेपालीले भने, “यहाँबाट अहिलेसम्म दैनिकजसो शवहरु व्यवस्थापनका लागि हाम्रै टोली घाटसम्म खट्दै आएको छ ।” उनले शववाहन जुटाउने तथा अस्पताल प्रशासनमार्फत स्वास्थ्य सामग्री मृतकका आफन्तलाई दिनेलगायतका काम सेनाले नै गरिरहेको बताए।

“शव व्यवस्थापनमा खटिने हाम्रो पाँच जनाको टोली ब्यारेकमा पछि छुट्टै क्वारेन्टिइन बनाएर बस्छ”, उनले भने, “घाटमा पनि धार्मिक परम्पराअनुसार हामीले मृतकका आफन्तलाई दाहसंस्कार गर्ने वातावरण बनाएका छौँ ।” उनले पछिल्लो केही दिनयता मृत्युदर पनि घटिरहेको पाइएको बताए । “देशमा यस्तो समस्या परिरहेका बेला हाम्रो जिम्मेवारी, कर्तव्य र धर्मभित्र पनि पर्छ”, उनले भने, “देशले दिएको जिम्मेवारी बहन गर्नु हामी सिपाहीको धर्म हो ।”

गुल्मकै अर्का हवल्दार भुवन बस्याल एक महिना यहाँ सङ्क्रमितको शव व्यवस्थापनका खटिए । “शव व्यवस्थापन खटिँदाखटिँदै मलाई पनि सङ्क्रमण भयो”, क्वारेन्टिनमा रहेका उनले भने, “यस्तो महामारीमा ज्यान गुमाउने दाजुभाइको शव चितामा राखेर अन्तिम सलामी दिनु राम्रै कुरो हो ।” कोरोना निको हुने चरणमा रहेका उनले घर परिवारबाट पनि शव व्यवस्थापनमा खटिएको खबरले स्वास्थ्यप्रति ख्याल गर्न आग्रह आउने गरेको बताए । “घर परिवारबाट पनि ड्युटीमा रहँदा स्वास्थ्यको ख्याल गर्न भनिन्छ”,  उनले भने, “यस्तो महामारीमा सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नु सामाजिक दायित्वमा पर्छ ।”

त्यसैगरी श्रीदल गुल्मले वैशाख महिनामा मात्रै कञ्चनपुरमा ६० जनाको शव व्यवस्थापन गरेको गुल्मपति सेनानी प्रतीकसिंह कार्कीले जानकारी दिए। उनले शव व्यवस्थापनमा उच्च तालिमप्राप्त सैनिक टोली खटिएको जानकारी दिए । “प्रत्येक पाँच जनाको समूह बनाएर शव व्यवस्थापनमा चार टिम बनाएका छौँ”, उनले भने, “यस्तो महामारीमा दिएको जिम्मेवारी पूरा गर्नु हाम्रो दायित्वभित्र पर्छ ।” 


प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  १२:०२
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
राप्ती नदीको बाढीबाट बस्ती जोगाउन आपतकालीन तटबन्ध
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
जलवायु कार्य तथा न्याय नेटवर्कद्वारा प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण
सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
सिक्टा सिंचाई आयोजनाले गति लिँदै, ११ किलोमिटर लामो गुरुवागाउँ शाखा नहरमा पानी छोडियो
विद्यार्थी–शिक्षकलाई साइबर सचेतना
विद्यार्थी–शिक्षकलाई साइबर सचेतना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP