prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • चुनाव अगाडि एमसीसीको विषय बन्द गर्नुपर्छ:सहमहामन्त्री परियार
चुनाव अगाडि एमसीसीको विषय बन्द गर्नुपर्छ:सहमहामन्त्री परियार
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, पुस ३०, २०७८ बागेश्वरी पोस्ट
चुनाव अगाडि एमसीसीको विषय बन्द गर्नुपर्छ:सहमहामन्त्री परियार

नेपालगन्ज । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले स्थानीय निर्वाचनमा एक्लै वा गठबन्धन गरेर चुनाव लड्ने भन्नेबारे पार्टीको आधिकारिक निर्णय अहिले नभएको बताएका छन् । कांग्रेस बाँकेले शुक्रबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाली कांग्रेसले २०७४ को निर्वाचनमा गठबन्धन गरेको हो, जहाँ हाम्रो एक्लै लड्ने तागत छ, त्यहाँ एक्लै लड्नुपर्छ, यदि स्थानीय तहमा पार्टीबीच समझदारी हुन्छ भने त्यसलाई पनि अन्यथा लिनुहुँदैन ।’ 

paribartan 1

स्थानीय तहको निर्वाचनका विषयमा कानुनी जटिलता उत्पन्न भएको भन्दै सहमहामन्त्री परियारले यसका लागि दलहरुबीच एक खालको समझदारी कायम गर्न आवश्यक रहेको बताए । ‘संविधानमा स्थानीय जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष भनेको छ, पहिलो चरणको चुनाव बैशाख, दोस्रो चरणको असार र तेस्रो चरणको चुनाव असोजमा भयो,’ उनले भने  ‘निर्वाचन गर्न असोज वा बैशाख कसलाई मान्ने भन्नेमा द्विविधा छ ।’ 

अर्को प्रसंगमा उनले सबै दलबीच सहमति गरेर मात्र एमसीसी पास गर्नुपर्ने बताए । ‘सबै दलले सहमति नगरेर एमसीसी पास गर्नुहुँदैन, अहिले सानो बच्चालाई एमसीसी पास गर्नु हुन्छ कि हुँदैन भनेर सोध्दा हुँदैन भन्छ, यो स्थिति छ,’ परियारले भने- ‘एमसीसीका बारेमा पार्टी सभापतिले सबै दलहरुसँग राय, परामर्श लिएर सहमति गरेर मात्रै पास गर्नुपर्छ, नत्र भने यो चुनाव अगाडि एमसीसीको विषयलाई बन्द गर्नुपर्छ ।’ 

१४ औं महाधिवेशनबाट पार्टीले अनुभवी तथा परिपक्व सभापति पाएको र सभापति शेरबहादुर देउवालाई बलियो बनाउने तरिकाले काम गर्नुपर्ने बताए । ‘हामीले हाम्रा सभापति शेरबहादुर देउवालाई बलियो बनाउने तरिकाले काम गर्नुपर्छ, सभापति बलियो भएपछि संगठन बलियो हुने हो,’ उनले थपे- ‘धेरै पटक प्रधानमन्त्री भइसक्नुभएको छ, दुई पटक सभापति भइसक्नु भएको छ, गगन र विश्वप्रकाश जस्ता महामन्त्री हुनुहुन्छ, हामी जस्ता सहमहामन्त्री युवाहरु केन्द्रिय समितिमा आएका छौं ।’ 

पार्टीको भातृ तथा शुभेच्छुक संगठनको निर्वाचन अब चाँडो गर्नुपर्ने नेता परियारले बताए । ‘भातृ तथा सुभेच्छुक संगठनको अधिवेशनको विकल्प अधिवेशन नै हो,’ परियारले भने । पार्टी महाधिवेशनको ‘उत्साह, एकता र रुपान्तरण’ को अभियानलाई साकार पार्नका निम्ति सबै आफ्नो ठाउँबाट लाग्नुपर्ने धारणा राखे । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत् स्थगित भएका १६ जिल्लाको निर्वाचनलाई चाँडो गर्नुपर्ने सुझाव धेरै जिल्लाबाट आइरहेको बताए । ‘निर्वाचन समितिले पुस २७ गते १६ जिल्लाको निर्वाचन मिति तोकेको थियो, त्यो निर्वाचनलाई पछाडि सरिसकेको छ,’ उनले भने- ‘पदाधिकारीको बैठकले गरेको निर्णयबाट निर्वाचन सारिएको होइन, आधिकारिक रुपमा बुझ्दाखेरी माघ १२ गते राष्ट्रिय सभाको निर्वाचन गर्ने भएको हुँदा सारिएको भन्ने कुरा बुझियो ।’ कांग्रेसले यसपटक उठाएका राष्ट्रिय सभाका उम्मेदवार पार्टीमा धेरै योगदान गरेका र पुराना नेता भएको बताए । ‘युवराज शर्मा दाई जस्ता ब्यक्ति उम्मेदवार हुनुहुन्छ, कांग्रेसले अहिले राम्रो निर्णय गर्यो है भन्ने सन्देश गएको छ,’ उनले भने ।

कांग्रेस बाँकेका सभापति किरण कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला सदस्य चिन्तामणि धितालले स्वागत गरेका थिए, भने प्रतिनिधि सभाका सांसद बिमला नेपाली, कांग्रेस बाँकेका पूर्व सभापति एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार युवराज शर्मा र बादशाह कुर्मीले पनि मन्तब्य राखेका थिए ।

खुल्ला छलफलका क्रममा नेपालगन्ज-२ का वडाअध्यक्ष एवम् क्षेत्र नम्बर २ का सचिव सुनिलसिंह हमाल, क्षेत्र नम्बर १ का पुर्व सचिव डिल्ली गिरी, कांग्रेस नेता गोपालप्रसाद अधिकारी, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, बिद्यार्थी नेता चन्द्रप्रकाश देवकोटा लगायतले सह-महामन्त्री परियारलाई जिज्ञासा तथा सुझाव दिएका थिए । कार्यक्रम सञ्चालन कांग्रेस बाँकेका सचिव तप्त पौडेलले गरेका थिए ।  

 


प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  २१:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
पार्टीमा अहिले अलि अलि आर्थिक सहयोग गर्नेहरूको चुरिफुरि बढेको छ-गिरी
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
स्वर्गीय कोइरालाको १०२औं जन्मजयन्तीमा नेपालगञ्जमा वृक्षारोपण
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
टरिगाउँ विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न एक करोड मात्रै छुट्टयाएकोमा सांसद गिरीको गुनासो 
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
क्रान्तिकारी कम्युनिष्ट पार्टीले बाँकेमा सिडिओलाई ज्ञापनपत्र बुझायो
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP