prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ १९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • म मतदातालाई सपना होइन विकास बाँड्छुः इश्तियाक राई
म मतदातालाई सपना होइन विकास बाँड्छुः इश्तियाक राई
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज ३०, २०७९ बागेश्वरी पोस्ट
म मतदातालाई सपना होइन विकास बाँड्छुः इश्तियाक राई

नेपालगञ्ज । बाँके क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यका  उम्मेदवार मोहम्मद इश्तियाक राईले ‘सपना बाँड्नेहरू’ र विकास ल्याउने उम्मेदवारहरू छुट्याएर मतदाता गर्न आह्वान गरेका छन् । बाँकेको निर्वाचनमा  यसपाली जनतामा सपना अनि धर्म, सम्प्रदायको नाममा विभाजन निम्त्याउने र विकास ल्याउनेहरू बीच प्रतिष्पर्धा रहेको भन्दै आम मतदाताले निकै सचेत भएर मतदान गर्नुपर्ने अवस्था आएको उनले बताए ।

जनता समाज पार्टीका केन्द्रीय नेता एबम् निर्वतमान भौतिक योजना तथा यातायात मन्त्री  रहेका उनले बाँकेको समग्र विकासका र त्यसको निरन्तरताका लागि फेरि एकपटक जसपाका उम्मेदवारहरूलाई मौका दिन पनि मतदाताहरूलाई आग्रह गरे । बाँकेका विभिन्न वडाहरूमा पार्टीले चुनाव प्रचारप्रसारका लागि खोलेका सम्पर्क कार्यालयहरूको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘फेरि पनि जनतालाई झुक्याउनका लागि सपना बाँड्ने बेला आएको छ । धर्म र जातजाति अनि सम्रदायको नाममा समाजमा विभाजन ल्याउन खोज्नेहरू धर्मको राजनीति गरिरहेका छन्’ उनले भने ‘तर हामी कसैलाई सपना र आश्वासन होइन, हामी काम गरेर देखाउँछौं । सपना होइन, विकासको लहर देखाउँछौं ।’ उम्मेदवार राईले आफ्नो क्षेत्रको विकासमा लागिपर्ने, समाज र समुदायका लागि सधैं साथमा रहने उम्मेदवार छान्न पनि आग्रह गरे ।

‘हामीले पहिलादेखि नै भन्दै आएका छौं कि अब धर्म र सम्प्रदायको नाममा होइन विकासको नाममा राजनीति गरौं’ उनले भने ‘समाजमा विभाजन ल्याउन र विखण्डन होइन, विकासका योजना ल्याउन र जनताका लागि काम गर्न प्रतिस्पर्धा गरौं।’ आफू पटक-पटक सांसद र मन्त्री हुँदा बाँकेको मुहारै फेरिने गरी विकासका योजनाहरू ल्याएको र अझै कतिपय योजनाहरू पूरा गर्न बाँकी रहेको भन्दै त्यसका लागि एकपटक फेरि आफू र आफ्नो समूहलाई मौका दिन पनि मतदातासँग अपिल गरे ।

‘धेरै गर्न सकेँ कि सकिनँ त्यो तपाईंहरूको घर आँगनमै छ । बाटोघाटो र पुलपुलेसाहरू हाम्रै वरिपरि छन्। अस्पतालको भवन उठिसकेको छ । सहरभरिको सबैभन्दा ठूलो हल अब खुल्नेवाला छ । मन्दिर र मस्जिदहरू बनाएका छौं । सडकहरू उज्यालिएका छन्’ उनले भने ‘अझै धेरै काम गर्न बाँकी नै छ । ती काम पूरा गर्नका लागि अनि अरू पनि विकासका योजनाहरू यहाँ ल्याउनका लागि फेरि एकपटक मौका दिनुस् । तपाईंहरूको विश्वास तोड्नेछैन । म भाग्नेवाला पनि छैन । यहीँ छु । यहीँ हुनेछु । काम गर्न सकिनँ भने त्यसको सजाय भोग्न तयार पनि छु ।’

चुनाव प्रचारप्रसारलाई तीव्रता दिएको जसपाले क्षेत्र नम्बर २ का सबै वडाहरूमा प्रचारप्रसारका लागि कार्यालयहरू खोलिरहेको छ ।  नेपालगञ्ज उपमहानगरपालिका १३ को लालापुरवा, बुलबुलिया, मदनचोकको घसियारन मोहल्ला, १९ को कण्ठीपुर, वडा नम्बर १४ को बालेगाउँ, नेपालगञ्ज २ मा, वडा नम्बर ९ को बाँकेगाउँ, वडा नम्बर ४ को गणेशपुर, वडा नम्बर ६ फुल्टेक्रा तथा वडा नम्बर १५ को पिप्रहवामा प्रचारप्रसारका लागि सम्पर्क कार्यालयहरू उद्घाटन भइसकेका  छन् ।

त्यस्तै बाँके क्षेत्र नम्बर २ अन्तर्गत् नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर १२ बेलासपुर, ४ को घोसी टोल, ७ को पिपलचौतारा, ७ मै एमपी स्कुल र ५ को भट्टी टोलमा प्रचारप्रसार सम्पर्क कार्यालयहरू खोलिएका थिए ।


प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP