prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • बाँकेमा वडास्तरमा एमाले र राप्रपाको संयुक्त निर्वाचन संयन्त्र
बाँकेमा वडास्तरमा एमाले र राप्रपाको संयुक्त निर्वाचन संयन्त्र
banijya office
बागेश्वरी पोस्ट
सोमबार, असोज ३१, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा वडास्तरमा एमाले र राप्रपाको संयुक्त निर्वाचन संयन्त्र

नेपालगञ्ज । बाँकेमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले र राप्रपाका उम्मेदवारलाई जिताउन वडास्तरमा संयुक्त निर्वाचन परिचालन कमिटी बन्न थालेका छन् ।

nepalgunj 081-082

बाँके निर्वाचन क्षेत्र नम्बर २ मा तालमेलका उम्मेदवारहरुलाई विजयी गराउन नेकपा एमाले र राप्रपाको वडा तहमा संयुक्त निर्वाचन परिचालन कमिटी गठन भइसकेको र क्षेत्र नम्बर १ र ३ मा पनि गठन प्रक्रिया सुरु भएको नेकपा एमाले जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक देवराज भारले जानकारी दिए ।

No description available.

बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका नेता तथा कार्यकर्ता उत्साहित भएको बताउँदै उनले दुई पार्टी बीचको तालमेलले जिल्लाका ३ वटै प्रतिनिधि सभा र ६ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा निर्वाचनको उत्साहपूर्ण माहोल बनेको दावी गरे ।

आइतवार निर्वाचन क्षेत्र नम्बर अन्तर्गतका २७ वटै वडाका अध्यक्ष, सचिव र इन्चार्जको संयुक्त बैठकले वडा तहमा संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरेको नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका २१ र डुडुवा गाउँपालिकाका ६ वडा गरी २७ वटै वडामा नेकपा एमाले र राप्रपाको वडास्तरीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन भएको हो । 

वडास्तरीय संयुक्त निर्वाचन परिचालन कमिटी गठन गर्न आयोजित भेलालाई राप्रपाका केन्दीय महामन्त्री एवम् बाँके क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. धवलशम्शेर राणा, नेकपा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य एवम् बाँके क्षेत्र नम्बर २(२) का उम्मेदवार निरक गुरुङ, क्षेत्र नम्बर २(१) का उम्मेदवार विजय यादव, एमाले निर्वाचन क्षेत्र नम्बर २ का संयोजक अशोक कर्माचार्य, एमाले नगर अध्यक्ष आचार्य लगायतले प्रशिक्षण समेत दिएका थिए ।

बाँकेमा नेकपा एमालेले राप्रपासँगको तालमेलमा बाँके क्षेत्र नम्बर २ प्रतिनिधिसभा उम्मेदवार डा. राणा र प्रदेशसभातर्फ बाँके क्षेत्र नम्बर १ क मा राप्रपाका उम्मेदवार नरेन्द्र पौडेललाई सघाउने भएको छ । अन्य निर्वाचन क्षेत्रमा राप्रपाले नेकपा एमालेका उम्मेदवारलाई सघाउने गरी तालमेल भएको नेकपा एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले जानकारी दिए ।

नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यमा केन्द्रीय सदस्य सूर्य ढकाल, प्रदेश १(१) मा दुर्गा थारु (सन्तोष), बाँके क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा पार्टी जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति, प्रदेश ३(१) मा पार्टी सचिव रत्न खत्री र प्रदेश ३(२) मा पार्टी सचिवालय सदस्य भीम वली उम्मेदवार बनेका छन् ।


प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १०:३७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP