prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आम निर्वाचन-२०७९
  • गृहपृष्ठ
  • आम निर्वाचन-२०७९
  • भुम राजनीतिको नयाँ भूमी खोज्दै
भुम राजनीतिको नयाँ भूमी खोज्दै
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक ४, २०७९ बागेश्वरी पोस्ट
भुम राजनीतिको नयाँ भूमी खोज्दै

नेपालगन्ज । बुद्धनगरको बसाँईमा एक दिन तत्कालीन नेपाली कांग्रसेका कार्यवाहक सभापति सुशील कोइरालाले भनेका थिए-'भुमले रजनीतिक भूमी फराकिलो बनाउनुपर्छ ।'

nepalgunj 081-082

नेपाल विद्यार्थी संघका युवाहरुको एक समुह कोइरालालाई चुनाव हारेको समयमा सान्त्वना दिन पुगेका थिए, बुद्धनगर कोइराला बस्ने घरमा । कुरा २०६४ को पहिलो संविधानसभा निर्वाचन पछिको हो । समय आफ्नै रफ्तारमा अघि बढिरह्यो । भुम भण्डारी २०७० देखि २०७३ सम्ममा नेविसंघ केन्द्रिय सदस्य पनि भए । 

पार्टी राजनीतिमा उनेव कोहलपुर नगर कार्य समिति सचिव भएर अग्रपंक्तिमा कांग्रेसका एजेण्डा स्थापित गराउन संघर्ष गरिरहे । जतिबेला नेकपाको बलियो सरकार थियो । उनी राजनीतिक र सामाजिक मुद्दामा जनताका पक्षमा आवाज बुलन्द गरिरहे । तर, उनै भुम यतिबेला राजनीतिको भूमी फराकिलो पार्न रुखलाई छाडेर 'ढकिया' चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन् । 

राजनीतिको नयाँ भूमी खोज्न भूमीपुत्रहरुले स्थापना गरेको पार्टी राष्ट्रिय उन्मुक्ति पार्टीमा जोडिए । उनको राजनीतिक संघर्ष निकै उतारचढावपूर्ण रह्यो । राज्यबाट राजनीतिक मुद्धामा दर्जनौं पटक पक्राउ परे । द्वन्द्वकालमा २०५८ मंसीर देखि २०५८ पुस सम्म इमामनगर राँझामा नेपाल आर्मीको ब्यारेकमा नजरबन्दमा समेत परे । तर, उनको नजरमा लोकतन्त्रको दूर दृष्टि थियो ।

सेनाको यातनापछि २०६० असोज १४ गतेसम्म भारतको नासिकमा निर्वासित भएर बस्नुपर्यो । बाँके प्रदेश क्षेत्र नं. १ (२) बाट उम्मेद्वारी दिएका भण्डारीको जन्म रुकुम जिल्ला चौरजहारीमा २०३८ जेठ २० भएको हो । २०५१ सालमा शितल उच्च माध्यामिक विद्यालय चौरजहारी रुकुमबाट नेविसंघको यात्रा शुरु गरेका भण्डारी स्पष्ट वक्ता हुन् । जब नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पस पुगे उनको विद्यार्थी राजनीति थप अघि बढ्यो ।

राजनीतिशास्त्र र नेपाली साहित्यमा एमए, शिक्षा शास्त्रमा विएड सम्मको अध्ययन पूरा गरेका भण्डारीले यतिबेला आफ्नो राजनीतिको धार परिवर्तन गरेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट राजनीतिको भूमी विस्तार गर्ने निर्णयमा पुगे । राज्य श्रोतको दोहन गर्नेहरुलाई कांग्रेसले संरक्षण गरिरहेको भन्दै जनताको अधिकारका लागि उनले बाटो मोडेको बताएका छन् ।

यतिबेला कांग्रेस नेतृत्व एउटा होनहार युवालाई गुमाइरहँदा उन्मुक्ति पार्टीले उनलाई कांग्रेसबाट उन्मुक्ति त दिलायो अब जनतालाई उन्मुक्ति दिलाउने भुम भण्डारीको सफर कति उन्मुक्त रहन्छ भविष्यले देखाउला ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक ४, २०७९  १०:११
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP