नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • 'हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड'
'हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड'
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ २९, २०८० बागेश्वरी पोस्ट
'हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड'

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य बजार क्षेत्र हो, वडा नम्बर ३ । यहाँको सबैभन्दा पुरानो बजार क्षेत्र समेटिएको वडा नम्बर ३ मा मधेशी र मुस्लिम समुदायको बसोबास छ । सरकारले हात्तीपाइले रोग विरुद्धको औषधि निरन्तर खुवाउँदै उन्मूलनको लक्ष्य लिए पनि औषधि सेवनदर अत्यन्त न्यून छ । सन् २०२१ मा २३ प्रतिशत कभरेज रहेकोमा २०२२ मा घटेर २२ प्रतिशतमा झर्यो । कभरेज बढ्नुको साटो घटेपछि सरोकारवाला चिन्तित भए ।

औषधि सेवनदर बढाउन जिल्ला तथा उपमहानगरपालिकाका स्वास्थ्य अधिकारीहरुसंगको परामर्श र छलफलका आधारमा आम औषधि सेवनको न्यून कभरेज भएको वडा नम्बर ३ लाई लैंगिक समानता तथा सामाजिक समावेशीकरण (लैससास) एकिकृत व्यवहार परिवर्तन प्रायोगिक (पाइलट) क्रियाकलापका लागि छनौट गरियो । पाइलट क्रियाकलापको मुख्य लक्ष्य आम औषधि सेवन सम्बन्धि सचेतीकरण गर्ने, समुदायको संलग्नता बढाउने र औषधि सेवन गराउनु थियो । त्यसका लागि दक्ष व्यवहार परिवर्तन समूह गठन गरी समुदायमा परिचालन गरिएको थियो । व्यवहार परिवर्तन समूहले आम औषधि सेवन कार्यक्रम सञ्चालन हुनु पूर्व सचेतना फैलाउने, घरदैलो गर्दै औषधि वितरण गर्ने, क्रमिक भेटघाट गरी आम औषधि सेवनका लागि प्रभावित गर्ने लगायतका कार्यहरु गरेको लैससासकी शोभा लामाले बताइन् ।

No description available.

पाइलट क्रियाकलापका मुख्य सिकाईहरुका बारेमा जानकारी गराउन आज नेपालगञ्जमा आयोजित कार्यशालामा लामाले औषधिप्रतिको गलत धारणा र बुझाई मुख्य समस्या भएको बताइन् । समाजका अगुवाहरुले औषधिबारे अफबाह फैलाउने गरेको पाइएको छ । पाइलट क्रियाकलापपछि हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन औषधि सेवनमा सहभागिता न्यून भएका सहरी क्षेत्रलाई दृष्टिगत गरी हात्तीपाइले र आम औषधि सेवनलाई सुदृढीकरण गर्न सहरी क्षेत्र अनुकूल स्थानीय आम औषधि सेवन रणनीति तयार गर्नुपर्ने, आम औषधि सेवन भन्दा अगाडि वा वितरणको दौरानलाई लक्षित गरी सूचना, शिक्षा र संवाद सामग्रीहरु सुधार गर्नुपर्ने र निर्दिष्ट सामाजिक परिचालनलाई समुदायमा सुदृढीकरण गर्नुपर्ने निष्कर्ष निकालिएको लामाले बताइन् । पाइलट क्रियाकलापका दौरान न्यून औषधि सेवन भएका टोलहरुमा २९१ घरधुरी मध्ये २४१ अर्थात ८२ प्रतिशत बजार क्षेत्रकै मानिसले औषधि सेवन नगरेको पाइएको छ । मधेशी र मुस्लिम समुदायको बसोबास रहेका अन्य वडाहरुमा पनि निकै कम कभरेज छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले स्वागत मन्तब्यसंगै कार्यशालाको उद्देश्यमाथि प्रकाश पारेका थिए । लैससासकी लामाले लैससास व्यवहार परिवर्तन प्रायोगिक (पाइलट) र औम औषधि सेवनमा सामाजिक परिचालनका महत्वपूर्ण सिकाई र सुझाबहरुबारे प्रस्तुतिकरण गरेकी थिइन् । भावी कार्यदिशाबारे समूहगत छलफल गरिएको कार्यशालामा नगर प्रमुख प्रशान्त विष्ट, प्रबक्ता प्रमोद रिजाल, वडा नम्बर ३ का वडा अध्यक्ष मो. अयुब सिद्दिकी, निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापा लगायतको सहभागिता थियो । कार्यशालामा सहजीकरण हात्तीपाइले फोकलपर्सन विनोद विकले गरेका थिए ।

No description available.

हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम २०७९ फागुन ११ गतेदेखि फागुन २१ गतेसम्म सञ्चालन गरिएको थियो । आम औषधि सेवन कार्यक्रम सञ्चालन हुनु पूर्व नेपाल सरकार र USAID को सहयोगमा Act to End NTDs/East को साझेदार संस्था WIHER ले हात्तपाइले उन्मूलन सम्बन्धित लैससास चुनौती तथा अवसरहरु पहिचान गर्नका लागि बाँके, दाङ र कपिलबस्तुमा पाइलट क्रियाकलाप सञ्चालन गरेको थियो ।

No description available.


प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १५:४७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
कोहलपुर नगरपालिकाले मनायो १२औं स्थापना दिवस
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
बालबालिका तथा अभिभावकलाई लागुऔषध विरुद्धको चेतनामूलक अभिमुखीकरण
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सेनेटरी प्याड बनाउन सिक्दै नेपालगन्जका मुस्लिम महिला
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रको नवनिर्मित तेस्रो तला उद्घाटन
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP