Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ २०, २०८३ बागेश्वरी पोस्ट
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न

नेपालगञ्ज । बास नेपाल (BAS Nepal) को २३औँ वार्षिक साधारण सभा तथा सामाजिक परीक्षण कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ ।

बास नेपालका संस्थापक सल्लाहकार रुद्र प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै उनले बास नेपालले विभिन्न परिस्थितिमा निरन्तर काम गर्दै आफूलाई अब्बल संस्थाका रूपमा स्थापित गर्न सफल भएको बताए । सार्वजनिक निकायको सेवा प्रवाहलाई चुस्त, दुरुस्त र पारदर्शी बनाउँदै सुशासनको बाटोमा अघि बढाउन बास नेपालको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ थियो । संस्थाको स्थापनाकालको स्मरण गर्दै उनले २३औँ साधारण सभाको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वकर्माले सुशासन र सामाजिक जवाफदेहिताका क्षेत्रमा बास नेपालको योगदान प्रशंसनीय रहेको बताए । बास नेपालसँग कोहलपुर नगरपालिकाले सहकार्य गर्दै आएको उल्लेख गर्दै उनले आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

गैरसरकारी संस्था महासंघ बाँकेका सल्लाहकार निर्मला सुनारले बास नेपाल देशव्यापी रूपमा नवीन सोच भएका युवाहरूको सक्रिय सञ्जालका रूपमा स्थापित भएको बताइन् । बास नेपालका सल्लाहकार किरण आचार्यले युवाहरूको अगुवाइमा क्रियाशील बृहत् संस्थाका रूपमा बास नेपालले आफ्नो पहिचान बनाएको बताए । महासंघका उपाध्यक्ष तारा खत्रीले बास नेपाल अन्य संस्थाहरूका लागि पनि अनुकरणीय संस्था बनेको उल्लेख गरिन्  ।

त्यस्तै, बास नेपालका सल्लाहकार पूर्णलाल चुकेले सुशासनको अभियानमा निरन्तर क्रियाशील बास नेपालको थप सफलताको शुभकामना व्यक्त गरे । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले बास नेपालले गर्दै आएका क्रियाकलाप प्रभावकारी र सकारात्मक भएकै कारण संस्था आम नागरिकको मनमस्तिष्कमा बस्न सफल भएको बताए । उनले सुशासनको पैरवी, उत्तरदायित्व र जवाफदेहिता प्रवर्द्धन गर्दै समुन्नत समाज निर्माणको अभियानमा बास नेपाल थप सफल हुँदै समाजको भरोसायोग्य संस्थाका रूपमा स्थापित हुँदै जाओस् भन्ने शुभेच्छा व्यक्त गरे ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष विष्णु श्रेष्ठले बास नेपालले समाज रूपान्तरणका लागि सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको बताए । सुशासनको आवाजको अगुवाइ गर्दै समुन्नत समाज निर्माणमा संस्थाको भूमिका अपरिहार्य रहेको उनको भनाइ थियो । कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष धीरेन्द्र शाहीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०८२/०८३ को सामाजिक परीक्षण कार्यक्रमको सहजीकरण सामाजिक परीक्षक दुर्लभ बोगटीले गरेका थिए ।

कार्यक्रमका अवसरमा बास नेपालको केन्द्रीय कार्यालय भवन निर्माणमा सहयोग गर्ने सन्ध्या गुप्ता, सुमित्रा मल्ल, अम्बिका गुरुङ र फनबहादुर गुरुङलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । त्यस्तै, बास नेपालको २०८३ भदौमा बर्दियाको ठाकुरद्वारामा सम्पन्न वार्षिक समीक्षा तथा योजना तर्जुमा बैठकमा नवीन योजना प्रस्तुत गर्ने निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी र कार्यक्रम अधिकृत रविन्द्र बोहरालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

साधारण सभाका क्रममा जनजीवन सेवा फाउन्डेसनका अक्षम द्विवेदी, शिव शुक्ला र भोजराज तिमिल्सिनाले रसुवा बाढीपीडितका लागि वितरण गर्ने गरी ५० थान हाइजिनिक किट बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मालाई हस्तान्तरण गरेका थिए ।

साधारण सभाको अवसरमा रक्तदान

बास नेपालको २३औँ साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्त सञ्चार केन्द्रको सहकार्यमा आयोजित कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, कार्यक्रम प्रबन्धक मन भण्डारी, जनसम्पर्क अधिकृत माधव कार्की, भीष्म लोध, रचना चौधरी, मेघा राना, तेज बोहरा, रोहन थारू, कर्ण रिमाल लगायतले रक्तदान गरेका थिए ।

बन्दसत्रमा वार्षिक तथा आर्थिक प्रतिवेदन अनुमोदन

उद्घाटनसत्रपछि सम्पन्न बास नेपालको २३औँ साधारण सभाको बन्दसत्रमा वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि व्यापक छलफल गरी अनुमोदन गरिएको थियो। साधारण सभाले चालु आर्थिक वर्षको वार्षिक कार्ययोजना समेत स्वीकृत गरेको छ । बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा सम्पन्न बन्दसत्रको सहजीकरण केन्द्रीय कार्यवाहक महासचिव कमलबहादुर शाहीले गरेका थिए ।


प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  २१:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
भोटेकोशी बाढीपीडितको राहतका लागि सुनाखरीद्वारा ५१ हजार सहयोग
भोटेकोशी बाढीपीडितको राहतका लागि सुनाखरीद्वारा ५१ हजार सहयोग
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP