Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ २०, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित

नेपालगञ्ज । योग समिति नेपालको ८औँ दीक्षान्त समारोह शनिबार नेपालगञ्जमा सम्पन्न भएको छ । चार महिने योग प्रशिक्षण पूरा गरेका २०८३ सालको नयाँ ब्याचका १६२ जना प्रशिक्षार्थी दीक्षित भएका छन् ।

योग समिति नेपालका अध्यक्ष एवं योगगुरु आयुर्वेदाचार्य डा. गिरिराजको अध्यक्षतामा आयोजित गुरुदीक्षा ग्रहण तथा प्रमाणपत्र वितरण समारोहमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालय भण्डारीलाल अहिरले योगलाई नेपालका हरेक नागरिकको जीवनशैलीसँग जोड्नुपर्ने बताए । उनले योग समिति नेपालले पहल गरेमा प्रत्येक वडामा योग हल निर्माणका लागि आवश्यक सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताए । योग जीवनको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै मन्त्री अहिरले योगको विकास र विस्तारका लागि लुम्बिनी प्रदेश सरकारका तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले योग स्वास्थ्यका लागि ‘सञ्जीवनी’ भएको बताए । योगले शरीरलाई स्वस्थ राख्नुका साथै मनलाई शान्त र सकारात्मक बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले नेपालगञ्जलाई योगमय शहरका रूपमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री खत्रीले हजारौँ नागरिकलाई योगसँग जोड्ने अभियान सञ्चालन गरेकोमा योगगुरु डा. गिरिराजप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा योग समिति नेपालका सल्लाहकारद्वय नन्दलाल वैश्य र मीन मल्ल लगायतले नेपालगञ्जलाई योगमैत्री शहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । चार महिने योग प्रशिक्षणमा सहभागी प्रशिक्षक, लिडर तथा सहायक प्रशिक्षकहरूलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न सात विधामा उत्कृष्ट योगदान गर्ने करिब ८० जनालाई योगगुरु डा. गिरिराजले मायाको चिनो प्रदान गरेका थिए । उत्कृष्ट तीन जनालाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

योग समिति नेपालका निवर्तमान सचिव चिरञ्जीवी ज्ञवालीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए । लामो समयदेखि योग अभ्यासमा सक्रिय डा. विनोद थापा, डा. कल्पना थापा, योग प्रशिक्षक भरत महतो तथा मिथिला सेवा समाजका अध्यक्ष रामलोचन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा योग समिति नेपालबाट हालसम्म ७३६ जना योग प्रशिक्षक उत्पादन भएको जानकारी दिइएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाभित्र प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब आठ हजार व्यक्ति योगसँग जोडिएको तथा बाँकेसहित विभिन्न जिल्लामा हालसम्म ६३ वटा योग केन्द्र सञ्चालनमा रहेको योग समिति नेपालकी उपाध्यक्ष लोकमाया सुवेदी (सुमित्रा) ले जानकारी दिइन् ।

योग समिति नेपालका पदाधिकारीहरूले संस्थाका परिकल्पनाकार एवं योगगुरु आयुर्वेदाचार्य डा. गिरिराजप्रति आभार व्यक्त गर्दै १८ जनाबाट सुरु भएको योग अभियान आज हजारौँ नागरिकसम्म विस्तार हुन सफल भएकोमा खुसी व्यक्त गरे । कार्यक्रम सञ्चालन योग समिति नेपालका सचिव टंक पौडेलले गरेका थिए ।


प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  २२:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
नेपालगञ्जमा ‘अपलिफ्ट’ परियोजना सुरु
भोटेकोशी बाढीपीडितको राहतका लागि सुनाखरीद्वारा ५१ हजार सहयोग
भोटेकोशी बाढीपीडितको राहतका लागि सुनाखरीद्वारा ५१ हजार सहयोग
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP