prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बागेश्वरी मन्दिर तलाउमा यस्तो देखियो छठ (फोटोफिचर)
बागेश्वरी मन्दिर तलाउमा यस्तो देखियो छठ (फोटोफिचर)
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, मंसिर ४, २०८० बागेश्वरी पोस्ट
बागेश्वरी मन्दिर तलाउमा यस्तो देखियो छठ (फोटोफिचर)

नेपालगन्ज । नेपालगन्जस्थित बागेश्वरी मन्दिर परिसरमा अवस्थित तलाउमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर धुमधामका साथ छ्ठ पर्व मनाइएको छ । मुख्य छ्ठ पूजा स्थल बागेश्वरी मन्दिर तलाउमा ठूलो संख्यामा भक्तजन उपस्थित भएर सूर्यको उपासना गरेका छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै छ्ठ समापन भएको छ ।

No description available.

आज विहान ब्रतालुले उदाउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । हिजो साँंझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो । सूर्य उपासनाको पर्व छठका लागि मन्दिर र तलाउ क्षेत्र सिंगारिएको थियो । यो तलाउ यहाँको मुख्य छठ पूजा स्थल हो । यहाँ छठको विशेष रौनक हुन्छ ।

सामान्यतया कार्तिक शुक्ल चौथीका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुुरु हुने भनिए पनि एक दिन पूर्व नै उसिनिएका धानको चामल, कोदो, माछा–मासु, मुसुरो सहितका धार्मिक अनुष्ठानका लागि अशुुद्ध मानिएका खाद्यबस्तु खान छाडेर ब्रतालुले छठको तयारी गर्ने चलन छ । षष्ठीको दिन विधिपूर्वक साँझको अर्घ्य दिने भए पनि यसको मुख्य विधि तीन दिन अगावैदेखि निष्ठापूर्वक सुरू हुन्छ ।

No description available.

चार दिनसम्म मनाइने छठको पहिलो दिन ब्रतालु नुहाएर चोखो हुन्छन् र ब्रत बस्ने संकल्प गर्छन् । यसलाई ‘नहाय(खाय’ भनिन्छ । दोस्रो दिन उपवास बसी साँझ चन्द्रमालाई साक्षी राखेर सूर्यदेवलाई आह्वान गरिन्छ । त्यसलाई खरनाका रुपमा मनाउने गरिन्छ । तेस्रो दिन विभिन्न किसिमका परिकार घरमै बनाएर साँझ पवित्र जलाशयमा गएर पूजाआजा गर्दै अस्ताउँदो सूर्यको अर्घ्य  दिने चलन छ । अन्तिम दिन विहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ समापन  हुन्छ ।

पारिवारिक सुख, शान्ति, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठमा सूर्यको आराधनाबाट सुख, समृद्धि र सन्तान प्राप्ति एवं चर्मरोग निको हुने जनविश्वास रहेको छ ।

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  ०८:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
लुटपाटको सामान तत्काल फिर्ता गर्न नेपालगन्ज उपमहानगरपालिकाको आह्वान
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
आगजनी गरिएको नेपालगन्ज उपमहानगरपालिकाले आइतबारदेखि सामान्य सेवा सुचारु गर्ने
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP