Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ २६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्ज उपमहानगरपालिकामा 'खोज र खोप' अभियान
नेपालगञ्ज उपमहानगरपालिकामा 'खोज र खोप' अभियान
बागेश्वरी पोस्ट
सोमबार, चैत १३, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकामा 'खोज र खोप' अभियान

नेपालगञ्ज । नेपालगञ्जमा पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि खोप लगाउन छुटेका बालबालिकालाई खोज्न थालिएको छ । खोज र खोप अभियान अन्तर्गत २३ वटै वडाका स्वास्थ्यकर्मीहरुका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । 

खोज र खोप अभियानलाई प्रभावकारी बनाउन वडा वडामा कार्यशाला गोष्ठी भइरहेका छन् । यसैक्रममा आज नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ र १२ मा गोष्ठी गरिएको छ । कार्याशाला गोष्ठीमा वडा अध्यक्ष, वडा सदस्यहरु, स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्थानीय विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

वडा नम्बर १ को गोष्ठी वडा अध्यक्ष एवम् वडा स्तरीय खोप समन्वय समितिका संयोजक प्रमोद रिजालको अध्यक्षता एवम् वडा नम्बर १२ को गोष्ठी वडा अध्यक्ष एवम् वडा स्तरीय खोप समन्वय समितिका संयोजक तरुणकुमार बज्राचार्यको अध्यक्षतामा भएको थियो । यसअघि वडा नम्बर २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १३, १४, १५, १६, १७, १८, १९, २१, २२ र २३ मा कार्यशाला गोष्ठी गरिसकिएको छ । अब वडा नम्बर २० मात्र बाँकी छ । 

No description available.

पूर्ण खोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गर्न वडा वडामा कार्यशाला गोष्ठी भइरहेको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए । युनिसेफको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाले सबै वडाका स्वास्थ्य केन्द्रहरुमा पुगेर कार्यशाला गोष्ठी गरिरहेको चन्दले बताए । 

वडा स्तरदेखि नै छुट बच्चाहरुको खोजी र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले कार्यशाला गोष्ठी गरिरहेको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए । 

नियमित खोप छुट बच्चाहरु, कारणको पहिचान र विश्लेषण गर्ने गरी कार्यशाला गोष्ठीबाटै कार्ययोजना बनाइरहेको बस्नेतको भनाई छ । पूर्ण खोप कार्यक्रमको लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्य पनि लिइएको छ । वडास्तरमा वडा अध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गर्ने उद्देश्य पनि रहेको जनस्वास्थ्य निरीक्षक तेज वलीले बताए ।

नेपालगञ्जलाई गत वर्ष नै पूर्ण खोप घोषणा गरिसकिएको छ । पूर्ण खोप घोषणा भएको नेपालगञ्जमा हालसालै दादुरा महामारी देखिएको थियो । दादुरा संक्रमित बालबालिकाले खोप नलगाएको पाइएको थियो । सिनियर अहेब अधिकृत गोरखनाथ योगीले बैशाखमा गर्ने पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि कोही पनि बालबालिका खोपबाट बञ्चित नहुन् भन्ने उद्देश्यले घरदैलो अभियान र सर्वेक्षण थालेको बताए ।

No description available.

No description available.No description available.


प्रकाशित मिति: सोमबार, चैत १३, २०७९, १९:२३:००
nepalgunj metro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिकलसेलका विरामीको राप्तीसोनारीले नि:शुल्क बीमा गरिदिने
सिकलसेलका विरामीको राप्तीसोनारीले नि:शुल्क बीमा गरिदिने
देशभरका अस्पतालमा १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
देशभरका अस्पतालमा १० प्रतिशत बिरामीको निःशुल्क उपचार गर्न निर्देशन
अबदेखि हवाई यात्रामा कोभिड खोपको कार्ड नचाहिने
अबदेखि हवाई यात्रामा कोभिड खोपको कार्ड नचाहिने
सर्पले टोकेर सहोदर दाजुभाइको मृत्यु
सर्पले टोकेर सहोदर दाजुभाइको मृत्यु
sadak division sub metro 1
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP