Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असोज १६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • विद्यालयहरुमा ई–हाजिरीको व्यवस्था
विद्यालयहरुमा ई–हाजिरीको व्यवस्था
बागेश्वरी पोस्ट
शनिबार, फागुन ३, २०७६ बागेश्वरी पोस्ट
विद्यालयहरुमा ई–हाजिरीको व्यवस्था

बाजुरा । नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि बाजुराको जगन्नाथ गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ ।

Prabhat+2
विद्यालयमा शिक्षकको निरन्तरता र विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन गाउँपालिकाले विद्युतीय हाजिरी सञ्चालन गरेको हो ।गाउँपालिकाबाटै निगरानी गर्ने गरी विद्युतीय हाजिरी शुरु गरिएको जगन्नाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताए ।

विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक आए नआएको जस्ता गुनासा सुन्न नपरोस् र शिक्षा विकासमा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी शुरु गरिएको उनको भनाइ छ ।

गाउँपालिकाले नमूना परीक्षणका लागि पहिलोपटक मावि तहका विद्यालयमा जडान गर्ने र विस्तारै अन्य गाउँपालिकामा रहेका सबै आधारभूत विद्यालयमा समेत जडान गर्ने तयारी थालिएको छ । तत्काल गाउँपालिकाको देवलकोट मावि, कैलाश मावि र सरस्वती माविमा पहिलोपटक विद्युतीय हाजिरी शुरु गरिएको प्रविधि अधिकृत एवं सूचना अधिकारी सिर्जना शाहीले जानकारी दिएकी छन् । विद्युत्, कम्प्युटर र अन्य आवश्यक सामग्री जडानपछि विद्युतीय हाजिरी शुरु गरिएको शाहीको भनाइ छ ।

विद्युतीय हाजिरी जडानसँगै शिक्षकले बिहान १० बजे र साँझ ४ बजे अनिवार्य रुपमा हाजिरी गर्नुपर्ने हुन्छ । शिक्षा विकासको विषयलाई प्रमुखताका साथ जोड दिएको गाउँपालिकाले जगदेखि नै शुरु गर्ने गरी कार्य थालनी गरेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीले बताए ।

विद्युतीय हाजिरी जडानपछि शिक्षक नियमित भएको र निगरानी गर्न पनि सजिलो भएको देवलकोट मावि विद्यालय व्यस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बमको भनाइ छ । शिक्षाको गुणस्तर सुधारकै लागि विद्युतीय हाजिरी जडान गरिएको र सामान्य भए पनि केही फरक पर्ने विश्वास गाउँपालिकाले लिएको छ ।

गाउँपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि अरु नयाँ अभ्यासको थालनी गरिरहेको छ । ई–हाजिरसँगै विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर गाउँपालिकास्तर बाटै छड्के अनुगमन र विद्यालयमा विद्यार्थी हाजिरी कार्डको पनि शुरुआत गरिएको छ ।

पछिल्लो समय विद्यालय आएका विद्यार्थी पनि बीचमै घर जाने, अधिकांश नियमित विद्यालय नआउने र शिक्षकले पनि प्रभावकारी शिक्षण सिकाइमा ध्यान नदिने जन गुनासो बढेपछि गाउँपालिकाबाटै अनुगमन र अध्ययन टोली खटाउने गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद गैरेले बताए ।रासस


प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६, १४:५७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खोज पत्रकारितालाई प्रोत्साहन गर्ने लुम्बिनीका मुख्यमन्त्रीको घोषणा
खोज पत्रकारितालाई प्रोत्साहन गर्ने लुम्बिनीका मुख्यमन्त्रीको घोषणा
नेपाल टेलिकमले ल्यायो समर अफर
नेपाल टेलिकमले ल्यायो समर अफर
नेपालभर १३ हजार बढी मिडिया सञ्चालनमा
नेपालभर १३ हजार बढी मिडिया सञ्चालनमा
भायानेटले ल्यायो नविकरण अफर, वार्षिक सदस्यतामा २ महिना निशुल्क
भायानेटले ल्यायो नविकरण अफर, वार्षिक सदस्यतामा २ महिना निशुल्क
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP