नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, साउन ५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विज्ञान-प्रबिधि
  • गृहपृष्ठ
  • विज्ञान-प्रबिधि
  • नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २२, २०८३ बागेश्वरी पोस्ट
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै

नेपालगञ्ज । नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधि' राष्ट्रिय सम्मेलन हुने भएको छ । लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तर्गतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाईको आयोजनामा शनिवार र आइतबार दुई दिन राष्ट्रिय सम्मेलन हुन लागेको हो । नेपालगञ्जमा आज पत्रकार सम्मेलनको आयोजना गरेर  राष्ट्रिय सम्मेलनबारे जानकारी गराइएको हो । नेपालगञ्ज-१४ महेन्द्रनगरस्थित प्रदेश सुशासन केन्द्रमा 'रूपान्तरणका लागि प्रविधिः लुम्बिनी प्रदेशको विकासका लागि इन्जिनियरिङ तथा सूचना प्रविधि (आइटी) समाधान–२०२६' नारासहित सम्मेलन आयोजना गर्न लागिएको इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थानका डिन डा. निरज केसीले जानकारी दिए ।

डा. केसीले प्राविधिक ज्ञानको प्रभावकारी कार्यान्वयनमार्फत समाजमा देखिएका समस्याको समाधान खोज्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनका अनुसार सम्मेलनमा विभिन्न विषयगत नौ वटा सत्र सञ्चालन हुनेछन् । विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालले सम्मेलनमा नवयुवा अनुसन्धानकर्ताहरूको अनुसन्धान प्रस्तुत गरिने तथा प्रविधिलाई लुम्बिनी प्रदेशको विकाससँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा प्यानल छलफल समेत आयोजना गरिने बताए । विभिन्न क्षेत्रका विज्ञहरूलाई वक्ताका रूपमा आमन्त्रण गरिएको उनले जानकारी दिए । उनले नेपालगञ्जलाई प्रविधिको केन्द्र (टेक्नोलोजी हब) का रूपमा विकास गर्न सम्मेलनले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे ।

विश्वविद्यालयका कुलसचिव सह-प्राध्यापक रेग बहादुर भण्डारीले समुदाय र प्राविधिक विश्वविद्यालयबीचको सम्बन्ध सुदृढ बनाउन सम्मेलन उपयोगी हुने बताए । सम्मेलन संयोजक चतुर्भुज भट्टका अनुसार वक्ता, विषयविज्ञ, अनुसन्धानकर्ता तथा विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहनेछ । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै प्रविधि क्षेत्रको विकास र नीतिगत कार्यदिशा निर्माणमा सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे । पत्रकार सम्मेलनको सहजीकरण विश्वविद्यालयकी अधिकृत तेजु कुमारी विष्टले गरेकी थिइन् ।


प्रकाशित मिति: शुक्रबार, जेठ २२, २०८३  १९:१३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
नेपाली बजारमा AI फिचरसहितको प्रिमियम ट्याब्लेट HONOR Pad V9 उपलब्ध
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
फिटनेस ट्र्याकिङलाई नयाँ उचाइमा लैजाने Huawei WATCH FIT 5 नेपालमा
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
नेपालगञ्जमा 'रूपान्तरणका लागि प्रविधिः राष्ट्रिय सम्मेलन' हुँदै
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
डिजिटल साक्षरता र नागरिक प्रविधिबारे तीन दिने कार्यशाला शुरु
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP