नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
  • शुल्क नबुझाएका र प्रक्रिया नपुगेका नामहरु इन्ट्री नगरेको हो : क्षेत्रीय सभापति खत्री
शुल्क नबुझाएका र प्रक्रिया नपुगेका नामहरु इन्ट्री नगरेको हो : क्षेत्रीय सभापति खत्री
बागेश्वरी पोस्ट
बिहीबार, असार १०, २०७८ बागेश्वरी पोस्ट
शुल्क नबुझाएका र प्रक्रिया नपुगेका नामहरु इन्ट्री नगरेको हो : क्षेत्रीय सभापति खत्री

नेपाली कांग्रेसको १४औं महाधिवेशन संघारमा छ । महाधिवेशनको गर्मी चढेको छ । क्रियाशील सदस्यता विवाद र कोभिड महामारीका कारण समयमै महाधिवेशन हुन सक्दैन कि भन्ने संशय त्यत्तिकै छ । तर, अब महाधिवेशन सार्ने छुट कांग्रेसलाई छैन । नयाँ क्रियाशील सदस्यताको विवाद टाउको दुःखाईको विषय बनेको छ । बाँकेमा पनि विवाद पेचिलो छ  । क्षेत्र नम्बर १ मा त झन् दन्तबझानको अवस्था छ । आरोप प्रत्यारोप चलिरहेको छ  । तीब्र राजनीतिक दाउपेचले नयाँ सदस्यता टुंगोको विषय फलामको चिउरा चपाउनु सरह बन्दैछ  । कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रित रहेर अब हामी निरन्तर संवाद गर्नेछौं । आजको बागेश्वरी संवादमा हामीले क्षेत्र नम्बर १ मा देखिएको क्रियाशील सदस्यता विवादका विषयमा क्षेत्रीय सभापति माधवराम खत्रीसंग संवाद गरेका छौं । प्रस्तुत छ, खत्रीसंग बागेश्वरी पोष्टका प्रधान सम्पादक नवीन गिरीले गरेको कुराकानीको सम्पादित अंश

१४औं महाधिवेशन निकै नजिक आइसक्यो, तपाईंको क्षेत्रमा कस्तो बन्दैछ माहोल ?

अब महाधिवेशनको माहोल बन्नु भन्दा पहिले नेपाली कांग्रेसको सदस्यता पाउनुपर्छ । क्रियाशील सदस्यता वितरण गर्ने, अद्यावधिक गर्ने, नवीकरण गर्ने, त्यसपछि त्यसैको आधारमा मतदाता नामावली तयार पारेर अनि अधिवेशनमा जाने हो । त्यस सन्दर्भमा चाहिँ हामी अब लगभग अन्तिम अन्तिम चरणमा पुग्दैछौं । हामीलाई केन्द्रले दिएको बटमलाइन जेठ २५ गतेसम्म इन्ट्री गरिसक्नुपर्छ भनेर भनेकोमा वडाबाट, गाउँपालिका, नगरपालिका, प्रदेशबाट क्षेत्रमा नाम आउनुपर्ने र त्यसरी नै जिल्लामा नाम जानुपर्ने हो । अब त्यो प्रक्रियामा केही कमीकमजोरी,  ल्याप्सेसका बाबजुद् पनि केही नामहरु हामीले इन्ट्री गर्न सफल भएका छौं, केही इन्ट्री गर्न छुटेको छ । हामीले समयमै भ्याएनौं । कोभिडको कारणले, लकडाउनको कारणले, त्यसपछि आएर केही विवादहरुका बीच केही कामहरु हुन सकेका छैनन् ।

तपाईंले केही ल्याप्सेस र कमीकमजोरी भन्नुभयो, खास के हो त्यो ? त्यसलाई अलि प्रष्ट भन्दिनुस् न ?

अब यसमा कस्तो छ भने वडाबाट गाउँपालिका/नगरपालिका, गाउँपालिका/नगरपालिकाबाट प्रदेश, प्रदेशबाट क्षेत्र, क्षेत्रबाट जिल्लामा जानुपर्ने हो । नवीकरणको कुरा पनि, नयाँको कुरा पनि यही हो । केन्द्रको विधि र पद्धतिले त्यही भन्छ । अब त्यसमा के भएको छ भन्नुहुन्छ भने ४० वटा फाराम केन्द्रबाट जुन आएको थियो, क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर १ लाई थाहै नदिएर, म क्षेत्र नम्बर १ को सभापति, पार्टी कार्यालयबाट ३ किलोमिटरभित्र बस्छु, तर ४२/४५ किलोमिटर टाढाको सचिवलाई बोलाएर फाराम वितरण गर्नुहुन्छ, क्षेत्रीय सभापतिलाई थाहै हुँदैन । अब यी सब यस्ता कुराहरु, ल्याप्सेसका कुराहरु भनेको मैले यही हो । मलाई थाहा नभएर त्यो वितरण भएको छ, क्षेत्रीय कार्यसमितिलाई थाहै नदिएर वितरण गरिएको छ । अनि आउने क्रममा पनि क्रियाशील सदस्यता नवीकरण गर्दाखेरी नगरबाट सिधै जिल्लामा क्रियाशील सदस्यता फाराम बाँडिएको छ, त्यो किन रैछ त भन्दाखेरी अहिलेको त्यो नामावली हेर्दाखेरी के देखिन्छ भने मरेको ठाउँमा जिउँदो मान्छेलाई राखिएको छ, रामसोहन थारु भन्ने कोहलपुर नगरपालिका वडा नम्बर ६ को अध्यक्ष जसको मृत्यु भइसकेको छ, उहाँको ठाउँमा एक जना बाहुन मान्छेलाई राखिएको छ । वडा नम्बर २ मा एक जना मणिरत्न भट्टराई भन्ने वित्नुभएको छ, उहाँको ठाउँमा बद्रि सापकोटा भन्ने हाम्रो ट्रेड युनियन कांग्रेसको नगर सभापति हुनुहुन्छ, उहाँको छोरा र छोरीको नाम राखिएको छ । यो कसले ग¥यो भन्दा त, जिल्लाले इन्ट्री गर्छ । अब उहाँहरु किन त्यसो गर्नुभयो त, क्षेत्र र प्रदेशलाई किन बाइबास गर्नुभयो भन्दाखेरी त धाँधली गर्न रैछ । त्यसकारण त्यसो गर्नुभएको रैछ ।

मैले यसअघि पार्टी जिल्ला सचिवसंग कुरा गर्दा त उहाँले क्षेत्रीय सभापतिले नवीकरण गर्नुपर्ने नामावली समयमै नदिएर आलटाल गर्नुभएकाले केन्द्रिय छानविन समितिसंग समन्वय गरेर तल्लो तहबाट आएको सिफारिका आधारमा प्रक्रिया पु¥याएरै गरेको बताउनुभएको थियो । केही त्रृटि भए उजुरी दिन सकिन्छ, सच्याउन सकिन्छ, खासै समस्या छैन भन्नुभएको थियो नि उहाँले त ?

यसमा दुई वटा कुरा छ, एउटा त विधि र पद्धतिमा जानुप¥यो र विधि र पद्धति अनुसार त शुल्क पनि लिनुप¥यो भनेको छ नि केन्द्रले । २ सय २० नवीकरणको लागि, ३ सय २० नयाँको लागि भनेको छ । शुल्क नलिएर हामीले फाराम बुझाउन त मिल्दैन नि । जस्तो वडाबाट आएको पैसा नगरले क्षेत्रलाई दिनुप¥यो, प्रदेशलाई दिनुप¥यो, प्रदेशको आफ्नो हिस्सा हुन्छ, क्षेत्रको आफ्नो हिस्सा हुन्छ, जिल्लाको आफ्नो हिस्सा हुन्छ । त्यसपछि केन्द्रमा पठाउनुपर्ने हुन्छ त्यो पैसा । त्यो पैसै नआएर जिल्लाले फाराम पठाइदेउ भनेर त भएन नि । हो, त्यो समस्या हो । अहिले पनि आरोप म माथि लगाइएको छ, झुठा आरोप, फाराम इन्ट्री गरेन भनेर । जुन जुन फारामहरुको पैसा आएको छैन, त्यसको इन्ट्री नै भएको छैन । पैसा त आउनुप¥यो नि । अनि कतिपय ठाउँमा विवाद छ । उजुरी आएको छ । क्षेत्रीय सभापतिजी तपाईंले यो गरेपछि पार्टी ध्वस्त हुन्छ, चुनावमा हराउन लागेका मान्छे, अन्तर्घातमा संलग्न भएका मान्छेलाई क्रियाशील दिइएको छ, हामीजस्तो जमानादेखि लागेका कांग्रेसी मान्छेले क्रियाशील पाएनौं भनेर उहाँहरुले भन्नुभएको छ । उजुरी दिनुभएको छ । विधि र प्रक्रिया पूरा भएको छैन । विधि र प्रक्रियाले के भन्छ भने क्रियाशील सदस्यको भेलाबाट भनेको छ के । नयाँ क्रियाशील कार्यसमितिको मिटिङबाट भनेको छैन । नवीकरणको हकमा कार्यसमिति भन्या छ, नयाँको हकमा क्रियाशील सदस्यको भेलाबाट भन्या छ । भेलामा तपाईंको कम्तिमा ५१ प्रतिशत बहुमत त हुनुप¥यो नि । त्यो नभएको ठाउँमा रोकिएको छ । यत्ति कुरा हो ।

प्रक्रिया पु¥याएर नआएपछि मैले इन्ट्री नगरेको हो भन्ने तपाईंको भनाई हो ?

एउटा त्यो हो, एउटा शुल्कको कारणले हो । दुई वटा कारणले रोकिएको छ । अर्को चाहिँ कस्तो छ भने जेठ २५ गते साँझ ६/७ बजे फारामहरु मलाई ल्याएर दिनुभएको छ । उहाँहरुको त इन्ट्री गर्न नसकिने भयो । किन भन्दाखेरी त्यसमा दुई वटा कुरा भयो, हामीले चार वटा कम्प्युटरमा अद्यावधिक गरेर फास्ट ट्रयाकबाट गर्न लागेको, हाम्रो जिल्ला नेतृत्व तहका मान्छेले कताबाट ब्ल्याकमेल गरेर हो कि ह्याकिङ गरेर हो कि, हाम्रो पासवर्ड चोरी भयो । पासवर्ड चोरी गर्न सफल हुनुभयो उहाँहरु । अनि बारम्बार फोन गरेर त्यो कम्प्युटरमा टाइप गर्ने मान्छेलाई, ए तैंले मेरो फाराम किन इन्ट्री गरिराछैनस्, किन राखिराछस् भनेर धम्की आउन थाल्यो । त्यसपछि हामीले ३÷४ घण्टा त्यसलाई बन्द गर्नुप¥यो, किन यस्तो भयो त भनेर पत्ता लगाउन लाग्नु प¥यो, त्यसले गर्दा इन्ट्री हुन नसकेको हो ।

तपाईंले त्यसमा आफ्ना मान्छे नदेखेर समस्या पो भयो कि... किनकी तपाईंहरु गुटगत हिसाबले गाइडेड भएको परिदृश्य जस्तो देखियो, हैन र ?

सुन्नु न, हेर्नुस् अब म क्षेत्रीय सभापति भएको हैसियतमा मैले कसैलाई गुट उपगुट भनेर हैन, मैले विधि पद्धतिले के भन्छ त्यो गर्ने हो । मैले हिजो फाराम पनि गुट उपगुटलाई बाँड्या हैन । मैले जुन पद्धिति र नीतिले भनेको छ । त्यही अनुसार फाराम वितरण गरेको छु । त्यही अनुसार फाराम लिएको पनि छु । जिल्लाले गरेको जस्तो नगरबाट, वडाबाट मैले सिधै फाराम मागेको पनि छैन । फाराम दिएको पनि छैन । विधि र पद्धतिबाट आउनुपर्छ, विधि र पद्धतिबाट आउँदा ढिलो भएको हो । त्यसकारण मैले गुट उपगुट गर्न खोज्या हैन । कुरा कहाँनेर हो भन्नुहुन्छ भने जुनमा विवाद छ, त्यो विवाद भएको ठाउँमा बहसको विषय बनेकै छ र बन्छ । कतिपय पैसाकै कारणले पनि रोकिएको छ । जहाँ इन्ट्री गर्न छुटेको छ, मैले टाइम पनि मागेको छु । केन्द्रसंग मैले लिखितरुपमा मलाई टाइम पुगेन भनेर इन्ट्री गर्ने टाइम दिनुप¥यो भनेर अनुमति पनि मागेको छु । मलाई केन्द्रले अनुमति दियो भने बाँकि जति सही सलामत इन्ट्री गर्नुपर्ने छुटेका छन्, तिनी इन्ट्री हुन्छन्, रह्यो कुरा मैले पाँच दिन भित्रमा यति इन्ट्री गर्नु पनि धेरै ठूलो कुरा हो । मैले पाँच दिन टाइम पाएको हो, केन्द्रले मलाई दिएको टाइम । मैले त्यसमा मेरा गुट र अर्को गुट होइन । मैले नगर सभापतिले, वडा सभापतिले, प्रदेश सभापतिले मलाई जे जे दिनुभएको छ, मैले त्यही त्यही गरेको छु । होला कहीँ लेख्ने क्रममा तलमाथि हुनसक्छ, म मान्न सक्छु । टाइप गर्ने मान्छेले मैले दिएको चिज टाइप गर्दागर्दै गलत टाइप गरेको हुन सक्छ, वडा फरक परेको हुन सक्छ, थर फरक परेको हुन सक्छ, त्यो त सच्चिन सक्छ नि । त्यो त सुधार हुन्छ ।

तर, नरैनापुरको १,२,३ र ५ नम्बर वडाको बैशाख ५/७ गते नै सबै प्रक्रिया पूरा गरेर पैसा सहित फाराम बुझाइए पनि डेढ सय बढी नामहरु इन्ट्री नै भएन भनिएको छ, यस्तो किन भयो त ?

हो, उहाँहरुले भनेको कुरा हो, बैशाखमा बुझाएको हो । तर, पैसा पाएको छैन । केही विवाद पनि आएको छ । म कहाँ फारामहरु आइसकेपछि केही उजुरीहरु पनि आएको छ । त्यो उजुरीको कारणले पनि हो । दुई वटा कारणले रुकेको अवस्था हो ।

क्षेत्रीय सभापतिमाथि यसप्रकारको आरोप लाग्नु त सुखद् कुरा भएन नि....हैन र ?

हैन, यो दुईवटा कुरा छ । यसमा एउटा कुरा के छ भने म क्षेत्रीय सभापति भएको हैसियतले कसैले किन भएन भन्ने कुरा विश्लेषण, तर्क, वितर्क गर्ने, साध्ने कुरा एउटा पाटो हो । तर, सोध्दै नसोधेर, स्पष्टीकरण नै नलिएर सिधै आरोप लगाउनु त पूर्वाग्रही कुरा भयो नि त ।

उहाँहरु जसको सदस्यता इन्ट्री भएको छैन, उहाँहरुले जिल्ला र केन्द्रमा उजुरी दिएको भन्नुभएको छ, अब के हुन्छ यसमा ?

यसमा यस्तो छ, विधानतः प्रारम्भिक छानविन समिति जिल्लाको हकमा सभापतिको संयोजकत्वमा तीन जनाको हुन्छ । त्यसपछि केन्द्रमा पनि हुन्छ । केन्द्रमा पनि दिनुभएको छ भन्ने मैले सुनेको छु । केन्द्रमा जानु भएको छ भन्ने पनि सुनेको छ । स्वयम् जिल्ला सचिवको नेतृत्वमा उहाँले लिडिङ गरेर जानुभएको छ भन्ने मैले सुनेको छु । अब रह्यो कुरा के हो भन्नुहुन्छ भने मैले नै खुद उहाँहरुले जे भन्न जानुभएको छ । मैले नै जेठ २५ गते लिखित निवेदन नै दिएको छु, केन्द्रिय छानविन समितिमा । नाम केही छुटेका छन्, केही विवाद निरुपण गर्न सकिएन, त्यसलाई फाइनल गर्न सकिएन, त्यसकारण मैले केही टाइम पाउँ भनेर निवेदन दिइसकेको छु । यसमा मेरा बद्नियत कहाँ देखियो र ?

क्षेत्रीय राजनीतिमा आफ्नो प्रभाव कायमै राख्न तपाईंले यस्तो गर्नुभएको हो भन्ने आरोप लागेको छ, आफूसंग असहमति राख्नेलाई तपाईंले ‘टार्गेट’मा पार्नुभयो रे, चुनाव जित्ने अंक गणितमा लाग्नुभयो रे, तपाईं क्षेत्रीय सभापति भएकाले सबैलाई समेट्नु पर्थेन र ?

हैन, हैन । मैले समेट्ने भन्दा पनि विधि र पद्धतिले जे भन्छ त्यसमा म जानुपर्छ हेर्नुस् । मैले कसैलाई काखा कसैलाई पाखा चाहेर पनि गर्न सक्दैन । मनमा भएपनि त्यो विधि र पद्धतिमा रहनैपर्छ । वडा कार्यसमितिको वडा भेलाले गरेको निर्णय छ भनेपछि मैले मान्नुपर्छ, मैले गर्नुपर्छ तर पैसा त चाहियो नि, शुल्क त चाहियो नि । यो दुईटै कुरा गरेको छ भने इन्ट्री हुन्छ ।

त्यसो भए पैसा पाएपछि ती नाम इन्ट्री गर्छु भनेर तपाईंले भनिसक्नुभएको छ, हैन ?

एकदम, पैसा आउनुप¥यो, विवाद हुनुभएन, त्यो हुन्छ । तर, जहाँ विवाद छ, भेला छैन, घरमा बसेर हँचुवाको भरमा लेटरप्याडमा लेखेको भरमा त्यसरी इन्ट्री त हुँदैन नि ।

अब अन्त्यमा, तपाईंको चौधौं महाधिवेशनमा के मा उम्मेदवारी दिने तयारी हो, कतिपयले क्षेत्रको राजनीति गरिसक्या भएर अब जिल्लातिर कदम चाल्नुहुन्छ कि भन्ने अनुमान गरेका छन्, के छ तयारी तपाईंको, के सोच्दै हुनुहुन्छ ?

अब साथीभाईहरुसंग सरसल्लाह गर्न बाँकि नै छ । साथीभाईहरुको सरसल्लाह अनुसार हुने नै छ । अब निर्वाचनमा लड्नु त पर्ला नै । अब यसमा भन्ने कुरा म क्षेत्रमा बसिराख्या भएर क्षेत्रमै गर्दा उपयुक्त हुन्छ कि भन्ने मेरो सोच हो । अब साथीभाईहरुले जे भन्छन्, त्यही अनुसार अघि बढ्नुपर्ला ।

त्यसो भए फेरि क्षेत्रीय सभापतिमा लड्ने तपाईंको तयारी हो भनेर बुझ्नुप¥यो, हैन ?

फेरि क्षेत्रीय सभापति हुन पाए हुन्थ्यो भन्ने चासो त छ, तर अब साथीभाईहरुले कता लड्ने भन्छन्, साथीभाईहरुको भावनालाई पनि कदर गर्नुप¥यो । आफूले मात्र सोचेर भएन ।


प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १७:५७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संविधान संशोधनका लागि छिटो गृहकार्य थालौं: शेखर कोइराला (अन्तर्वार्ता)
संविधान संशोधनका लागि छिटो गृहकार्य थालौं: शेखर कोइराला (अन्तर्वार्ता)
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छः सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छः सभामुख घिमिरे
क्षेत्रीय सभापतिको पार्टी कब्जा गर्ने बद्नियतले समस्या बढेको हो : गिरी
क्षेत्रीय सभापतिको पार्टी कब्जा गर्ने बद्नियतले समस्या बढेको हो : गिरी
शुल्क नबुझाएका र प्रक्रिया नपुगेका नामहरु इन्ट्री नगरेको हो : क्षेत्रीय सभापति खत्री
शुल्क नबुझाएका र प्रक्रिया नपुगेका नामहरु इन्ट्री नगरेको हो : क्षेत्रीय सभापति खत्री
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP