Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ १५, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
अन्तर्वार्ता
  • गृहपृष्ठ
  • अन्तर्वार्ता
  • क्षेत्रीय सभापतिको पार्टी कब्जा गर्ने बद्नियतले समस्या बढेको हो : गिरी
क्षेत्रीय सभापतिको पार्टी कब्जा गर्ने बद्नियतले समस्या बढेको हो : गिरी
Vianet
बागेश्वरी पोस्ट
शुक्रबार, भदौ ४, २०७८ बागेश्वरी पोस्ट
क्षेत्रीय सभापतिको पार्टी कब्जा गर्ने बद्नियतले समस्या बढेको हो : गिरी

 

पटक पटक सर्दै आएको नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि नयाँ मितिमा धकेलिएको छ । पछिल्लो पटक निर्धारित मितिमा हेरफेर भएन भने भदौ १८ देखि तल्लो तहका अधिवेशन शुरु हुन्छन् । तर, निकै पेचिलो बनेको क्रियाशील सदस्यता विवाद अझै टुंगिन सकेको छैन । भदौ २ गतेसम्म टुंग्याउने भनिएपनि अझै टुंगिन सकेको छैन । बाँकेको क्षेत्र नम्बर १ पनि विवादको घेराभित्र छ । यहाँको विवादको घेरा साँघुरो हुनुको साटो झन बढेर गएको बताइन्छ । समायोजनका नाममा संस्थापन पक्षले मनोमानी गरिरहेको आरोप छ । कांग्रेसको १४औं महाधिवेशनमा केन्द्रित रहेर हामी निरन्तर संवाद गरिरहेका छौं । आजको बागेश्वरी संवादमा हामीले क्षेत्र नम्बर १ मा देखिएको क्रियाशील सदस्यता विवादका विषयमा क्षेत्रीय सचिव डिल्ली गिरीसंग संवाद गरेका छौं । प्रस्तुत छ, गिरीसंग बागेश्वरी पोष्टका प्रधान सम्पादक नवीन गिरीले गरेको कुराकानीको सम्पादित अंश

बाँके क्षेत्र नम्बर १ को क्रियाशील सदस्यता विवाद टुंगियो त ?
यो विवाद भएको लामो समय भयो । अहिलेसम्म विवाद टुंगिएको छैन । १८ गते वडा अधिवेशन तय गरिएको छ । तर, अहिले तपाईंंसंग मैले कुरा गर्दै गर्दाको समयसम्म पनि विवाद टुंगिएको छैन । विवाद अझ बढेर गएको छ ।

विवाद नसुल्झेर बढिरहनुको चुरो कुरो के हो ?
वडा कार्यसमिति र वडा भेलाले निर्णय गरी शुल्क बुझाएरै पठाएका नामहरु गाउँ नगरबाट अनुमोदन हुँदै प्रदेश क्षेत्रीय कमिटिले निर्णय गरेर पठाएकोमा क्षेत्रीय सभापति माधवराज खत्रीको उपस्थिति र निर्देशनमा ती क्रियाशील सदस्यको नामावलीलाई लत्याएर आफू अनुकुलका मान्छे केन्द्रमा सिफारिस गरेर पठाइएकाले शुरुमा विवाद सिर्जना भएको हो । त्यसमा उहाँले नरैनापुरका तीन वटा वडा कोल्याप्स बनाउनुभएको थियो । वडा नम्बर १, ३ र ५ उहाँले कोल्याप्स बनाउनुभयो । वडा नम्बर २ मा ४० जनामा १५ जनाको नाम मात्र इन्ट्री गर्नुभएको थियो । त्यसमा पनि ८ जना सिफारिस नगरिएका मान्छे थिए । त्यस्तै कोहलपुरको ८ र १२ नम्बर वडा उहाँले कोल्याप्स पार्नुभएको थियो । वडा नम्बर १० को ४५ जना छुटेका थिए । राप्तीसोनारीको पनि त्यस्तै अवस्था थियो । उहाँले नितान्त नियतबश यो काम गर्नुभएको थियो । तानाशाह, सर्वसत्ताबाद, मैमत्ताबाद—यी शब्दहरु म उहाँलाई प्रयोग गर्छु । यसरी उहाँले यो प्रबृत्तिले केन्द्रमा नाम सिफारिस गर्नुभयो । यो भइसकेपछि हामी केन्द्रमा आयौं । छानविन समितिमा हामीले उजुरी ग¥यौं । उहाँ पनि यहाँ आउनुभयो । छानविन समितिले हामीलाई बसायो । त्यसपछि नामहरु इन्ट्री गर्ने कुरा भयो । त्यति भएपछि हामी बाँके फर्कियौं । तर, उहाँले फेरि पछि समायोजनका नाममा अझ धेरै आफ्ना प्याकका मान्छे थप्नुभएछ । यसले विवाद झन बढेर गएको छ ।

वडाले सिफारिस नै नगरेका नामहरु कसरी इन्ट्री हुन सम्भब भयो त ? केन्द्रले यसमा छानविन गरेन ?
तपाईंसंग कुरा गरिरहँदा यतिबेला म काठमाण्डौमै छु । मलाई साह्रै दुःख लागेको छ । केन्द्रमा क्रियाशील सदस्यताको काम गर्ने जुन सचिवालय छ, यो नै उहाँ (माधबराम खत्री) कै पक्षमा छ । त्यसकारण फर्जी नामहरु इन्ट्री भइरहेको छ । संस्थापन इतर पक्ष भनेर हामीलाई ट्याग लगाइयो । संस्थापनवालाहरुको सबैतिर पहुँच छ । त्यही पहुँचको आधारमा उहाँले इन्ट्री गराउनुभएको छ । आफूले चाहेका मान्छेको नाम इन्ट्री गराउनुहुन्छ, आफूले नचाहेका मान्छेको नाम फाल्नुहुन्छ ।

विवाद झनै बढेर गएको अवस्थामा समस्या कसरी सुल्झिन्छ त, तपाईंहरुको बटमलाइन के हो ?
हाम्रो बटमलाइन भनेको त पार्टीले जुन नीति, नियम, निर्देशिका बनाएको छ, त्यसको आधारमा वडा तहबाट प्रक्रिया पु¥याएर आएका नामावलीलाई अनुमोदन गरियोस् भन्ने हो । यो बाहेक हाम्रो अर्को कुनै कुरै छैन । वडाबाट आएका नामलाई क्षेत्रीय सभापतिले खुरुखुरु इन्ट्री गरिदिँदा त यसमा कुनै समस्यै छैन । समस्या त क्षेत्रीय सभापतिको मनोमानी र मनपरीले गर्दा सिर्जना भएको हो । अब यतिसम्म भयो कि म बहालवाला सचिव मेरै नाम छैन । क्रियाशील छानविन समितिले प्रतिवेदन बुझाउँदासम्म मेरो नाम थियो । तर, पछिल्लो एक हप्ताकै बीचमा मेरो नाम गायब गरियो । यतिसम्म हर्कत भइरहेको छ ।
 
कस्तो विडम्बना क्षेत्रीय सचिवकै नाम गायब भएछ, यसको अन्तरकथा के हो ?
म अचम्म परेको छु । यस्तो किन गरियो होला भनेर । जसको सचिवालयमा पहुँच छ, उसले भन्दा अरु कसले गर्न सक्छ ? जसले आफूलाई संस्थापन पक्ष, हामी नै पार्टी हो, हामी नै बलियो छौं, हामी नै कांग्रेस हौं भनेर दम्भ देखाइरहनुभएको छ, उहाँहरु भन्दा अरु कसले यस्तो गर्न सक्छ ? मैले क्षेत्रीय सभापतिमा दाबेदारी गरिरहेका कारण केहीलाई अपच भएको छ, उनैहरुले यस्तो गरेका होलान्, तर पनि म विस्तृतमा खोजी गर्दैछु यसको कारण ।

तपाईं त क्षेत्रीय सचिव, जिम्मेवार मान्छे, क्षेत्रीय सभापति एक्लैले यो सबै काम गर्न सम्भब थियो त ? तपाईंको यसमा जिम्मेवारी हुँदैन ?
निश्चय नै । म निर्वाचित सचिव हुँ । साथीहरुले मलाई काम गर्ने जिम्मेवारी सम्पनुभयो । म त्यही हिसाबले लागेको पनि हो । तर, बिडम्बना हाम्रो पार्टी माथि केन्द्रदेखि तल्लो तहसम्म सबै सभापतिमार्फत् चल्ने पार्टी । एकल हिसाबले चलाउने परिपाटी छ । त्यस्तो नहुनु पर्ने हो । तर, भइरहेको छ । १३ औं महाधिवेशनमा माधवजी एउटा टिमबाट जित्नुभएको हो, मैले अर्को टिमबाट जितेको हो । हामीले निर्वाचन जितेपछि दुईटा अलग अलग टिम भएर प्रस्तुत हुँदा पार्टी चल्दैन भन्ने हिसाबले मिलेर पार्टी बनाउनुपर्छ भन्ने कुरालाई हृदयंगम गर्दै अघि बढ्ने प्रण ग¥यौं । यसमा अग्रज नेताहरु निरन्जनसिंह सिजापति र तप्त पौडेलले मध्यस्थता गर्नुभयो । त्यसपछि मैले भने सभापतिजी तपाईं सफल हुनु भनेको म सफल हुनु हो । मैले तपाईंलाई पूर्णरुपमा सहयोग गर्छु । तर, नीति र नियमभित्र रहर मात्र काम गर्छु । तपाईंले व्यक्तिगत स्वार्थको काम भन्नुभयो भने म त्यो पक्षमा छैन भनेर मैले भनें । पार्टीको काम म प्रतिबद्ध भएर गर्छु भनेर बचनबद्ध भएँ । मैले यो कुराको पालना स्थानीय तहको चुनावसम्म गरेँ । मेरो दुर्घटना भएर खुट्टा भाँचिएको बेला समेत बैशाखी टेकेर मैले काम गरेको छु । तर, स्थानीय चुनावमा उहाँले एकलौटी काम गर्न खोज्नुभयो । माइनट लिएर भाग्नुभयो । होटलमा बसेर एकलौटी निर्णय गर्नुभयो । एकलौटी टिकट बाँड्नुभयो । त्यसपछि उहाँ र मेरो दुरी बढ्यो । उहाँले त्यसपछि बैठक नै बसाउनुभएको छैन । बैठक बसाएपनि गुटगत बैठक बसाउनुहुन्छ । निर्वाचित सचिवलाई केही थाहा नै हुँदैन । यो हिसाबले उहाँ अगाडि बढिरहँदा उहाँसंग काम गर्ने अवस्था बनेन । मैले विधि, विधान, पद्धति अनुसार चल्न नियमित बैठक र संस्थागत निर्णयका लागि बारम्बार आग्रह गरें । तर, उहाँले नजरअन्दाज गर्नुभयो । उहाँलाई मैले पठाएका मेसेज, मेले गरेका फोन कल सबै मसंग सुरक्षित छन् । मैले क्रियाशील फाराम वितरणका लागि बैठक बसौं सभापतिज्यू भनेर मेसेज गर्दा, त्यसका लागि फोन गर्दा कहिल्यै रिप्लाई आएन । पार्टी कार्यालयमा बसेर नाम इन्ट्री गरौं भन्दा पनि मान्नुभएन । एकलौटी ढंगले चल्नुभयो । यसमा मलाई उहाँले सहभागी नै गराउन चाहनुभएन ।

तर, क्षेत्रीय सभापति र तपाईंहरु (संस्थापन इतर) बीच कसले धेरै क्रियाशील सदस्यता बनाउने भन्ने लडाईं हो यो भन्छन् नि ?
बाहिरबाट हेर्दा त्यस्तो लाग्न सक्ला । तर, त्यो हुनै सक्दैन । बढी त उहाँले बनाइसक्नुभयो त । अब हामीले बढी बनाउने त ठाउँ नै छैन । किनकी हाम्रो पहुँच छैन त्यो ठाउँमा । उहाँले बढी बनाइसक्नुभयो । तर, उहाँले गलत हर्कतले गरेका काम रोक्नुपर्छ भन्ने मात्रै लडाईं हो अब । उहाँले गरेका गलत काम रोक्ने कुरा मात्रै अब ।

एकले अर्कोलाई सिध्याउने घृणित खेलले अन्ततः धक्का त कांग्रेसलाई नै लाग्छ नि हैन र ?
मलाई पनि दुःख लाग्छ । आखिर हामी सबै कांग्रेस हौं । कांग्रेसलाई नै कमजोर बनाउने खेल हामी किन खेल्छौं ? यो चिन्ताको विषय हो । आफू बन्न पार्टी सिध्याउने परिपाटी हाबी हुनु दुःखद् कुरा हो । हामी कसैलाई सिध्याउने भन्दा पनि विधि, पद्धति र संस्कारको लागि लडिरहेका छौं । कांग्रेस बनाउने कुराको चिन्ता हामीलाई हो । मैले माधवजीलाई बारबार भनेको छु । मैले संगै बसेर उहाँलाई भनेको छु—‘माधव दाई तपाईं बराबरको पदीय हैसियत भएको नेता एक नम्बर क्षेत्रमा छैनन् । एक दशक क्षेत्रीय सभापति भएको मान्छे तपाईं । क्षेत्रीय सभापति हुँदाहुँदै प्रतिनिधिसभामा चुनाव लडेको मान्छे, त्यसैले तपाईं गुटको नेता होइन सबैको नेता बन्नुस्’ मैले भनेको छु । सल्लाह दिएको हुँ । तर, उहाँ गुटको नेता बन्न खोज्नुभयो । मैले उहाँलाई भनें ‘तपाईंले वडा तहबाट सिफारिस भएर आएका क्रियाशील बन्न योग्य ५ सय मानिसलाई जानीजानी छुटाइदिनुभयो । ती मानिस तपाईंका विरुद्ध लागे तपाईंको के हुन्छ हबिगत ?’ तर, उहाँ सच्चिन खोज्नुहुन्न । हेर्नुस् जब नेतृत्वमा बस्ने मान्छेले अरुलाई न्यायको आँखाले हेर्न सक्दैन, समस्या आउँछ । हाम्रो एक नम्बरमा भएको पनि त्यही हो । अन्यायको आँखाले हेर्ने काम भएको छ । १३ औं महाधिवेशनमा उहाँसंग काँधमा काँध मिलाएर हिंडेका मान्छे को छन् अहिले उहाँसंग ? सबैलाई लखेट्ने ? सबैलाई माइनस गर्ने ? यही हो उहाँको प्रबृत्ति ।

तर, तपाईंहरुको पार्टीमा तपाईंहरुले जसलाई क्रियाशील सदस्यको लागि सिफारिस गर्नुहुन्छ, उनीहरु नै अर्को पार्टीमा गइदिने, कस्तो विडम्बना हो, कोहलपुरमा त्यस्तै घटना भयो । क्षेत्रीय समितिमा हुनुहुन्छ तपाईं । यो लाज लाग्ने कुरा होइन ?
यो कस्तो भयो भन्दा नि हामी पार्टी बनाउनतिर लागेनौं । हामी व्यक्ति बनाउनतिर लाग्यौं । पार्टीमा निरन्तर क्रियाशील व्यक्तिहरु पाखा लगाउँदै आफ्ना मान्छे खोज्यौं । म एउटा उदाहरण दिन्छु-कोहलपुर २ का नेविसंघका एक जना केन्द्रिय सदस्य कमल शाही जसको रगतमा कांग्रेस छ, उ जस्ता व्यक्तिलाई क्रियाशील नदिएर कांग्रेसै नबुझेको, कांग्रेसमै क्रियाशील नभएका व्यक्तिलाई कागजमा कांग्रेस बनाएर क्रियाशील बाँड्ने काम भयो । यसले समस्या भएको हो । कसैको घरमा बसेको भरमा, कसैको घरमा भात खाइदिएको आधारमा कांग्रेस बनाएर हुन्छ ? उनीहरु न हिजो कांग्रेस थिए, न आज भए । जहाँ हुन् त्यहीँ गए । आफूलाई बलियो बनाउन जथाभावी क्रियाशील बाँड्दा यस्तो भएको हो । यसको जिम्मेवारी क्षेत्रीय सभापतिले लिनुपर्छ । विना अनुहार नाम मात्रै बाचन गरेर पार्टीको सदस्यता बाँड्ने केन्द्रिय सदस्यले लिनुपर्छ ।

यहाँले अघि समायोजनका नाममा भएको बेथितिको कुरा त गर्नुभयो, फोरम लोकतान्त्रिक, राप्रपा लगायतका पार्टीबाट आएका नामावलीमा पनि कांग्रेस कार्यकर्ताको नाम छ भन्ने सुनियो ? के हो सत्यता ?
फोरम लोकतान्त्रिकले चुनावमा ल्याएको भोट कति ? राप्रपाले ल्याएको भोट कति ? स्थानीय तहकै कुरा गर्दा ती दलले तत्कालीन अवस्थामा कोहलपुर, राप्तीसोनारी र नरैनापुरमा ल्याएको मत कति हो भनेर अहिले पनि हामी डाटा विश्लेषण गर्न सक्छौं । जस्तै उदाहरणका लागि नरैनापुरको वडा नम्बर ५ मा कांग्रेसले जितेको छ । कांग्रेसको राम्रो पकड भएको वडा हो त्यो । त्यहाँ कांग्रेसका क्रियाशील सदस्य २९ जना छन् । स्थानीय चुनावमा १० भोट ल्याएको तत्कालीन फोरम लोकतान्त्रिकका क्रियाशील सदस्य डेढ सय जना हुन्छन् ? यस्तो पनि हुन्छ ? समायोजनका नाममा अरु पार्टीका भनेर हिजैका कांग्रेस जसले उहाँ (माधवराम खत्री) लाई माया गर्छन्, उनीहरुको नाम आएको छ । विगतमा जसलाई उहाँले आफ्ना आसेपासे ठान्नुहुन्थ्यो तिनै मान्छेको नाम छ । यतिसम्म भएको छ कि माधवजीको भाई विजय केसी राप्तीसोनारी १ का बासिन्दा हुनुहुन्छ, उहाँ कांग्रेसको क्रियाशील सदस्य हो । तर, उहाँ कहिलेदेखि फोरम लोकतान्त्रिक हुनुभयो र नरैनापुरको वडा नम्बर ४ मा जानुभयो ? यस्तो लाजमर्दो काम पनि गर्ने हो ? जहाँ मधेशीको बसोबास नै छैन, त्यहाँ मधेशीको नाम छिराउने । जहाँ पहाडी छैनन्, त्यहाँ पहाडीको नाम छिराउने । यो त नितान्त समावेशिताको नाममा फर्जी काम गरेर पार्टी कब्जा गर्ने नियत बाहेक केही होइन । उहाँको यो कामलाई सचिवालयले साथ दिएको छ । त्यसैले उहाँ यस्तो हर्कत गर्न सकिरहनुभएको छ ।

अब अन्त्यमा, यस्तो अवस्थामा भदौ १८ को वडा अधिवेशन कसरी सुनिश्चित होला त ?
आशा गरौं अब एक दुई दिनमै विधि, विधान, नियम र निर्देशिका बमोजम पार्टी बचाउने र बनाउने कामलाई मलजल हुने गरी असल नियतका साथ उचित निर्णय हुनेछ । यो विवादलाई सही तरिकाले टुंग्याएर अधिवेशनको माहोल बन्नेछ । त्यसो भयो भने हामी पनि जिल्लामा पुगेर अधिवेशनको माहोलमा होमिन्छौं ।


प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८, १७:४१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शुल्क नबुझाएका र प्रक्रिया नपुगेका नामहरु इन्ट्री नगरेको हो : क्षेत्रीय सभापति खत्री
शुल्क नबुझाएका र प्रक्रिया नपुगेका नामहरु इन्ट्री नगरेको हो : क्षेत्रीय सभापति खत्री
वडाले सिफारिस गरेका क्रियाशील सदस्यता इन्ट्री नगर्नु क्षेत्रीय सभापतिको राजनीतिक अपराध होः सचिव पौडेल
वडाले सिफारिस गरेका क्रियाशील सदस्यता इन्ट्री नगर्नु क्षेत्रीय सभापतिको राजनीतिक अपराध होः सचिव पौडेल
माधव नेपाल समूहकै कारण चुनावमा जानु परेको हो:  पार्वत गुरुङ
माधव नेपाल समूहकै कारण चुनावमा जानु परेको हो: पार्वत गुरुङ
निर्मला पन्तका हत्यारालाई कारवाहीको दायरामा ल्याउन निरन्तर अनुसन्धान जारी छ
निर्मला पन्तका हत्यारालाई कारवाहीको दायरामा ल्याउन निरन्तर अनुसन्धान जारी छ
Jana Swasthya Office narainapur 101
narainapur 102
निर्वाचन-२०७९
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP