Skip This
Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहिवार, फाल्गुन १३, २०७७ ०८:१०:१९ युनिकोड पुरानो वेबसाइट
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • खेलकुद
  • कला
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
  • थप
    • विश्व
    • स्वास्थ्य
    • पत्रपत्रिकामा
    • रोजगारी सूचना
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • शिक्षा
    • राशिफल
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
पत्रपत्रिकामा
  • Home
  • पत्रपत्रिकामा
  • चुनाव खर्च ८ अर्ब लाग्ने अनुमान, तयारीमा जुट्यो निर्वाचन आयोग
चुनाव खर्च ८ अर्ब लाग्ने अनुमान, तयारीमा जुट्यो निर्वाचन आयोग
64x64
सोमवार, माघ ५, २०७७ छापाबाट
निर्वाचन आयोग नेपाल

नेपालगन्ज । निर्वाचन आयोगले वैशाख १७ र २७ गते गरी र्२ चरणमा हुने गरी तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि करीब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । 

आयोगले आइतवार अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करीब ८ अर्ब खर्च लाग्ने प्रारम्भिक निष्कर्ष निकालेको हो ।

आयोगले यसपटक कोभिड–१९ लाई समेत मध्यनजर गरेर निर्वाचन तयारी गर्नुपर्ने भएकाले अघिल्ला निर्वाचनभन्दा खर्च केही बढ्ने अनुमान गरेको छ । सो विषयमा प्रारम्भिक खाका बनाउने काम भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

संसद् विघटनको घटनापछि सरकारको सिफारिसमा २ चरणमा गर्ने गरी तोकिएको निर्वाचनको तयारी गर्न आयोगले निर्वाचन कार्यायोजनासमेत तयार गर्दै गरेको छ । आयोगले कार्ययोजनामा निर्वाचन तालिकादेखि निर्वाचन कार्यक्रम र खर्च तथा व्यवस्थापनका विषयलाई समेट्दैछ ।

यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च लागेको थियो । त्यस बखतको निर्वाचनमा सरकार, सुरक्षा निकाय, पर्यवेक्षक लगायतमा तीनै तहको निर्वाचनमा गरी ३० अर्बभन्दा बढी खर्च भएको थियो ।

यसअघि २०६४ निर्वाचनमा आयोगका लागि मात्र २ अर्ब २५ करोड खर्च लागेकामा २०७० सालमा बढेर ४ अर्ब ५२ करोड खर्च भएको थियो । आयोगले निर्वाचनकै सन्दर्भमा आइतवार राजनीतिक दलका प्रतिनिधिलाई समेत बोलाएर निर्वाचन तयारीबारे छलफल गरेको छ । निर्वाचन घोषणा भएपछि आफ्नो पक्षबाट हुँदै आएको तयारी र भइरहेका कामबारे आयोगले राजनीतिक दलका प्रतिनिधिलाई जानकारी गराएको हो ।

आयोगमा भएको छलफलमा संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिलाई बोलाइएको थियो । आयोगका प्रवक्ता श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४७ मा भएको व्यवस्थाअनुसार राजनीतिक दलका प्रतिनिधिलाई आयोगमै बोलाएर मतदाता अद्यावधिक कार्यक्रम र तयारीबारे अवगत गराएको जानकारी दिए ।

श्रेष्ठले आयोगले निर्वाचन कार्यक्रम, मतदाता नामावली अद्यावधिक कार्यक्रम, मतदान स्थल तथा मतदान केन्द्र निर्धारण र पुनरावलोकन कार्यक्रमबारे छलफलका क्रममा दलहरूलाई जानकारी गराएको बताए ।

‘आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४७ मा भएको व्यवस्थाअनुसार निर्वाचन तयारी, निर्वाचन कार्यक्रम, मतदाता नामावली अद्यावधिक कार्यक्रम, मतदान स्थल तथा केन्द्र निर्धारण र पुनरावलोकन कार्यक्रमबारे दलहरूलाई जानकारी गराएको हो,’ आयोगका प्रवक्ता श्रेष्ठले भने ।

उनले छलफलका क्रममा दलका प्रतिनिधिसँग आयोगले आफूले गर्दै आएका काममा दलका स्थानीय प्रतिनिधिको समेत साथ मागेको जानकारी दिए । छलफलका क्रममा आयोगले निर्वाचन कार्यक्रममा सहभागी हुन राजनीतिक दलका तर्फबाट आम नागरिकलाई सुसूचित गराइदिन पनि दलका प्रतिनिधिसँग आग्रह गरेको छ ।

सो क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षका नेता राजेन्द्र पाण्डेले संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले नै निर्वाचन तयारीमा आयोग अघि बढ्दा आयोगको विश्वसनीयता र निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठ्ने बताए ।

उनले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा तत्काल निर्वाचनको कार्यक्रम अघि नबढाउन पनि आयोगलाई आग्रह गरे । नेपाली कांग्रेसका तर्फबाट छलफलमा सहभागी नेता आनन्दप्रसाद ढुंगानाले आयोगलाई निर्वाचनको तयारीमा साथ दिने बताए ।

आयोगले २३ पुसबाट मतदान स्थल, मतदान केन्द्र निर्धारण र पुनरावलोकनको काम गरिरहेको छ भने जिल्ला निर्वाचन कार्यालयका अधिकारीलाई सोबारे प्रशिक्षण दिएको छ । आयोगले मतदानस्थल तथा मतदान केन्द्र निर्धारणसम्बन्धी कार्य माघ १७ गते सम्पन्न गर्नेछ । आयोगले मतदाता नामावली अद्यावधिक गर्ने काम माघ १५–२१ गतेसम्म सञ्चालन गर्दैछ ।

आयोगले मतदातालाई आफ्नो स्थानीय तहका केन्द्रमा गएर मतदाता नामावलीमा भएको त्रुटि सच्याएर अद्यावधिक गर्न समेत आग्रह गर्दै आएको छ ।

निर्वाचनको मिति घोषणा भएलगत्तै आयोगले गत ६ पुसबाट नै मतदाता नामावली संकलनको काम भने स्थगित गरिसकेको छ । आयोगले गत ५ पुससम्म १८ वर्ष उमेर पुगेका र मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताले वैशाखका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पाउने जनाएको छ ।

आयोगले आइतवारको छलफलमा नेकपाका दुवै समूहसहित कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, साझा पार्टी, नेकपा माले, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय मुक्ति पार्टी, नेपाली जनता दल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी र नेपाल परिवार दललाई पत्र पठाएरै छलफलमा बोलाएको थियो । राजधानी दैनिकमा खबर छ । 


प्रकाशित मिति: सोमवार, माघ ५, २०७७, ०७:५७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०८० सालसम्म सबै कक्षामा नयाँ पाठ्यक्रम, शिक्षकलाई तालिम दिइँदै
सीमा विषय नेपालले उठायो, छलफल भएन
प्रतिनिधिसभा विघटनको सिफारिस नै शंकास्पद
निर्वाचन सुरक्षाको तयारी: ९८ हजार भन्दा बढि म्यादी सुरक्षाकर्मी भर्ना खुल्दै
सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119, 9862791607
ईमेल : [email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी 9851148119
प्रधान सम्पादक : नवीन गिरी 9858082228

हाम्रो टिम

मेनु
  • मुख्य समाचार
  • देश
  • राजनीति
  • सुरक्षा-अपराध
  • बिचार
  • अन्तर्वार्ता
  • स्थानीय
  • अर्थ
  • फोटो विशेष
  • भिडियो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©Bagheswori Post-2021 All rights reserved.
Site by: SoftNEP
Notifications
New
एक सय भेडा चराउने दस वर्षीय यमराज भन्छन्-अब पढ्न जादिनँ 2 mins ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago
Earlier
सिन्डिकेटको समर्थनमा ट्याङ्कर व्यवसायी, इन्धन ढुवानी ठप्प पार्ने चेतावनी 40 mins ago
सिन्डिकेट हटाएको विरोधमा यातायात व्यवसायीले देशव्यापी आन्दोलन गर्ने 1hr ago
चौथो खेलबाट मुम्बई इन्डियन्सको पहिलो जित, बैंलोर पराजित 2hrs ago
स्थानीय तहमा जाने ३७ हजार कर्मचारीले थप सुविधा नपाउने 10 mins ago
भैरहवा लुम्बिनी सडकलाई स्तरोन्नती गरिँदै, हरियाली मासियो 20 mins ago