नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, वैशाख २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मोहमद अफ्ताब आलमलाई सर्वस्वसहित जन्मकैद हुनु पर्ने राय
मोहमद अफ्ताब आलमलाई सर्वस्वसहित जन्मकैद हुनु पर्ने राय
बागेश्वरी पोस्ट
शनिबार, कात्तिक १६, २०७६ बागेश्वरी पोस्ट
मोहमद अफ्ताब आलमलाई सर्वस्वसहित जन्मकैद हुनु पर्ने  राय
undefined

रौतहट ।नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले १२ वर्षअघि रौतहटमा इँटा भट्टाभित्र मान्छे जलाएको घटनाबारे प्रहरीले अनुसन्धान सकेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले गरेको अनुसन्धानबाट २०६४ चैत २७ गते रौतहटको राजपुर ४ मा बम बिस्फोट हुँदा केही मानिस मरेको र केही घाइते भएको पुष्टी भएको छ। प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन आजै रौतहटको सरकारी वकिल कार्यालयलाई बुझाइएको छ।

‘अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाएका छौं,’ रौतहटका प्रहरी प्रवक्ता तथा डिएसपी नवीन कार्कीले भने। रौतहटको सरूअठ्ठाका ओसी अख्तर र त्रिलोक सिंह पिन्टु उक्त बम बिष्फोटमा मारिएको तथा सर्लाहीका सफी अहमदसमेत दुई जना घाइते भएको अनुसन्धानबाट भएको पुष्टी भएको उनले बताए। दुई जनाको हत्या गरेकोमा कर्तव्य ज्यान, अहमदलाई घाइते बनाएकोमा ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थको कारोबार र भण्डारण गरी बिष्फोट गराएको भन्दै आलमलाई मुद्दा चलाउनु पर्ने प्रतिवेदन तयार गरी सरकारी वकिल कार्यालयमा पेश गर्न लागेको डिएसपी कार्कीले बताए।

रौतहटका सरकारी प्रमुख सरकारी वकिल खडिन्द्र कटुवालले आलमसहित दशजनाविरूद्ध मुद्दा चलाउने रायसहितको प्रहरीको प्रतिवेदन आफूहरूले बुझेको बताए। आलमलाई घटना भएका बेला लागू हुने कानुनअनुसार सर्वस्वसहित जन्मकैद हुनु पर्ने प्रहरी प्रतिवेदनमा राय दिइएको छ। त्यतिबेला मुलुकी ऐन लागु हुन्थ्यो उक्त ऐनमा मान्छेको मारेको अभियोग पुष्टी भए सबैभन्दा धेरै सजाय सर्वस्व जन्मकैद हुने व्यवस्था थियो। त्यस्तै २०७५ भदौ १ देखि लागू भएको मुलुकी अपराध संहिताअनुसार यातना दिएर मारेकोमा आलमलाई आजन्म कैद हुनु पर्ने माग पनि प्रतिवेदनमा गरिएको डिएसपी कार्कीले बताए। ‘कुन कानुनअनुसार कारबाही गर्ने अदालतको कुरा हो।

हामीले दुबै कानुनअनुसार हदैसम्मको सजाय माग गरेका छौं,’ कार्कीले भने। जन्मकैद सजाय पाए आलम २० वर्ष जेल बस्नु पर्नेछ। आजन्मकैद भए उनी बाँचुञ्जेल जेलमा बस्नेछन्। प्रहरी प्रतिवेदनमा भएका तथ्य र प्रमाण हेरेर सरकारी वकिल कार्यालयले मुद्दा चलाउनेरनचलाउने निर्णय गर्नेछ। प्रमुख सरकारी वकिल कटुवालले सोमबारसम्म मुद्दा चलाउने र नचलाउने निर्णय गरिने जानकारी दिए। १२ वर्षअघि पनि प्रहरीले आलमविरूद्ध ओसी अख्तर र पिन्टुको हत्या गरेको भन्दै सरकारी वकिलमा प्रतिवेदन लगेको थियो। १२ वर्षअघिको उक्त प्रहरी प्रतिवेदनको घटनास्थल मुचुल्कामा बम बिष्फोट नभएको उल्लेख थियो। घटनाको धेरै दिनपछिमात्र अनुसन्धान थालिएको थियो। तर त्यतिखेर बम बिष्फोट भइ अख्तर र पिन्टु घाइते भएको देख्ने प्रत्यक्षदर्शी सराजुल मियाँले कागज गरेका थिए।

अख्तरका आमा रूक्साना खातुन र पिन्टुका वुबा श्रीनारायण सिंहले दिएको जाहेरी र मियाँले गरेको कागजका आधारमा त्यतिबेलै प्रहरीले आलमलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद हुनु पर्ने रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो। सरकारी वकिल कार्यालय रौतहटले भने मुद्दा नचल्ने निर्णय गरेको थियो। जसलाई तत्कालीन महान्यायाधिवक्ताले सदर गरेका थिए। त्यतिखेर प्रहरीले बुझाएको प्रतिवेदनलाई पनि अहिलेको अनुसन्धान प्रतिवेदनमा समावेश गरिएको प्रहरी स्रोतले बताएको छ। अहिले पहिलेको भन्दा बलिया प्रमाणहरू सहित प्रतिवेदन तयार पारिएको पनि प्रहरीले जनाएको छ।

यतिबेला सबैभन्दा ठूलो प्रमाण वम विष्फोटमा परी घाइते भएका सफि अहमद हुन्। उनले आफू वम बनाउँदा बनाउँदै घाइते भएको र ज्यान बचाउन भागेको बयान प्रहरीलाई दिएको स्रोतले बताएको छ। विष्फोटमा परी उनको छाती र पेटमा चोट लागेको थियो। त्यसपछि उनी भारतको एक अस्पतालमा उपचार गराएका थिए। वमको छर्राले उनको पेट र छातीमा घाउचोट लागेको रिपोर्टपनि प्रहरीले उक्त अस्पतालबाट ल्याएको छ। त्यतिखेरका प्रहरी अधिकारीहरूसँग पनि अहिले सोधपुछ गरिएको छ। घटनाको बखत बहालवाला आइजी देखि उच्च पदस्थसँग पनि बम बिष्फोटको रिपोर्ट भएको थियो थिएन भनेर सोधेका थियौं, कसैले पनि बिष्फोट भएको थाहा छैन हैन भन्नुभएको छैन,प्रहरी स्रोतले भन्यो, त्यतिबेला विष्फोटको रिपोर्ट भएको थियो भन्ने नै जवाफ सबैको छ। त्यसैले पनि त्यहाँ बम बिष्फोट भएको र आलम झुठ बोलेको पुष्टी हुन्छ।’ सेतोपाटीसँग भने तत्कालिन आइजीपी ओमविक्रम राणाले आफूलाई उक्त घटना भएको कुरा थाहै नभएको बताएका थिए। राणाले प्रहरीसँग भने आफूलाई बम बिष्फोटबारे त्यतिबेलै रिपोर्ट आएको कुरा जानकारी गराएका छन्। तत्कालीन गृहसचिव उमेश मैनालीले भने बम बिष्फोट भएको र त्यहाँ मानिस मरेको घटना त्यतिखेर आफूले थाहा भएको बताएका थिए।

त्यसबाहेक त्यतिबेला बम बिष्फोट भएको र घाइतेलाई बोरामा हालेर ओसारेको, इँटाभट्टामा लगेर हालेको देख्ने प्रत्यक्षदर्शीले अहिले प्रहरीसमक्ष कागज गरेका छन्। यी सबैका आधारमा आलमले चुनावको अघिल्लो दिन बम बिष्फोट गराएको र घाइतेहरूलाई मारेको पुष्टी हुने अनुसन्धान प्रतिवेदनमा उल्लेख छ। बम पड्काएर मानिस तर्साउने र त्यही मेसोमा बुथ क्याप्चर गर्ने योजना बनाएर आलमले आफ्नो घरनजिकैको कटेरोमा केही नेपाली र भारतीयलाई बम बनाउन लगाएका विवरण आएका छन्। बम बनाएकै ठाउँमा बिष्फोट हुँदा दुई जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको र नजिकै गाउँका २२ वर्षीय त्रिलोक सिंह पिन्टु र २१ वर्षीय ओसी अख्तर घाइते भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

बिष्फोटमा मारिएका र घाइते दुबैलाई आलमको निर्देशनमा नजिकैको इँटाभट्टामा हुलेको भन्दै उनीविरूद्ध पिन्टुका बुबा श्रीनारायण र ओसीकी आमा रूक्सना खातुनले प्रहरीमा जाहेरी दिएका थिए। प्रहरीले जाहेरी लिन नमानेपछि उनीहरूले हुलाकबाट जाहेरी पठाएका थिए। त्यसपछि प्रहरीले यसमा अनुसन्धान गरेको थियो। घटनास्थलमा ओसीका लुगा र चप्पल थिए। इँटाभट्टाको माटो परीक्षण गर्न प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाइएको थियो।

तर, प्रयोगशालामा माटो परीक्षण गर्ने प्रविधि नभएको भन्दै यसै फिर्ता पठाइयो। प्रहरीले आलम र उनका भाइसहित पाँच जनालाई मुद्दा चलाउन भन्दै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ।सेतोपाटीबाट साभार।


प्रकाशित मिति: शनिबार, कात्तिक १६, २०७६  १६:३१
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
शौचालयमा लडेर प्रचण्ड घाइते
शौचालयमा लडेर प्रचण्ड घाइते
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखिएकोे छः पौडेल
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित
बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको छः शंकर पोखरेल
बलियो राजनीतिक शक्ति निर्माणका लागि जनताले संकल्प गर्नुपर्ने समय आएको छः शंकर पोखरेल
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP